बाबाको तस्बिर अंकित लकेट फाल्दै आश्रम छोडे अनुयायीले

भिडियो सहित हेर्नुहोस !
Advertisement


यौन शोषणको अभियोगमा भारतका एक बाबा दोषी ठहर भएपछि यति बेला हरियाणा राज्य आतंकित बनेको छ। बाबा राम रहीमका केही अनुयायीले राजधानी सहित राज्यका विभिन्न क्षेत्रमा तोडफोडका साथै आगजनी गरिरहेका छन् भने भीडलाइ नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीसंगको झडपमा परी करिव ३४ जनाले ज्यान गुमाइसकेका छन्।

यही क्रममा बाबाका अनुयायीहरुले आश्रम छोड्न थालेका छन्। आश्रमबाट बाहिरिने क्रममा उनका अनुयायीहरुले गालामा लगाएको बाबाको तस्बिर अंकित लकेट फालिरहेको भारतीय सञ्चारमाध्मयले जनाएका छन्।
हरियाण राज्यको सिरसा स्थित बाबाको आश्रममा बस्ने ठूलो संख्यामा रहेका अनुयायीहरुले आश्रम छोडिरहेका छन्। उनीहरु सबैले बाबाको तस्बिर रहेको लकेट लगाएका थिए तर आश्रमबाट बाहिरिने क्रममा भने उनीहरुले लकेट फालेको बताइएको छ।

सिरसामा ठूलो क्षेत्रफलमा फैलिएको बाबाको मुख्य आश्रम छ। जहाँ हजाराै उनका अनुयायीहरु बस्ने गरेका छन्। राम रहीमलाइ शुक्रबार त्यहाँको विशेष अदालतले दोषी ठहर गरेको थियो।