प्रचण्डलाई बैद्यको सुझाव -हामीसँग होइन, कांग्रेससँग एकता गर्नुस्

भिडियो सहित हेर्नुहोस !
Advertisement


नेकपा माओवादी केन्द्रका अध्यक्ष मोहन बैद्य किरणले माओवादी अध्यक्ष प्रचण्ड कम्युनिष्ट नभएको टिप्पणी गरेका छन् ।

बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बैद्यले पूर्व सहकर्मी बैद्यको चर्को आलोचना गरे । प्रचण्ड कम्युनिष्ट भएको नाटक गर्न सिपालु भएको बताउँदै उनले भने, हामीसँग एकता हुँदैछ भनेर भ्रमको खेती गर्दै हुनुहुन्छ । हामीसँग होइन, कांग्रेससँग मिल्नुस् ।’

उनले आफुहरु नेपालमा पुनः क्रान्ति गर्ने पक्षमा रहेको र सच्चा क्रान्तिकारी शक्तिसँग मात्र पार्टी एकत हुन सक्ने बताए । बिप्लव लगायतका शक्तिसँग छलफल भइरहेको उनले बताए ।

मुलुकको राजनीति ३ दलकै सिण्डिकेटमा चलेको भन्दै उनले भने, पश्चगामी राज्यसत्ता छ ।’

Related Posts: