‘बाइकको इन्जिनले हेलिकप्टर’ रुकुम महोत्सवमा विक र उनले बनाएको हेलिकप्टर हेर्नेको भीड
कक्षा ८ मात्र अध्ययन गरेका विकले ३५ दिन लगाएर हेलिकप्टर निर्माण गरेका हुन् । होटलमा काम गर्दा समय बचाएर हेलिकप्टर निर्माण गरेको विकले बताए । ‘जिल्लामै ठूलो महोत्सव हुने भएपछि के गरेर देखाउने भन्ने भयो,’ विकले भने, ‘जिल्ला भित्र र बाहिरकालाई पनि अचम्म लाग्ने हेलिकप्टर नै होला भन्ने ठानेर यो बनाएको हुँ ।’ होन्डा साइन मोटरसाइलको इन्जिन राखेर उनले हेलिकप्टर तयार पारेका हुन् । हेलिकप्टर निर्माणमा १ लाख ८५ हजार रुपैयाँ खर्च भएको विकले बताए । स्थानीय गोविन्द बुढाले हेलिकप्टर निर्माण गर्दा लागेको सबै खर्च बेहोरिदिएका हुन् । हेलिकप्टर पेट्रोलको सहायताले उड्ने दाबी विकको छ । ‘मैले ५ फिटसम्म उडाएको हुँ,’ विकले दाबी गरे, ‘सुरक्षाकर्मीले त्यसरी अनुमतिबिना उडाउन नपाउने भनेपछि उडाएको छैन ।’
टाढैबाट देखेको भरमा हेलिकप्टर निर्माण गरेको उनको दाबी छ । ‘मैले टाढाबाट मात्र हेलिकप्टर देखेको छु, नजिकबाट हेर्ने मौका मिलेको छैन,’ विकले भने । ‘अलि पहिला ख्यालख्यालमै सानो हेलिकप्टर पनि उड्ने नै बनाएको थिएँ,’ विकले भने, ‘पहिलो बनाएका आधारमा यसपटक ठूलो आकारको बनाएको हुँ ।’ महोत्सव उद्घाटन गर्न आएका प्रधानमन्त्री पुष्पकमल दाहालले उनको प्रशंसा गरेका थिए । प्रधानमन्त्रीले नै राम्रो भनेपछि थप उत्साहित बनेको उनी बताउँछन् ।
टाढैबाट देखेको भरमा हेलिकप्टर निर्माण गरेको उनको दाबी छ । ‘मैले टाढाबाट मात्र हेलिकप्टर देखेको छु, नजिकबाट हेर्ने मौका मिलेको छैन,’ विकले भने । ‘अलि पहिला ख्यालख्यालमै सानो हेलिकप्टर पनि उड्ने नै बनाएको थिएँ,’ विकले भने, ‘पहिलो बनाएका आधारमा यसपटक ठूलो आकारको बनाएको हुँ ।’ महोत्सव उद्घाटन गर्न आएका प्रधानमन्त्री पुष्पकमल दाहालले उनको प्रशंसा गरेका थिए । प्रधानमन्त्रीले नै राम्रो भनेपछि थप उत्साहित बनेको उनी बताउँछन् ।



किरात लिम्बू जातिको भाषा, किरात लिपिका उन्नयनकर्ता हुन्, तेअङ्सी सिरिजंगा (सिरिजंगासिङ थेबे) । उनको जन्म १९६१ सालमा ताप्लेजुङमा भएको थियो । उनले नवौं शताब्दीमा सिरिजंगा हाङ नामका राजाले आविष्कार गरेको किरात लिपिलाई १८औं शताब्दीमा पुन:उत्थान गरेका हुन् । किरात लिपिको पुनरुत्थानमा अतुलनीय योगदान गरेकाले उनको सम्मान त्यस लिपिलाई नै ‘सिरिजंगा लिपि’ भन्न थालियो । लिम्बू भाषामा प्रचलित उक्त लिपिमा अन्य किराती भाषा लिपिबद्ध गर्ने गरिएको छ । तेअङ्सी सिरिजंगा भाषा, लिपि र मुन्धुमको प्रचारप्रसारका क्रममा सिक्किम पुगेका थिए । उनको कार्यलाई अनुदार बौद्ध धर्मावलम्बीले मन पराएका थिएनन् । त्यहाँस्थित साङ्गछोलिङ गुम्बाका थासाङ लामा समूहको निर्देशनमा १७९८ सालमा उनको हत्या भएको भन्ने गरिन्छ । उनै तेअङ्सी सिरिजंगालाई मातृभाषा, लिपि, धर्मका पहिलो सहिद मानिन्छ । उनको सम्मानमा सरकारले २०४९ सालमा एक रुपैयाँ मूल्यको हुलाक टिकट प्रकाशन गरेको हो ।
