नेपालको पहिलो महिला मेयरको स्कुल जिल्लाकै नम्बर एक

भिडियो सहित हेर्नुहोस !
Advertisement


२०६३ वैशाखमा प्रधानाध्यापक प्रयागदत्त उपाध्यायको सरुवा भएपछि कर्णाली मावि, जुम्लामा नयाँ प्रधानाध्यापकको खोजी भयो। स्थानीय स्रोतबाट भर्खरै मावि सञ्चालन भएकाले त्यहाँ प्रधानाध्यापक हुने सरकारी योग्यता पुगेका शिक्षक थिएनन्। त्यस्तैमा सोही विद्यालयकी शिक्षिका कान्तिका सेजुवाल प्रधानाध्यापक हुन अघि सरिन्।

उनको आँट देखेर सुरुमा त स्थानीय समुदाय आश्चर्यमा पर्यो। उनीहरूमा ‘महिलाले पनि मावि चलाउन सक्लिन् र ?’ भन्ने आशंका थियो। तर, विद्यालयको प्रशासनिक जिम्मेवारी लिएको तीन वर्षमै कान्तिकाले महिलाले पनि विद्यालय चलाउन सक्छन् भनेर प्रमाणित मात्र गरिनन्, कर्णाली माविलाई जिल्लाकै उत्कृष्ट विद्यालय बनाइन्। एसएलसी परीक्षामा कर्णाली माविले जिल्ला प्रथममा ‘ह्याट्रिक’ नै गर्यो।