Believing that news is for everyone and all the people have an equal right to receive true and factual information at anytime, anywhere.We are a team of dedicated, vibrant, professional, experienced and energetic people putting our efforts to set new dawn in the field of online journalism. We aim to bring the reality accessible for all and bring the people together for social, economical and political transformation. We are also committed to bring the news instantly when it crops out. We also evaluate and provide comprehensive reporting and commentary on the politics, business, culture, travel, fashion, sports and education of Nepal in an attractive and elegant manner. Our online site is a medium to unite the Nepalese people residing in every nook and corner of the world.
सिद्धि नरसिंह मल्लको पालादेखि नचाइँदै आएको ३७३ वर्षपुरानो साँस्कृतिक कात्तिक नाच मङ्गलबजारस्थित कार्तिक डवलीमा नचाने कार्तिक नाच पाटनमा बिहीबार साँझ देखि सुरु ! (हेर्नुहोस भिडियो)
November 1, 2017 : The autumn chill is deepening and while life in and around the City is slowly moving towards rest, the courtyards around Mangalbazaar, Patan begin to glow with thousands of people to watch the array of dances during the 10-day Kartik Naach. The courtyards were destroyed in the April 25 earthquake and wooden planks support old monuments and houses around, but the fervour for the festival has not been destroyed. 
यसकारण पृथ्वीबाट मानिसको अस्तित्व लोप हुने भौतिक बैज्ञानिक स्टेफेनले गरे दाबी(भिडियो सहित)
वैज्ञानिकहरुले आगामी १०० वर्ष भित्र मानवजातिले पृथ्वी बाहेकको अर्को वासस्थान नखोजे उनीहरु संसारबाट लोप हुनसक्ने चेतावनी दिएका छन् । त्यस्तो डरलाग्दो चेतावनी दिने वैज्ञानिक हुन् – चर्चित बेलायती भौतिकशास्त्री स्टेफेन हकिङ्स ।
बेलायती समाचार संस्था बिबिसीले निर्माण गरेको ‘स्टेफेन हकिङ्स: एक्सपीडीसन् न्यु अर्थ’ नाम गरेको वृत्तचित्रमा हकिङ्सले उक्त चेतावनीबारे विस्तृतमा ब्याख्या गरेका छन् । बिबिसीले उक्त वृत्तचित्रलाई सन् २०१७ को अन्त्यतिर प्रसारण गर्नेछ ।
जलवायु परिवर्तन, आकासपिण्डले पृथ्वीलाई दिनसक्ने ठक्कर, रोगको महामारी, र अत्यधिक जनसंख्या बृद्धि जस्ता कुराले पृथ्वीमा मानवजातिको भविष्य सङ्कटमा पर्दै गएको हकिङ्सको तर्क छ । पृथ्वीमा मानवजातिको अस्तित्व सङ्कटमा पर्दै गएको र डरलाग्दो अवस्था आएको तर्क गर्ने हकिङ्स एक्ला वैज्ञानिक होइनन्।
पुरा खबर थाहा पाउन यहाँ क्लिक गरी भिडियो हेर्नुहोस्-
शारारिक सहवासको बेला महिलालाई छिटो उत्तेजित पार्न यस्तो व्यवहार गर्नुहोस्....!
यौनपार्टनरबीच समझदारी नभई गरिएको सम्भोग सुखमय नहुने र खल्लो हुने हुँदा महिलाको सक्रिय सहभागिता पुरुषको पहिलो रोजाइ हुन्छ । अमेरिकी विश्वविद्यायलयले गरेको अनुसन्धान अनुसार महिलालाई सम्भोगको बेला उत्तेजित पार्न पुरुषका केही व्यवहार आवश्यक रहेको बताएको छ ।
– राम्रो सम्वाद गर्ने
– यौन पार्टनरसँग उसको वा आफ्नो मनपर्ने सेक्शुअल इच्छाका बारेमा कुरा गर्ने
– भन्न खोजेको प्रश्न इशारा बुझ्ने
– बेडरुम बाहेकमा पनि आफ्नोपनको महशुस गराउने
