भिडियो सहित हेर्नुहोस !
Advertisement
ललितपुरको लगनखेलस्थित मिडाट अस्पतालमा पाठेघरको अप्रेसन गर्ने क्रममा आन्द्रा काटिँदा बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले अस्पतालमा तोडफोड गरेका छन् ।
अस्पतालमा मृतकका आफन्तहरुले विरोध प्रदर्शन समेत गरेका छन । काभ्रे बनेपाका ५३ वर्षीया राजकुमारी श्रेष्ठको पाठेघरको अप्रेसन गर्ने क्रममा आन्द्रा काटिएको हो । आन्द्रा काटिएपछि उनको मृत्यु भएको थियो ।
विरामीको आफन्तले चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका छन् । विरामीलाई जेष्ट १५ गते अस्पताल ल्याईएको र १६ गते अप्रेसन गरेको उनीहरुले बताएका छन् ।
ललितपुर प्रहरीले व्यवस्थापन र पीडित पक्षबीच सहमतिको प्रयास भइरहेको जनाएको छ ।
घटनाका बिषयमा अस्पताल व्यवस्थापन पक्षले कुनै जानकारी दिएको छैन ।