असार १६ मा नीशा र शरदको बिहे, जोडिदै क्रिकेट र फिल्मको सम्बन्ध



केही दिन अगाडि हामीले नीशा र शरदको बिहे हुँदै भन्ने खबर सार्वजनिक गरेका थियौ । प्रेम चर्चा चलेको केही समयपछि नीशा आफैले आफ्नो ब्रेकअप भएको भन्दै मिडियामा अभिव्यक्ति दिएकी थिइन् ।

हो, अब यी दुइले असार १६ गते बिहे गर्ने भएका छन् । नीशा र शरदको बिहे र भोजको निमन्त्रणा कार्ड चलचित्रकर्मी, आफन्त र साथीभाइमाझ पुगिसकेको छ ।

नायिका नीशा अधिकारी र क्रिकेटर शरद भेषावकर केही दिन अगाडि चितवनमा एकसाथ देखिएपछि यी दुइले बिहे गर्न लागेको चर्चा चलेको थियो । तर, अहिलेसम्म यी दुइले मिडियासँग कुनै कुराकानी भने गरेका छैनन् ।

नीशा र शरदको बिहेले नेपाली चलचित्र र क्रिकेटलाई जोड्ने छ । नेपाली चलचित्रकी नायिका र क्रिकेटर विच बिहे हुन लागेको संभवत यो पहिलो पटक हुनसक्छ ।
यस अगाडि केही मोडल र क्रिकेटरविच प्रेम सम्बन्ध रहेपनि बिहे हुन नसकेको वुझिएको छ । निशा र शरदले असार १८ गते भने बिहे भोजको आयोजना गरेका छन् । बिहे बन्धनमा बाधिन लागेका नीशा र शरदलाई हाम्रो तर्फबाट बैबाहिक जीवनको शुभकामना ।

‘संशोधन छलफल चुनावपछि



११, २०७४- एमाले अध्यक्ष केपी ओलीले चुनावपछि संविधान संशोधनबारे छलफल हुने बताएका छन् । शनिबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले संविधान संशोधन हुन सक्ने तर संसद्मा अहिले दर्ता प्रस्तावबाट त्यो सम्भव नभएको प्रस्ट्याए । ‘देश, जनता र लोकतन्त्रको पक्षमा संविधान संशोधन हुन्छ तर संशोधन प्रस्ताव उपयुक्त हुनुपर्छ,’ उनले भने, ‘अहिलेको प्रस्ताव उपयुक्त छैन ।’
संविधान संशोधन गर्छु भनेर कबोल गरेकाहरूबाट मैथिली, भोजपुरीलगायत भाषा मास्ने खेल भइरहेको ओलीको भनाइ छ । उनले परोक्ष रूपमा मधेसीलाई अधिकारको कुरा गर्दै झुक्याएर भाषा मास्ने काम भइरहेको आरोप लगाए । राष्ट्रिय जनता पार्टी लोकतान्त्रिक नभएको बताउँदै ओलीले उसलाई निषेधको राजनीति नगर्न आग्रह गरे । उनले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियागत रूपमा हुने पनि बताए । स्वतन्त्र, निष्पक्ष र सबलाई न्याय प्राप्त हुने संस्थाका रूपमा विकास गर्ने र न्यायसम्पादनमा कतैबाट प्रभावित नहुने व्यक्तित्व प्रधानन्यायाधीशमा हुनुपर्ने उनको भनाइ छ ।
त्यसैगरी शनिबारै सुनसरीको इटहरीमा आयोजित चुनावी सभामा ओलीले एमाले अबका दिन राष्ट्रियता र स्वाधीनता रक्षाका लागि लड्ने बताए । ‘अब मुलुकमा एमाले छ, कुनै हालतमा प्रतिगमन हुन दिँदैन । पुर्खाले लडेर बचाएको देशलाई तलमाथि हुन दिँदैनांै, अब छिमेकीले नहेपे हुन्छ, यो मुलुकको छुट्टै स्वाभिमान र स्वाधीनता छ ।’ एमाले दुवै छिमेकीसँग सन्तुलित व्यवहार गर्ने पक्षमा रहेको पनि उनले प्रस्ट्याए । तिब्बतको किमाथांकादेखि विराटनगर रानीसम्म चार लेन सडकको कल्पना आफूले नै कार्यान्वयनमा लगेको उल्लेख गर्दै ओलीले भने, ‘अब किमाथांकाबाट आएको गाडी धरानमा रोकिनेछ र जोगवनीबाट आएका कन्टेनर भरिएर भारत जानेछन् ।’ आफूहरू मधेसविरोधी नभएको जिकिर गर्दै उनले एमाले सरकारकै पालामा मधेसका सदरमुकाम, नगरपालिकामा ५० लाख थप अनुदान पठाएको बताए । २० वर्षसम्म त्यतिकै रहेको हुलाकी सडकका लागि पनि आफूले बजेट विनियोजन गरेको ओलीको दाबी छ । ‘दलित, आदिवासी र पिछडावर्गका नानीहरूलाई उच्च शिक्षासम्म नि:शुल्क गर्ने पार्टी मधेसविरोधी हुनै सक्दैन,’ उनले भने, ‘यो प्रोपोगान्डा हो ।’