– यौनपर्टनरको कुरा सुन्ने र कुरा गर्ने
– सेन्स अफ ह्यूमरमा ख्याल गर्ने
– विवाद नगर्ने
– स्मार्ट तरीकाले परिस्थितिको सामना गर्ने
– आफ्नो पार्टनरको शरीरको कुनै पनि अंगको स्पर्श गर्दा प्रतिक्रियामा ध्यान दिने
– गोप्यतामा ख्याल गर्ने
– बफादार पार्टनर बन्ने
– किसिंग स्किलबाट प्रभावित पार्ने
पत्याउनै गाह्रोदुईवटा पिल्लरमा टिकेको विश्वको सबैभन्दा सानो देश, जुन देशमा बस्छन् २७ जना मानिस
विश्वमा एउटा यस्तो पनि देश छ जुन दुई पिल्लरले टिकेको छ । जुन देशमा जम्मा २७ जना मानिस बस्छन् । इंग्ल्याण्डको साफोल्स समुन्द्री तटबाट १० किलोमिटर टाढा रहेको यो देश विश्वको सबैभन्दा सानो देश हो । जुन समुन्द्री किल्लाको दुई पिल्लरले टिकेको छ । जसको नाम सील्याण्ड हो ।
यस देशको राष्ट्रपति, प्रधानमन्त्री र मालिक भनेको रोय बेट्स नामक एक ब्यक्ति थिए । सन् २०१२ मा उनले आफूलाई त्यस देशको मालिक घोषित गरेता पनि उनी अहिले यो संसारमा छैनन् र त्यस देशको जिम्मेवारी उनका छोरा माइकलले लिएका छन् ।
यस देशको निर्माण दोश्रो विश्वयुद्धताका ब्रिटेनले गरेको भनाइ छ । तर, पनि यस देशलाई कुनैपनि अन्तर्राष्ट्रिय मान्यता दिइएको छैन ।
आफ्नै कुनै जीविकोपार्जनको साधन नभएता पनि उसँग आफ्नो मु्द्रा र स्ट्याम्प टिकट भने रहेको छ । खासमा यस देशमा डोनेशनद्धारा फन्ड आउने गर्छ ।
मानिसले पहिलोपटक यस देशको बारेमा थाहा पाएपछि डोनेशनको ओइरो लागेको थियो । हाल हेर्नका लागि मानिसहरु आउने जाने नै गर्न थालेका छन् ।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वको सबैभन्दा सानो देश भ्याटिकन सिटी हो । जहाँको जनसंख्या ८०० रहेको छ ।
एउटा बहादुर सिपाहीको अन्येष्टी : जसले अरुको लाश खोज्दा आफ्नो जीवन गुमाए
पर्वत । मंगलबार बिहान हर्पन खोलमा भेटिएका लाशको खोजी गर्ने क्रममा पानीमा डुबेर मृत्यू भएका पर्वत ठूलीपोखरी घर भई कास्कीमा कार्यरत बल बहादुर कुँवरको प्रहरी सम्मानका साथ अन्त्येष्टी गरिएको छ । पर्वतको कुस्मा स्थित मोदीबेणी घाटमा उनको अत्येष्टी गरिएको हो ।
अन्येष्टीका क्रममा प्रहरीले अन्तिम शोक सलामी सहित सम्मान गरेको थियो । शोक सलामीका लागि अञ्चल प्रहरी कार्यालय बाग्लुङ्गका प्रहरी बरिष्ठ उपरिक्षक विक्रम गुरुङ्ग, पर्वतका प्रहरी नायव उपरिक्षक शेखर खनाल, प्रहरी निरिक्षक लिलाराज लामिछानेको उपस्थितिमा एक टुकडीले अन्तिम सलामी दिएको थियो ।
मृतक कुँवरलाई उनका बाबु ओम बहादुर कुँवरले दागबत्ती दिएका थिए । कुँवरका १ छोरा, श्रीमती सहित बाबु, आमा, २ जना दाजुभाई र ४ दिदी बहिनी रहेका छन् । सामान्य परिवारमा जन्मिएका उनी आफ्नो कर्तव्यपालनामा अब्बल मानिएका थिए ।
मृतक कुँवरले नेपाल प्रहरीको पोखरा स्थित विपद् उद्धार टोलीमा रहेर धेरै जनाको ज्यान बचाएको तथा उद्दारमा दिलो ज्यान दिएर आँफूलाई अब्बल साबित गरेका थिए । उनले फेवातालमा डुबेका धेरै जनालाई जीवितै उद्धार गरेका थिए विभिन्न विपदका घटनामा वेपत्ता बनेकाहरुलाई जीवित तथा मृत उद्धार गरेका थिए । २६ वर्षिय कुँवर २०६६ सालबाट नेपाल प्रहरीमा कार्यरत रहेका थिए ।
कसरी भयो घटना
कास्कीको हर्पन खोलामा माछा मार्ने क्रममा डुबेर मृत्यू भएका दुईजनाको लाश खोजी गर्ने क्रममा प्रहरीले सोमबारदेखि प्रयास गरिरहेको थियो । प्रहरी जवान कुँवरले मंगलबार बिहान अथक प्रयासपछि एक जनको लाश निकाल्न सफल भए सोही लाश भएको ठाउँमा अर्को लाश पनि हुनसक्ने भन्दै कुँवरले धेरैपटक खोज्ने प्रयाश गरेका थिए ।
