भिडियो सहित हेर्नुहोस !
Advertisement
संसारमा यस्ता थुप्रै कुराहरु हुन्छन् जसलाई हामी देख्न पाउँदैनौं । तर यस्ता फोटोग्राफर पनि हुन्छन् जो आफ्नो नजरले हामीलाई यी कुराहरु हेर्न मौका दिन्छन् । यस्तै एक फोटोग्राफर थिए लेनार्ट निल्सन । आज हामी तपाईंलाई लेनार्टको लेन्सले कैद गरेका ती फोटोहरु जसले आमाको गर्भमा हुर्किरहेको बच्चाको यात्रा देखाउने गर्दछ ।

लेनार्टले आफ्नो करियरमा धेरैजसो समय गर्भमा हुर्किरहेको बच्चाको फोटो खिच्नमा बिताइन् । लेनार्ट संसारका पहिला व्यक्ति हुन् जसले मानिसको गर्भमा रहेको बच्चाको फोटो खिचेका थिए । सन् १९६५ मा उनले “A Child Was Born” नामक किताब लेखेकी थिइन् । सन् २०१७ को जनवरी २८ तारिखमा उनको मृत्यु भयो । तर उनले आफ्नो जीवनमा त्यस्ता फोटोहरु खिचेकी छिन् जसलाई देखेर जो सुकै पनि दंग हुनेछ । बच्चाको गर्भको ९ महिनाको यात्रा देखाउने यो फोटोमा अण्डादेखि बच्चासम्म यात्रा देखाउँछ । यहाँ हामी १५ वटा फोटोमा पूरा यात्रा देखाउँदैछौं ।