चुनावका बेला किन कपिलवस्तु आए राजदूत उपाध्याय ?



केही बर्षको अन्तरमा प्रवेश गरेका यी २ सुन्दरीविच को अगाडि भन्ने खालका चर्चा पनि चल्ने गरेका छन् । चलचित्र ‘मेरो पैसा खोइ’मा बर्षा सिवाकोटी बाहिरिएर बर्षा राउत भित्रिएपछि यी दुइविच सम्बन्ध विगि्रएको चर्चा चल्यो । अहिले कस्तो छ त सम्बन्ध ?
अनलाइनखबरसँगको कुराकानीमा बर्षा राउतले भनिन्-‘हामी विच धेरै भेटघाट नहुने भएकाले पनि त्यस्तो लागेको हुनसक्छ । तर, हाम्रो सम्बन्ध एकदमै राम्रो छ ।’

यस्तै, नायिका बर्षा सिवाकोटीले भनिन्-‘हामीलाई लामो समयसम्म नदेखेर होला । हाम्रो भेट नजुरेर हो । हाम्रो केही विगि्रएको थिएन, हामी त एकदमै मिल्थ्यौ ।’
चलचित्र ‘मेरो पैसा खोइ’को लफडाका कारण पनि यी दुइविच झगडा परेको चर्चा चलेको हो । तर, यो चलचित्रमा आफूहरुले सल्लाहा गरेरै काम गरेको सिवाकोटी बताउँछिन् ।

झगडाको बिषयमा बषर्ा राउत भन्छिन्-‘मलाई थाहा छैन, उनी मेरो बारेमा के सोच्छिन् । तर, म उनको बारेमा एकदमै राम्रो सोच्छु । हाम्रो नाम एउटै भएकाले पनि यस्तो सोचिएको हुनसक्छ ।’

चलचित्र ‘मेरो पैसा खोइ’मा आफूले नै बषर्ासँग कुरा गरेको राउतको भनाई छ । नाम र करिअरको सुरुवात एउटै समयबाट भएकाले पनि यी दुइविच मनमुटाव चलेको चर्चा चल्ने गरेको छ । तर, दुबैले पनि सम्बन्धमा फाटो नआएको स्पष्ट पारेका छन् ।

चुनावका बेला किन कपिलवस्तु आए राजदूत उपाध्याय ?



असार, कपिलवस्तु । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले निर्वाचन आचारसंहिता विपरित कपिलवस्तुमा चुनावी अभियान चलाएको भन्दै नेकपा एमाले लगायतका विपक्षी दलले आपत्ति जनाएका छन् ।

गत बुधबारदेखि शनिबारसम्म कपिलवस्तुमा रहेका उनले कांग्रेस उम्मेदवारहरुको पक्षमा भोट मागेको आरोप लागेको छ । उनीहरुका अनुसार राजदूत उपाध्याय बुधबार र बिहीबार गोरुसिंगे र वाणगंगा नगरपालिका लगायतका क्षेत्रमा कांग्रेसको चुनाव प्रचारमा सहभागी भएका थिए ।

त्यस्तै बिहीबार कपिलवस्तु नगरपालिकामा कांग्रेसको मेयर उम्मेदवार किरण सिंह र उपमेयर उम्मेदवार लक्ष्मी गुप्ता सहभागितामा रहेको तौलिहवाको कार्यक्रममा सहभागी भएका थिए । उपाध्याय शनिबारै भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेट्न गोरखपुर पुगेका छन् ।