उद्धारका लागि गएका टोली कमान्डरले बिना कुनै तयारी खोलामा पस्न निर्देशन दिएपछि उनी खोलामा हाम फाले सामान्य अवस्था जस्तै उनले खोलमा हामफालेपछि उनी पनि वेपत्ता बने । सेफ्टी कुनै साधन प्रयोग गरेका भए उनको यस्तो अवस्था नआउने सहकर्मीहरुको भनाई छ ।
नेपाल प्रहरीमा रहेर कर्तव्य पालनका शिलसिलमा धेरैको ज्यान बचाउन सफल भएका कुँवरको अरुको लाश खोज्ने क्रममा आफ्नो जीवन समाप्त भयो । कर्तव्य पालनमा भएको मृत्यूले ठूलीपोखरी गाउँ तथा पर्वत जिल्ला नै शोकमग्न बनेको छ । मृतक कुँवरको चिरशान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली ।
अब नेपालमा चल्ने भयो सस्तो मुल्यमा चिनियाँ इन्टरनेट भारतमा रुवावासी
प्रविधिको विकास संगै अब नेपालमा चल्ने भयो चिनियाँ इन्टरनेट चलाउने अन्तिम तयारी रहेको छ | नेपाल–चीन जोड्ने स्थल केबुल मार्ग (इन्टरनेट) को व्यवसायिक सञ्चालन गर्न नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबल (सिटिजी) लाई आग्रह गरेको छ।
नेपालको तर्फबाट सम्पूर्ण तयारी पूरा भइसकेको भन्दै टेलिकमले चाइना टेलिकमलाई व्यवसायिक थालनी गर्न गत हप्ता पत्राचार गरेको टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले बताए । ‘हाम्रोतर्फबाट तयारी पूरा गरी गत हप्ताको अन्त्यतिर चाइना टेलिकमलाई पत्राचार गरिसकेका छौं,’ अधिकारीले भने, ‘उसको स्वीकृतिपछि व्यवसायी सुरुवात गर्न बाटो खुल्ने छ ।’
नेपालले चाइना रुटको व्यवसायिक सुरुवात गर्न चाइना टेलिकमले पनि तयारी पूरा भएको जानकारी सहित स्वीकृति दिनु पर्नेछ । यही स्वीकृतिका लागि टेलिकमले पत्राचार गरेको हो । रुटको काम सकिएर त्यसको टेस्टिङ भइरहेको छ । टेस्टिङपछि त्यसलाई व्यवसायिक सुरुवात गर्न लागिएको हो । रि–रुट गरेर अन्तिम तयारी गरेको टेलिकमले कात्तिकको तेस्रो सातासम्ममा व्यवसायिक सुरुवात गर्ने समयसीमा तोकेको थियो ।
नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल(सिटिजी)बीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थल केबुल मार्गबाट जोड्न नेपाललाई आइपी सर्भिस उपलब्ध गराउने विषयमा गत वर्ष मंसिरमा सम्झौता भएको थियो । चीनसँग स्थल मार्ग हुँदै जोडिएकाले अब सो क्षेत्रबाट पनि अन्य देशका सेवा प्रदायकसँग जोडिन सहज हुने टेलिकमले जनाएको छ । भारत हुँदै प्रयोग गरिएको रुट बाहेक अन्तर्राष्ट्रिय अन्तरआबद्धताका लागि यो अर्को महत्वपूर्ण र समानान्तर विकल्प हुनेछ ।
यसअघि नेपाल टेलिकम भैरहवा, वीरगन्ज र विराटनगर नाकाबाट भारतका विभिन्न दूरसञ्चार सेवाप्रदायकसँग जोडिएको थियो । अब चिनियाँ बाटोबाट समेत नेपाल अन्तर्राष्ट्रिय इन्टरनेटमा आवद्ध हुनेछ । भारतबाहेक चीनतिरको वैकल्पिक रुट थप भएपछि यसबाट टेलिकमले लाभ लिन सक्ने विश्वास लिइएको छ । चाइना टेलिकमले भरपर्दो सेवा उपलब्ध गराउने र सो रुटमार्फत नेपाललाई ट्रान्जिट हबको रुपमा स्थापित गर्न सकिने अपेक्षा गरिएको छ ।
भारतको इन्टरनेट प्रयोग गर्दै आएको नेपालले अब भने चिनियाँ इन्टरनेट सस्तो र सर्वसुलभ मुल्यमा चलाउने भएको छ |त्यसो त चाइना टेलिकमले हिमालय क्षेत्रमा आफ्नो रुट विस्तार गर्दै नेपाल टेलिकमलाई अत्याधुनिक सुविधासहितको रुट प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।
Subscribe to:
Posts (Atom)