भिडियो सहित हेर्नुहोस !
Advertisement
देशमा सञ्चाँर क्षेत्रमा भएको अभुतपुर्व विकास सँगै यसले जनजिविकाको क्षेत्रमा सकारात्मक परिवर्तन त ल्याएको छ तर त्यसले समाजमा नकारात्मकतालाई पनि प्रश्रय दिएको छ ।
केहि समय यता सामाजिक संजालमा झुठा कुराहरु लाई सहि कुरा जस्तै गरि पोस्टीने क्रियाकलापहरुले तिव्रता पाएका छन । प्रहरी तथा अपराध अनुसन्धान विभाग साईवर क्राईमको कानुन बनाएर यस्ता क्रियाकलापलाई रोक्ने प्रयासमा रहेपनि व्यक्तिका चरित्र हत्या गर्ने कार्य सामाजिक संजालमा दिनदिनै बढदो छ ।सत्य तथ्य नवुझि समाचार सप्रेषण गर्नेमा अनलाईन साईटहरु समेत अग्रपक्तिंमा रहेका छन । विभिन्न स्वार्थ समुहको पक्षपोषण गर्दै समाचार लेख्ने यस्ता साईटहरु समाचारको तथ्य समेत वुझ्न जरुरि ठान्दैनन ।
स्थानिय तहको पहिलो चरणको निर्वाचन अन्र्तगत प्रदेश नं ६ मा बैशाख ३१ गते भएको निर्वाचनमा कालिकोट जिल्लाको कालिका गाउपालिका बाट २२७४ मत ल्याएर नेकपा एमालेबाट गाँउ पालिकाको अध्यक्ष पदमा विजयी भएका खडानन्द चौलागाइ अहिले सामाजिक संजालमा चर्चामा छन ।
कोठामा आराम गरिरहेका चौलागाइ
चुनावमा हराउन खोज्ने पाटीका केही नेता र अन्य राजनितिक दलका नेता कार्यकर्ताले चुनाव हारेको रिस मेटाउन थालेको मर्निङपोस्ट सँगको कुराकानीमा हाल कालिका गाँउपालिका अध्यक्ष खडानन्द चौलागाईले प्रतिक्रिया दिएका छन ।
अध्यक्ष चौलागाईको बिहीबार सामाजिक संजाल फेसबुक मार्फत केही नेता कार्यकर्ताले सुतिरहेको कोठाबाट फोटो खिचेर
“चुनाव जितेर मस्त निन्द्रामा कालिका गाँउ पालिकाका अध्यक्ष” भन्दै फेसबुक मार्फत सुतिरहेको फोटो हाले पछि सो फोटो डाउनलोड गरि अन्य विपक्षी राजनितिक दलका नेता कार्यकर्ताले सामाजिक संजाल फेसबुक मार्फत गाँउ पालिकाको कार्यलयमा काम नगरि सुतेको र कसैले रक्सीले मातेर सुतेको भन्दै पोस्टे पछि उनको तस्वीर भाईरल भएको हो ।
अध्यक्ष चौलागाई भने कालिका गाँउ पालिकाकाको निर्वाचन जेठ ४ गते सम्पन्न भएको हो भने मत गणना जेठ ८ सकिएको हो नया संरचना अनुसार कालिका गाँउ पालिकाको काम काज नै सुरु नभएको बताउछन ।
“ बिना अर्थमा मलाइ गालि गरि केही हुदैन बरु मलाइ सचेत बनाउने काम भयो” भन्दै दुर्इ चार जनाले सामाजिक संजाल फेसबुक मार्फत लेखेका कुरा हामीसग छन हामी साइबर अपराधको मुद्धा हाल्ने तयारी गरिरहेका छौ उनले भने ।
चौलागाइले थप्दै भने सबै भन्दा बढी सेयर र प्रचार भएका सामाजिक संजालहरुको आफुहरुले अनुसन्धान गरिरहेको र अहिले अनुसन्धानको लागी केही युवा साथीहरु परिचालित भएको बताउछन चौलागाइ।
पत्तालागे हामी छीटटै कार्बाहीको लागी उजुर गर्छौ उनले भने । केहि अनलाईन हरुले पनि सत्य तथ्य नवुझि आफ्नो मान मर्दन गरेको भन्दै उनले ति अनलाईनहरुको पनि छिट्टै उजुरि गरिने बताए ।
एउटा अनलाइनले हालेको खडानन्द चौलागाइको तस्वीर सहितको समाचार यस प्रकार थियो !
जनताले आफ्नो अमूल्य भोट दिएर जिताएका जनप्रतिनिधिले आफ्नो बारेमा राम्रो कामको सुरु गर्ने विश्वास हुनु स्वाभविकै हो ।
आफूले जिताएका जनप्रतिनिधिले आफ्नो बारेमा चिन्ता होला भन्ने मतदातालाई लाग्छ । तर, एक जना नवनिर्वाचित गाउँपालिकाका अध्यक्षले मतदाताको आशा र अपेक्षामाथि गम्भीर घात गरेका छन् ।
पहिलो चरणको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले दिउँसै रक्सी खाएर आफ्नो कार्यकक्षमा सुतेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताको वालमा यो फोटो देखिन्छ । यही फोटोलाई हेरेर धेरैले जनताले राम्रो व्यक्ति चुन्न नसकेको प्रतिक्रिया दिएका छन् ।
उनी हुन् कालिकोटका जनप्रतिनिधि खडानन्द चौलागाई । चौलागाई आफ्नो कार्यालयभित्रै निदाएको फोटो भाइरल भएको हो । चौलागाइ नेकपा एमालेको तर्फबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुन् ।
फेसबुक प्रयोगकर्ताहरुले रक्सी खाएर चौलागाई दिउँसै कार्यकक्षमै निदाएको लेखेका छन् । चौलागाईले रक्सी खाए-नखाएको भन्न नसकिएपनि दिउँसै निदाएका भने पक्कै हुन् ।