कपिलवस्तुका कांग्रेस नेता राजेश ज्ञवालीले भने राजदूत उपाध्याय कपिलवस्तुको विकासमा भारतीय सहयोग कसरी जुटाउने भन्ने सन्दर्भमा अन्तरक्रियामा सहभागी भएको अनलाइनखबरलाई बताए ।

एमालेका कपिलवस्तु जिल्ला इन्चार्ज खिमलाल भट्टराईले राजदूत जस्तो व्यक्ति एउटा दलको चुनावी अभियानमा सहभागी भएर मतदाता प्रभावित पार्न खोज्नु आपत्तिजनक रहेको बताए । उनले यसबारे जिल्ला निर्वाचन कार्यालयमा जानकारी गराइएको बताए ।

संघीय समाजवादी फोरम र माओवादीले पनि राजदूतले पदीय गरिमा विपरित गतिबिधि गरेको आरोप लगाएका छन् । उपाध्याय दिल्लीबाट कपिलबस्तु हुँदै पुनः गोरखपुरतर्फ लागेको बताइएको छ ।

उपाध्यायको गृहजिल्ला कपिलवस्तुनै हो । तीन पटक कपिलवस्तु क्षेत्र नम्बर १ बाट सांसद जितेका उपाध्याय २०७० सालको संविधानसभा निर्वाचनमा एमालेका बलराम अधिकारीसँग पराजित भएका थिए ।

अन्तत: अभिनेत्री निशा अधिकारी तथा क्रिकेटर शरद भेषवाकर विवाह गर्ने निर्णयमा पुगेका छन् ।





अन्तत: अभिनेत्री निशा अधिकारी तथा क्रिकेटर शरद भेषवाकर विवाह गर्ने निर्णयमा पुगेका छन् । केही वर्षअघिदेखि प्रेमसम्बन्धमा रहेका उनीहरूबीच ब्रेकअपको हल्ला समेत चलेको थियो । अहिले आएर उनीहरूले अनौपचारिक रूपमा विवाहको मिति नै तय गरेको बताइन्छ ।

केही अघि एउटा चलचित्रको छायांकनका क्रममा निशा चितवनमा रहँदा शरद उनलाई भेट्न चितवन पुगेका थिए । काठमाडौं फर्किए पछि गत शनिबार दिनभर उनीहरू ओशो तपोवनमा ध्यानमा लिन भए । चितवनमा पोखराकी कान्छी चलचित्रको छायांकनका क्रममा उनीहरूले लिएका सेल्फी अहिले सामाजिक सञ्जालमा छरफस्ट छन् । पारिवारिक स्रोतले दिएको जानकारीअनुसार उनीहरू असारको दोस्रो साता विवाह वन्धनमा बाँधिँदैछन् ।

अचम्म लाग्न सक्छ एउटा बोकोले जिल्ला हल्लाउने कुरा । बोकोले कसरी जिल्ला हल्लाउन सक्छ ? तर रामेछापमा यस्तै घटना भयो ।



अचम्म लाग्न सक्छ एउटा बोकोले जिल्ला हल्लाउने कुरा । बोकोले कसरी जिल्ला हल्लाउन सक्छ ? तर रामेछापमा यस्तै घटना भयो

त्यो यही बोको हो जसले जिल्लामा हल्लिखल्लीनै मच्चयो । अनि जिल्लाका सबै सरोकारवालालायई एकै ठाउँमा भेला पनि गरायो ।

यो बोको राष्ट्रिय पुननिर्माण कोष कार्यक्रम अन्तर्गत जिल्ला पशु सेवा कार्यालय रामेछापले भूकम्प पीडितलाई अनुदानमा वितरण गरेको थियो । बोको खाँडादेवी गाउँपालिका-४ पकरबासका किसान कर्णबहादुर माझीले किनेर लगेका थिए ।

गतसाल सोही कार्यक्रम अन्तर्गत पशुसेवा कार्यालय आफैंले खरिद गरी वितरण गरेका बोकामा आर्थिक अनियमितता भएको भन्दै व्यापक गुनासो आएपछि यस वर्ष अनुदानको रकम एकमुष्ट कृषकको खातामा हालिदिने र सो रकमबाट किसानले आफ्नो पैसा समेत थपेर बोका खरिद गर्ने गरी पशु सेवा कार्यालयले कार्यक्रम बनाएको थियो ।

