भिडियो सहित हेर्नुहोस !
Advertisement
दमौलीः तनहुँको शुक्लागण्डकी नगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ। साविकदेखि नै एमालेको पकड क्षेत्र रहेको शुक्लागण्डकीमा कांग्रेस–माओवादी केन्द्रका मेयर उम्मेदवार किसान गुरुङले एमालेका उम्मेदवार रामचन्द्र उपाध्यायलाई पराजित गर्नु भएको हो।
मेयरमा विजयी गुरुङले ९ हजार चार सय २४ मत प्राप्त गर्नुभयो। उहाँलाई पछ्याएका एमालेका उपाध्यायले आठ हजार सात सय पाँच मत प्राप्त गर्नुभयो।
उपमेयरमा भने एमालेकी सविता रसाइली विजयी हुनु भएको छ। उहाँले माओवादी केन्द्रकी सर्वदा खनाललाई पराजित गर्नु भएको हो।