धर्मगुरु फाल्गुनन्द (फलामसिं लिङ्देन लिम्बू) राष्ट्रिय विभूति हुन् । उनको जन्म १९४२ कात्तिक २५ गतेका इलामको इभाङ, चुक्चिनाम्बामा भएको थियो । फाल्गुनन्दले १० लिम्बूवान १७ थुमका लिम्बूहरूमा महत्त्वपूर्ण समाज सुधार काम गरेका थिए । किरात धर्मका प्रवर्तक फाल्गुनन्द समाजसुधारक धर्मगुरु तथा दार्शनिकका रूपमा मानिन्छन् । उनले १९८८ वैशाख २५ गते पाँचथरको लब्रेकुटीमा बृहत् चुम्लुङ (सभा) गरी किरात लिम्बू समुदायमा व्याप्त सामाजिक विसंगति सुधारका लागि १० बुँदे लिखित सत्यधर्म मुचुल्का बनाएका थिए । त्यसो गरेप्रति राज्यले फौजदारी अभियोग लगाएर फाल्गुनन्दलाई पक्राउ गरी जेल सजायसमेत दिएको थियो । उनले बलिपूजाको सट्टा फलफूल र नैवेद्यबाट पूजाआजा गर्ने चलन बसाए । छोरीचेलीलाई विवाह गरी पठाउँदा सोतरीत खाने प्रचलन हटाउन भने । मुन्धुमलाई लिपिवद्ध गर्ने चलन त्यही बेला सुरु भएको हो । उनले छोरीको मृत्यु र सुतक तीन दिनसम्म बार्नु, छोराको ४ दिन र किरियापुत्रीले ९ दिनसम्म बार्नुपर्ने थिति बसाले । उनी स्त्री पहिरन धारण गर्थे । उनको निधन २००५ चैत २२ गते भयो । सरकारले २०५० सालमा पन्ध्र रुपैयाँ मूल्यको ‘फाल्गुनन्द’ हुलाक टिकट प्रकाशन गरेको छ । योगदानको कदर गर्दै सरकारले २०६६ सालमा फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको हो । उनी १७ औं राष्ट्रिय विभूति हुन् ।
इतिहासविद् इमानसिंह चेम्जोङका ‘किरात इतिहास’, ‘किरात मुन्धुम’ (किरातको वेद), ‘किरात मुन्धुम खाहुन्’ (शिक्षा), ‘हिस्ट्री एन्ड कल्चर अफ किरात पिपल’, ‘विजयपुरको संक्षिप्त इतिहास’, ‘किरात दर्शनको सारांश’, ‘किरात व्याकरण’ आदि पुस्तक प्रकाशित छन् । उनले करिब ५१ वर्ष खोज–अनुसन्धान गरी दुई सय वर्षदेखि हराएका सिरिजङ्गा लिपि, आफ्नै जातिको इतिहास, संस्कृति, धर्म आदि पुस्तककृतिका रूपमा दस्तावेजीकरण गरिदिएका हुन् । इमानसिङले मुलुकको जेठो त्रिभुवन विश्वविद्यालयमा किरातोलोजिस्ट (किरात भाषा र इतिहासको विशेषज्ञ, १९६१–१९७५) पदमा काम गरे ।
रामप्रसाद राईको जन्म १९६५ फागुन १८ गते माझकिरात भोजपुरको बासिखोरामा भएको थियो । उनी जमदार ध्वजवीर राई र रत्नमायाका कान्छो छोरा थिए । उनी १९७८ सालमा ब्रिटिस–इन्डिया आर्मीमा भर्ती भएका थिए । नौ वर्ष सेवापछि नाम काटिएर स्वदेश फर्किए । त्यसलगत्तै नेपाली सेना मिलिसियाका सुबेदार जेठा दाजु जर्नसिंह राईका साथ लागेर राजधानी काठमाडौं छिरे ।
बलबहादुर राई आवास तथा भौतिक योजनामन्त्री छँदा खुबै चर्चाको विषय थियो– मेलम्ची खानेपानी आयोजना । उतिखेरका मन्त्री बलबहादुरले लिखित भाषणमा ‘मेलम्ची खानेपानी’ भन्नुपर्नेमा ‘मेलम्ची रवानेपानी’ भनेर उच्चारण गर्दा हाँसोको विषय बनेको थियो ।
पुलिन्टिन्ने गरिबाच्यो छुकछुकडा बान कक्टिन्कि
दोस्रो विश्वयुद्धमा ब्रिटिस–गोर्खा पल्टनबाट शत्रुलाई परास्त गरी बहादुरीको तक्मा भिक्टोरिया क्रस (भीसी) प्राप्त गरेका १३ नेपालीमध्ये अगनसिंह राई एक हुन् । उनी ओखलढुंगाको आपस्वारा गाउँमा १९७७ वैशाखमा जन्मिएका थिए ।