जो हराएको ४७ दिनपछि जिउँदै भेटिए :खोचमा भेट्टिंदा उनको कपालमा जुम्रा र खुट्टामा किरा परिसकेको थियो। महिला मित्र भने मरिसकेकी थिइन्

भिडियो सहित हेर्नुहोस !
Advertisement


ताइवानका एक २१ वर्षीय पदयात्रीलाई हराएको ४७ दिनपछि उच्च हिमाली भेगबाट जिउँदै उद्धार गरिएको छ। उच्च भेगमा खोज तथा उद्धार गर्ने टोलीले लियाँग शेंग युएहलाई समुद्र सतहबाट २६ सय मिटर उचाइमा रहेको धादिङ्गको टिप्लींग गाउँस्थित पहाडको एक खोचमा फेला पारेका थिए।

उनकी महिला मित्र १९ वर्षीय लिउ चेन चुनको शव नजिकै रहेको थियो। लियाँगलाई राजधानी काठमाण्डूस्थित ग्रान्डी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। उनको स्वास्थ्य स्थिति खतरामुक्त रहेको बताइएको छ। लियाँगको उपचारमा संलग्न डक्टर सञ्जय कार्कीले बीबीसी नेपालीका सुरेन्द्र फुयालसँग कुरा गर्दै भने, “उनी विस्तारै बोल्न सक्छन्। उनको महिला मित्रको तीन दिन अगाडि ज्यान गएको उनले मलाई बताए।

उनलाई बाहिरी चोटपटक खासै देखिदैंन तर किराले टोकेका घाउ भने उनको शरीरमा छन्।”पानी र नुनको भरती पदयात्रीको तौल हप्तौं अगाडि बाटो बिराएयता करिब ३० किलोले घटेको छ। उनको कपालभरि जुम्रा थियो भने उनको एउटा खुट्टामा स्याउँस्याउँ किरा परेका थिए।

चिकित्सकहरुका अनुसार उनी खासगरी पानी र नुनको भरमा बाँचेको देखिएको छ। बीबीसीलाई प्राप्त जानकारी अनुसार ती पदयात्रीलाई बुधबार स्थानीय समय बिहान ११ बजे स्थानीय बासिन्दाले पहिलोपटक देखेका थिए। तत्काल हेलिकप्टर पठाइ तिनको उद्धार गरियो। लियाँग र लिउ ताइवानको नेशनल दङ ह्वा विश्वविद्यालयका पहिलो वर्षका विद्यार्थी थिए। उनीहरु गत फेब्रुअरी महिनामा भारतबाट नेपाल आइपुगेका थिए।

पछिल्लोपटक उनीहरुलाई मार्च ९ मा उत्तरी धादिङ्गमा देखिएको थियो।भारी हिमपात हुँदाहुँदै उनीहरु त्यसतर्फ लागेका थिए। Missingtrekker.com भन्ने वेबसाइटले ती दुई पदयात्रीले यात्रामा निस्कनुअघि नै सामान हराएको तथा साना विषयमा झगडा गरेको उल्लेख गरेको छ। लिउले फेसबुकमा ‘यहाँ म नआइपुगेको भए हुन्थ्यो’ भनेर लेखेको समेत बताइएको छ। गत मार्च १० मा पूर्वनिर्धारित गरिएको समयमा उनीहरुले ताइवानमा फोन नगरेपछि ती दुईका परिवारजन चिन्तित भएका थिए। पाँच दिनपछि परिवारले तिनलाई खोजिदिन आधिकारिक आग्रह गरे। नेपाल प्रहरीले तीन जना गाइड तथा हेलिकप्टर समेत परिचालन गरी खोजी थालेको थियो।ती दुई यात्री लाङ्टाङ् गाउँमा तिनका अन्य ताइवानी साथीहरुलाई भेट्न जान लागिएको विश्वास गरिएको थियो।

ताइपेइ टाइम्सका अनुसार गाइड तथा स्थानीय सञ्चारमाध्यमलाई पनि उनीहरुबारे जानकारी दिइएको थियो तर निरन्तरको हिमपात र बेलाबेला आएको हिमपहिरोले खोजी कार्य कठिन भएको थियो।खोजी कार्यमा संलग्न माधव बस्नेतका अनुसार धादिङ्गबाट घत्लांग गाउँतर्फ चढ्दै गर्दा चिप्लो बाटोबाट ती दुई पदयात्री चिप्लिएर खसेको हुनसक्ने देखिन्छ। “चिप्लिएर गुफाजस्तो ठाउँ रहेको खोंचमा खसेपछि उनीहरु माथि चढ्न नसकेको देखिन्छ,” उनले भने। बिबिसी नेपाली बाट