आफ्नो बहुप्रतिक्षित आइफोन एक्सको घोषणा गरेसँगै एप्पलका सिइओ टिम कुकले भने, ‘यो एप्पलको पहिलो आइफोन घोषणा भएयताको सबैभन्दा ठूलो उछाल हो’ ।
क्यालिफोर्नियामा एप्पलको नयाँ कार्यालयस्थित स्टिभ जब्स थिएटरमा मंगलबार आइफोनको १० औँ वर्षगाँठको अवसरमा आइफोन एक्सको मोडल विशेष महत्व दिएर लञ्च गरियो ।यद्यपि यसलाई नकार्न सकिँदैन की आइफोन एक्स विभिन्न मानेमा एउटा उछाल नै हो । पहिलो कुरा, आइफोनको इतिहासमा यो सबैभन्दा महंगो फोन हो । यसको मूल्य अमेरिकी बजारमा ९ सय ९९ डलर तोकिएको छ । त्यसैले विश्वका अन्य बजारमा यसको मूल्य अझै उच्च हुने अनुमान सहजै गर्न सकिन्छ । साथै यो आइफोनमा यस्ता प्रविधिहरुको प्रयोग गरिएको छ जो अहिलेसम्मका कुनैप्नि आइफोनमा प्रयोग गरिएको थिएन । यसरी एप्पलका लागि उसको आइफोनका एप्लिकेसन आफैमा क्रान्तिकारी हुनसक्दछन् । तथापि मोबाइल फोन उद्योगका लागि भने आइफोन एक्स कुनै अनौठो र नौलो चिज होइन । अर्को कुरा, यहाँ आइफोन एक्सका केही नयाँ भनिएका फिचरहरुको बारेमा बताइन्छ जो तपाइँले अन्य फोनमा पनि पाउन सक्नुहुन्छः ओएलइडी स्क्रिनः आइफोन एक्समा सबैभन्दा महत्वपूर्ण परिवर्तन भनेको होम बटन नहुनु हो । यसको ठाउँमा एण्ड टू एण्ड ओएलइडी स्त्रिmन रहेको छ । यद्यपि सबैभन्दा ठूलो विडम्बना यो छ की आइफोन एक्सको यो पार्ट एप्पलको सबैभन्दा ठूलो प्रतिस्पर्धी कम्पनी सामसुङले बनाइदिएको हो । सामसुङ कम्पनी डिस्प्ले, ओएलइडी मनिटर निर्माण गर्ने विश्वको सबैभन्दा ठूलो कम्पनी हो । ओएलइडी डिस्प्ले उसले ग्यालेक्सी एस एट तथा ग्यालेक्सी नोट एटमा गरिसकेको छ ।