भिडियो सहित हेर्नुहोस !
Advertisement
एजेन्सी । एसएस राजामैलीले निर्देशन गरेको चलचित्र बाहुबलीमा पति पत्नीको भूमिका निभाएका प्रभास र अनुष्का शेट्टीको प्रेमको चर्चा यतिबेला निकै चलेको छ।
प्रेमको चर्चासँगै यो जोडीको एक रहस्य पनि बाहिर आएको छ। दुई वर्षपहिले अनुष्काले विवाह गर्ने तयारी गरेकी थिइन्। तर प्रभासले उनको विवाहलाई रोकेका थिए। बाहुबलीमा सम्पूर्ण ध्यान जाओस भन्ने उद्देश्यले प्रभासले अनुष्काको विवाह रोकेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
प्रभावले बाहुवलीका लागि पाँच वर्ष लगाए। जसका कारण उनले आफ्नो विवाह पनि टारेका थिए। केही दिन अघि उनको विवाहका लागि आएका ६ हजार प्रस्ताव पनि उनले अस्वीकार गरेका थिए। किनकी पछिल्लो समय अनुष्का र प्रभास गहिरो प्रेममा रहेको बुझिएको छ।