भाद्र ३१, २०७४-नेपालका लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटको ‘ड्राफ्ट’ मा परेका छन् । सन्दीपले एजेन्ट मार्फत बीपीएल खेल्न निवेदन दिएको बताइएको छ । बीपीएलको ड्राफ्ट शनिबार हुँदैंछ । बीपीएलका लागि २ सय ८ विदेशी खेलाडी ड्राफ्टमा रहेका छन् । नेपालबाट ड्राफ्टमा पर्ने सन्दीप एक्लो हुन् । एसोसिएट राष्ट्रका ८ खेलाडी त्यो सुचिमा रहेका छन् । ड्राफ्टमा परेका खेलाडी टिममा नछानिन पनि सक्छन् । ड्राफ्टबाट शनिबार कुन खेलाडीले कुन टिमबाट खेल्ने चयन गरिँदैछ । खेलाडीलाई ६ समूहमा विभाजन गरिएको छ । ‘ए’ वर्गिकरणमा पर्नेले ७० हजार डलर पारिश्रमिक पाउने छन् । सबभन्दा तलको ‘एफ’ वर्गिकरणमा पर्नेले बीपीएलमा खेले वापत १० हजार डलर पारिश्रमिक पाउने छ । सन्दीप हाल नेपाल यू–१९ क्रिकेट टोलीको प्रतिनिधित्व गर्दै मलेसियामा छन् । नेपालले शनिबार आयोजक मलेसियालाई पराजित गरी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको फाइनल पुगिसकेको छ । पछिल्ला दुई यू–१९ प्रतियोगिताको १० खेलमा सन्दीपले ३६ विकेट लिइसकेका छन् । सन् २०१५ को अप्रिल नामिबियाको खेलबाट नेपाली राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका सन्दीपले यसअघि हङकङ र अस्ट्रेलियामा गएर पनि खेलिसकेका छन्
स्थानीय तहमा जानै मानेनन् कर्मचारीश्रावण ६, २०७४- स्थानीय तहमा खटाइएका कर्मचारीमा ‘कार्यकारी’ को विवाद उठेको छ । प्रशासन समूहका कनिष्ठ कर्मचारी ध्स्थानीय तहको कार्यकारी अधिकृत हुने भएप…Read More