भिडियो सहित हेर्नुहोस !
Advertisement
दाहालल उदृत गर्दै कार्कीले भनिन्, ‘तपाईले निस्सा दिएर बबाल गर्नुभयो, लोकमानजीले मलाई धम्क्याए । म यो कुर्सीमा सात महिना बस्छु म बसुन्जेल मुद्दा रोकिदिनुहोस् । म गएपछि फैसला गर्नुहोला ।’कार्कीले अगाडि भनिन्, ‘त्यसपछि मैले भने, अब मेरो हातमा छैन । मुद्दाले आफ्नो कोर्स लिइसक्यो । मैले मुद्दा हेर्दा पनि हेर्दिन अर्को बेन्चले हेर्छ भन्दिएँ ।’
त्यसैगरी अन्य मुद्दामा पनि भनसुन र दबाब दिन थालेपछि उनलाई भेट्न छाडेको समेत उनले खुलाइन् । ‘उहाँले तीन खेप बोलाउनुभयो । एक पटक लोकमानको मुद्दा भएको बेला, अर्को पटक सीमांकन विवाद हुँदा र अर्को पटक केमा हो मैलै विर्सिएँ ।’
कार्कीले भनिन्, ‘तीनै पटक म पाँच पाँच मिनेट बसेँ हुँला चियाँ खाए निस्किएँ । राज्यका दुई निकायका प्रमुखबीचको भेटलाई मैले सुरूमा शिष्टाचारकै रूपमा लिएँ । तर जति पटक मैले भेटेँ र निस्कन नपाउँदै उहाँले कुरा मिलिसक्यो भनेर मिडियालाई भन्न थाल्नुभयो । त्यसपछि म प्रचण्डसँग सतर्क भएँ ।’