भाद्र ३०, २०७४-सधैंजसो सबैजसो मुलुकको चासोको विषय आतंकवाद र असुरक्षाको प्रसंग नै चीनको स्यामनमा हालै सम्पन्न नवौं ‘ब्रिक्स’ शिखर सम्मेलनमा प्राथमिकताको विषय भएको थियो । त्यहाँ जारी गरिएको स्यामन घोषणापत्रको बुँदा ४८ ले पाकिस्तानस्थित दुई आतंकवादी समूहका साथै विश्वभरि छरिएका अन्य केही आतंकवादी गुटहरूको नामावली ‘ब्रिक्स’का पाँच सदस्य राष्ट्रहरूको प्रति–आतंकवादप्रतिको सामूहिक प्रतिबद्धताको रूपमा उल्लेख गरिएको छ । उक्त सम्मेलनताका उत्तर कोरियाले आफ्नो राष्ट्रिय सुरक्षाकै सुदृढीकरणको निम्ति हाइड्रोजन बम परीक्षण गर्नाले पूर्वी एसियाली मुलुकहरूमात्र नभई विश्व सामरिक संरचनालाई नै खल्बलाउँदै असुरक्षित र आतंकित तुल्याएको छ । उत्तर कोरियाली राज्यव्यवस्था दशकौंदेखि संयुक्त राज्य अमेरिकाबाट प्रताडित र आतंकित हुनुको कारण नै आफ्नो सुरक्षाको निम्ति आणविक अस्त्र सुसज्जित हुनुपरेको त्यहाँको निरंकुश शासकको उक्ति छ । तसर्थ आतंकको उपज भौतिकमात्र नभई मनोवैज्ञानिक त्रासदीबाट पनि हुनसक्छ ।
तर आतंकवाद र आतंकी शब्दलाई भावार्थ दिने र परिभाषित गर्ने कामचाहिंँ सत्ताधारीहरूले नै गर्छन् । किनभने आतंककारी भनाउँदाहरू सत्ताविपक्षी हुन्छन् । त्यसैले प्रतिवादद्वारा राज्य आतंकको वैधानिक एकाधिकारलाई चुनौती दिने गर्छन् । अक्सर सत्ताधारीहरूमा मौलाउने अधिनायकवादी प्रवृत्तिकै कारण मुलुकभित्र कलह सिर्जना हँुदा जनता, त्यसमध्ये पनि अल्पसंख्यकहरूको विचल्ली हुने ऐतिहासिकता छ । अल्पसंख्यकहरू जहिले पनि जहाँ पनि खेदिएका छन् । प्रताडित र पीडित हुनुकै नियतिसित वञ्चितीकरणको चपेटामा परेका छन् । त्यसैले अचेल विश्वभरि नै बाँच्ने अधिकार र समावेशीकरणको अवधारणा प्रमुख राजनीतिक मुद्दा भएको छ । अल्पसंख्यक, त्यसमा पनि मुस्लिम धर्मावलम्बी हुनु नै अचेल केही गैरमुस्लिम राज्यहरूको बक्रदृष्टिमा पर्नुको कारण भएको छ । अल्पसंख्यकलाई दिइने यातना र उनीहरूप्रति गरिने दुव्र्यवहारले विश्व इतिहास रंगिएको छ । द्वितीय विश्वयुद्धताका नाजीहरूले यहुदीहरूप्रति अमानवीय, बर्बर तथा पाशविक व्यवहार गर्नुले बहुसंख्यकद्वारा अल्पसंख्यकको जातीय संहारलाई लेप लगाएको थियो । त्यसबेला नाजीहरूले जसरी यहुदीहरूको उन्मूलन गर्ने अभियान चलाएका थिए, अहिले म्यानमारमा धर्म र नश्ल संरक्षण संख्या (मावथा) कट्टरपन्थी नेताले भिक्षु, भिक्षुणीका साथै बर्मेली बौद्धमार्गीहरूलाई इस्लाम धर्मावलम्बीहरूप्रति त्यस्तै सोच राख्न उक्साएको छ ।
भरतपुर महानगरको मतगणना सकियोभरतपुर महानगरपालिका वडा नं. १९ को मतगणना सकिएको छ । वडा अध्यक्षमा कांग्रेसका कर्ण बहादुर गुरुङ प्यानलसहित बिजयी भएका छन । रतपुर महानगरपालिका वडा नम्बर…Read More
डा. बाबुराम भट्टराईको शल्यक्रिया: नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको ‘प्रोस्टेट’को शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।शुक्रबार दिउँसो डा. भट्…Read More
भरतपुरबाट आयो कसैले सोच्दै नसोचेको खबरभरतपुर महानगरपालिका वडा नम्बर १९ को पछिल्लो मत पारिणाम सार्वजनिक भएको छ । जारी मतगणनाअनुसार हालसम्म २४१० मत गन्दा कांग्रेस–माओवादी गठबन्धनकी रेणु दाहा…Read More