भिडियो सहित हेर्नुहोस !
Advertisement
सुर्खेत : घरबाट आरामसँग विद्यालय जान्छन् । विद्यालयसम्म पुग्दा पनि उनीहरू ठीकै हुन्छन् । तर जब पढ्न कक्षा कोठाभित्र पस्छन् तब उनीहरू बेहोस भएर ढल्छन् । पढाउन छोडेर शिक्षकहरू गाउँमा धामी खोज्न दौडिन्छन् । छात्राहरू एकाएक चिच्याउने, रुने र बेहोस भएर ढल्न थालेपछि समग्र विद्यालयको पढाइ नै प्रभावित भएको छ ।
पछिल्लो समय सुर्खेतका केही सामुदायिक विद्यालयमा यस्तै समस्या बारम्बार बल्झिन थालेको छ । जिल्लाको पश्चिममा पर्ने बराहताल गाउँपालिका वडा नम्बर- ७ नयाँ वनमा यही समस्याका कारण विद्यालयको पढाइ नै प्रभावित भएको छ । स्थानीय नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्यनरत छात्रा कक्षा कोठामा पस्ने बित्तिकै ढल्न थालेका छन् । करिब १५ दिनदेखि छात्रा बेहोस भएर कक्षामै ढल्न थालेपछि शिक्षक र अभिभावक हैरान भएका छन् । अर्कोतर्फ त्रासका कारण छात्राहरू पनि विद्यालय जान छाडेका छन् भने उपचारका लागि केही उपाय नलागेपछि अहिले विद्यालय नै धामीको शरणमा पुगेको छ ।
'कक्षामा पुगेपछि छात्राहरू धमाधम बेहोस हुन्छन्, चिच्याउँदै र विद्यालयमा नै धामी बोलाएर उपचारको प्रयास भइरहेको विद्यालयले जनाएको छ । धामी ल्याउँदा पनि समस्याको समाधान हुन नसकेपछि अभिभावकले अन्य उपचारका लागि हारगुहार नै गरेका छन् । शिक्षक कँडेलले भन्नुभयो, 'बाहिर केही पनि हुँदैन, कक्षाभित्र पस्नेबित्तिकै छात्राहरू ढल्छन् । नजिक अस्पताल छैन, हामीले दौडेर धामी बोलाउनुपर्ने बाध्यता छ ।' विद्यालयका अनुसार छात्राहरूमा चिच्याउने, रुने, काम्ने र बहोस हुने लक्षण देखिने गरेको छ ।
'हामीले विद्यालयमा धामी पनि ल्यायौं तर पनि रोकिएन', कँडेलले भन्नुभयो, 'यसले विद्यालयको पढाइ नै प्रभावित भयो, त्रासले गर्दा हिजोआज छात्राहरू विद्यालय नै आउन छाडे ।' विद्यालयमा अनौठो समस्या देखिन थालेपछि अभिभावकले नै छोरीलाई विद्यालय पठाउन छोडेका हुन् ।
छात्राहरू घन्टौंसम्म बेहोस हुने गरेका छन् । कतिपयको घरमा लगेपछि मात्र होस खुल्ने गरेको छ । अभिभावकले भने धामीबाट पनि समस्याको समाधान नभएपछि अब अन्य उपचारका लागि पहल गरिदिन आग्रह गरेका छन् । विषेशज्ञ डाक्टर उपलब्ध गराइदिन स्थानीयले माग गरेका छन् ।
यसअघि जिल्लाको सोही गाउँपालिकाअन्तर्गत जन जागृति माविमा पनि छात्राहरू बेहोस हुने समस्या थियो । बर्सौंसम्म स्थानीयले बोका पूजा गरेर समस्या समाधानको उपाय खोजे । केही उपाय नलागेपछि अधिकांश छात्राले विद्यालय नै छाडे । तर, जिल्लाको एक गैरसरकारी संस्थाले विदेशबाट डाक्टर ल्याएर उपचार गराएको थियो ।
रुदै ढल्छन्', विद्यालयका शिक्षक गणेश कँडेलले भन्नुभयो, 'घरमा र विद्यालयबाहिर हुँदा केही हुँदैन, केटाहरूमा पनि केही समस्या छैन । तर कक्षा ६ देखि १० सम्मका छात्राहरूमा यो समस्या छ, अनेक उपाय लगाउँदा पनि समाधान भएको छैन ।' यो विद्यालयमा अघिल्लो वर्ष केही छात्रामा मात्र यस्तो समस्या देखिएको थियो । यसपालि भने अधिकांश छात्राहरूमा यो समस्या देखिएको छ । समस्या समाधानका लागि स्थानीयले अनेकौं उपाय लगाएका छन् ।