सार्वजनिक स्थलमा हत्या, हिंसा र बलि प्रथा रोक्न माग

भिडियो सहित हेर्नुहोस !
Advertisement
सार्वजनिकस्थलमा जनावरमाथि हुने हत्या, हिंसा एवं बलि प्रथा रोक्न माग गर्दै राजधानीमा सचेतनामूलक र्‍याली प्रदर्शन गरिएको छ।
धार्मिक सङ्घसंस्था र जनावरको अधिकारका क्षेत्रमा काम गर्ने संस्थाको सहभागितामा शुक्रबार भद्रकाली मन्दिरबाट शुरु भएको सचेतनामूलक अभियान शहीदगेट, न्यूरोड, वीर अस्पताल हुँदै शान्तिवाटिकामा पुगेर जनचेतनामूलक सभामा परिणत भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा.गोविन्द टण्डनले धर्मका नाममा शास्त्रमा नभएको अबोध जनावरलाई बलि दिने प्रथा अन्त्य गर्न माग गरे।
विसं २०७२ जेठ १८ गते दक्षिणकाली मन्दिरबाट बलि प्रथा एवं हत्या हिंसाविरुद्ध अभियान शुरु भएको नेपाल अहिंसाप्रेमी शाकाहारी समाजका उपाध्यक्ष दुर्गानाथ दाहालले जानकारी दिए। 

Related Posts: