छालाको लागि उमालिएको चामलको पानी अर्थात् माड गुणकारी हुन्छ । उमालिएको चामलको पानी वा माड कुनै अनौठो कुरा होइन । हामी दिनमा दुईपटकसम्म खाना खान्छौं, त्यही खाना बनाउनेक्रममा उम्लिएको चामलको पानी अथवा माडको प्रयोग छालाको लागि कति फाइदाकर हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुनसक्छ ।
माड प्रोटिन, भिटामिन र एन्टी अक्सिडेन्टले भरिपूर्ण हुन्छ । यसको प्रयोगले छालामा सुन्दरता थप्दछ । माडमा पाइने एक तत्वले छाला कसिलो बनाउँछ । यसले छालाको सुरक्षा पनि गर्दछ । हप्तामा एकपटक यस्तो घरेलु उपाय अपनाउँदा सुन्दरतासँग जोडिएका कयौं समस्याहरु सजिलै समाधान गर्न सकिन्छ । माडको प्रयोगले अनुहारको दागसमेत हट्छ ।
कसरी प्रयोग गर्ने माडलाई ? एक कप चामललाई राम्रोसँग पखाल्नुहोस् र पानीमा भिजाउनुहोस् । आधा घन्टापछि जब चामलमा भएको पोषक तत्व पानीमा घुल्दछ, तब त्यसलाई भाडोमा राखेर आगोमा पकाउनुहोस् ।
चामल पाकेपछि त्यसको माड निकाल्नुहोस् र केही समय यसलाई चिसो हुन दिनुहोस् । सेलाएपछि माडलगाएर अनुहारमा हल्का हातले मसाज गर्नुहोस् । मसाज गरेको १० मिनेटपछि माडले अनुहार धुनुहोस् र सुख्खा कपडाले पुछ्नुहोस् । तपाईले तत्काल तपाईंका छालामा परिवर्तन महसुस गर्नुहुनेछ ।
कपालको लागि पनि फाइदाजनक हुन्छ माड छालाको सँगसँगै कपालको लागि पनि माडको प्रयोग फाइदाजनक हुन्छ । कपाल झर्नेजस्ता समस्यामा हुनुहुन्छ भने माडले कपाल धुनुहोस् । यसले कपाल बाक्लो हुन्छ र यसमा चमक पनि आउँछ । यसको लागि माडलाई कपालमा लगाएर २० मिनेटजति कुर्नुपर्दछ । त्यसपछि स्याम्पू वा कण्डिसनरले धुँदा कपालमा असाधारण चमक आउँछ । तर यी उपायहरु अपनाउनुभन्दा अगाडि चिकित्सकसँग सल्लाह लिनु जरुरी हुन्छ ।
मोबाइल फोहर भयो ? साबुन पानीले धुनुस्तपाईले पानीमा डुवेका कारण मोवाइल नयाँ किन्नु पर्ने अवस्था कयौं पटक आयो होला । तर अव त्यो समस्या मुक्त हुन मिल्ने भएको छ । बजारमा यस्तो मोबाइल आएको जो …Read More
साङ्लो भगाउने घरेलु उपाय यस्तो छगर्मी र बर्खाका बेलामा साङ्लाको संख्या ह्वात्तै बढ्छ । अनि त कहिलेकाहीँ पकाइराखेको तरकारी वा मुछिराखेको पीठोसहित साङ्ला फाल्नुपर्ने आवश्यकता आइलाग्छ ।…Read More