बोका खरिदको लागि कार्यालयले एकमुष्ट १५ हजार रुपैयाँ दिने सो रकमबाट किसानले कम्तिमा पनि १८ केजी तौल भएको स्वस्थ ब्याडको बोको खरिद गर्नुपर्ने सर्त थियो ।

यो बाटो बनेपछि हेटौंडाबाट मुग्लिन हुँदै काठमाडौं आउने २२६ किमी र पालुङ हुँदै आउने १२६ किलोमिटर बाटोको विकल्प तयार हुनेछ



हेटौंडा-काठमाडौं जोड्ने छोटो दूरीको वैकल्पिक मार्गका रुपमा बनिरहेको कान्ति राजपथमा कालोपत्रे सुरु भएको छ । ट्रयाक खुलेको ६० वर्षपछि हेटौंडातर्फको ग्रामीण भेगबाट पनि कालोपत्रे सुरु भएको हो ।


यो बाटो बनेपछि हेटौंडाबाट मुग्लिन हुँदै काठमाडौं आउने २२६ किमी र पालुङ हुँदै आउने १२६ किलोमिटर बाटोको विकल्प तयार हुनेछ ।

बढीमा अबको डेढ वर्षभित्र यो सडकबाट काठमाडौंसम्म ठूला सवारीले सहजरुपमा आवागमन गर्न सक्नेछन् ।आगामी ०७५ सालसम्म कालोपत्रे गरिसक्ने लक्ष्यका साथ हेटौंडातर्फबाट कान्ति राजपथमा गरिने स्तरीय किसिमको ‘अस्फाल्ट’ पीचको काम प्रारम्भ भएको आयोजना प्रमुख देबेन्द्रप्रसाद साहले अनलाइनबरलाई बताए ।

साहका अनुसार यो महिनाभित्रै ९ किलोमिटर सडकखण्ड कालोपत्रे भइसक्नेछ । अर्को आर्थिकवर्षमा कान्ति राजपथको थप ४० किलोमिटर पीच गरिने उनले जानकारी दिए ।
ललितपुरतर्फ पनि डेढ किलोमिटर पीच भइसकेको र यसै महिनामा थप डेढ किलोमिटरमा पनि कालोपत्रे हुने आयोजनाले जनाएको छ ।

२ वर्षमा १२० करोड खर्च हुँदै
काठमाडौंबाट कान्तिराजपथको प्रस्थान बिन्दु ललितपुरको सात दोबाटो हो । सडक समयसीमाभित्रै निर्माण सम्पन्न गर्न मकवानपुरतर्फ करिब ८५ करोड र ललितपुरतर्फ एक अर्ब बढी खर्च लाग्ने अनुमान छ ।

यो वर्ष ६० करोड रुपैयाँ खर्च भएको आयोजनामा आगामी वर्षका लागि पनि ६० करोड रुपैयाँ नै विनियोजन भएको छ । काम तीव्र गतिमा भए थप बजेट दिन पनि अर्थ मन्त्रालय सकारात्मक रहेको आयोजना प्रमुख साहले बताए ।

हेटौंडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म ९० किलोमिटर लम्बाइको यो सडकलाई विस्तार गरी ८ दशमलव ५ मिटर चौडा गर्न काम भइरहेको छ ।
कहाँ कसले गर्दैछ काम ?



हेटौंडाबाट चुच्चेखोलासम्म ७ किलोमिटर खण्डमा कन्ट्याक्ट प्रालिले काम गरिरहेको छ । कञ्चनजंगा गोल्डेन ग्रुड (जेभी) ले चुच्चेखोलाबाट जीतपुर भञ्ज्याङसम्मको १५.५ किलोमिटर खण्डको निर्माण जिम्मा पाएको छ ।

कन्टेक बानियाँ (जेभी) ले जीतपुरभञ्ज्याङबाट सिमातघुम्तीसम्म ८.५ किलोमिटरको सडकखण्डमा काम गरिरहेको छ । अमर कन्स्ट्रक्सन प्रालिले सिमातघुम्तीबाट आलेभञ्ज्याङसम्म ९ किलोमिटरको जिम्मा पाएको छ । श्रेष्ठ मोतीदान बानियाँ (जेभी)ले आलेभञ्ज्याङबाट बाग्मतीसम्म १०.५ किलोमिटर खण्डको काम गरिरहेको छ ।

त्यसैगरी दिवा हनुमान (जेभी) ले बागमतीबाट काल्चेभीरसम्म ७ किलोमिटरमा, एसएल कम्पनी प्रालिले काम गरिरहेको छ । काल्चेभीरबाट छपेलीसम्म ८ किलोमिटरमा, हनुमान कन्स्ट्रक्सन प्रालिले छपेलीबाट तीनपानेभञ्ज्याङसम्म ९ किलोमिटरमा र विरुवा कविर (जेभी) ले तीनपाने भञ्ज्याङबाट टिकाभैरवसम्म ७ किलोमिटर सडकमा निर्माणका काम गरिरहेका छन् ।

त्यसैगरी टीकाभैरव पुलदेखि चापागाउँ दोबाटोसम्म ११ किलोमिटर भाग चौडा गर्ने काम सडक डिभिजन कार्यालय ललितपुरले गर्दैर्छ ।

विस्तार पनि चल्दै
कान्तीराजपथमा अहिले सडक फराकिलो बनाएर ग्राभेलिङ गर्नेसहित आवश्यक स्थानमा पर्खाल लगाउँदै कालोपत्रे गर्ने काम पनि अघि बढेको छ ।

हेटौंडाबाट मकवानपुरगढीसम्म यसै वर्ष कालोपत्रे गरिसकिने लक्ष्य रहेको साहले बताए । अहिले हेटौंडा-१७ को चुच्चेखोलाबाट कालोपत्रे गर्ने काम सुरु भएको छ ।
कान्ति राजपथको ट्रयाक विसं २०१३ मा खुलेको थियो । सुरुमा एक लेनको यो सडकमा ०१६ सालबाट गाडी चल्न सुरु भएको थियो ।

तर, ललितपुर र मकवानपुरको सीमामा रहेको बागमती नदीमा पुल नबनेको र सडकको दुरावस्थाका कारण सवारी चलाउन जहिले पनि यो अयोग्य रुपमा रहिरह्यो ।
६0 वर्षपछि ब्युँतिएको सडक
६० वर्षपछि यो सडकलाई सरकारले फर्किएर हेर्‍यो, त्यसैकारण अहिले कान्ति राजपथमा कालोपत्रेको काम सुरु भएको छ ।

यो सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कोरिया सरकारले तयार गरेको थियो । ०६५ सालदेखि सडक आयोजना बनाएर काम थाले पनि गत वर्षसम्म पनि गति सुस्त थियो ।
अब ०७५ को दशैंसम्म काठमाडौंमा यही सडकबाट यात्रुबाहक र मालबाहक सवारीको आवागमन सुरु हुने आयोजना प्रमुख साहले बताए । गुणस्तरीय भएकाले अहिले पीच भएको सडकमा ५ वर्षसम्म कुनै समस्या नआउने दावी आयोजनाको छ ।

सडक बिस्तार गर्न विभिन्न स्थानमा अहिले बिष्फोटक पदार्थ आवश्यक रहेको आयोजनाले जनाएको छ । समस्याका बाबजुद पनि समयमै काम सक्न आफूहरु लागी परेको साह बताउँछन् ।

काठमाडौंको आपूर्ति ब्यवस्था सुध्रने
यो सडकलाई मकवानपुर जोड्ने दक्षिणकाली-सिस्नेरी सडक खण्ड र त्रिभुवन राजपथको विकल्पका रुपमा पनि लिइन्छ ।
ट्रयाक निर्माण भएको झन्डै ६० वर्षपछि सडक सरकारको प्राथमिकतामा परेर पीच सुरु भएपछि सडक क्षेत्रमा स्थानीय उत्साहित भएका छन् ।

कान्ति राजपथ निर्माण सकिएपछि ललितपुरका दूर्गम दक्षिणपूर्वी भेग र मकवानपुरको पूर्वोत्तर भेगका बासिन्दाको जीवन यापनमा सुधार आउने स्थानीयको अपेक्षा छ ।
काठमाडौं आउन अर्को बैकल्पिक मार्ग तयार हुने भएकाले वीरगन्ज नाकाबाट नेपाल तथा भारतबीच हुने व्यापार विस्तारमा समेत यसले सहयोग पुर्‍याउने अपेक्षा छ । यसले काठमाडौंको आपूर्ति व्यवस्थालाई सहज गर्नेछ ।