समाजिक संजालमा सेरे भनेर चिनिने चर्चित यी अनुहार को आखिर कसको हो,उनको वास्तविकता नाम के हो त (भिडियो सहित)



को हुन् यि युवा समाजिक संजालमा सेरे भनेर चर्चित छन् ,जानौं उनको वास्तविकता “भिडियो”

अधिकाम्स सामाजिक संजालको भित्तामा देखीने एउटा पात्र निकै चर्चित छन् ति हुन् शेरे जसलाई नेपाली सामाजिक संजाल प्रयोगकर्ताहरुले शेरे नाम दिएर ट्रोल बनाउने तथा हास्यब्यंगमा खुवै प्रयोग गर्ने गरेका छन् ।
वास्तवमा को हुन् त यि शेरे कसको चीत्र हो यो धेरैलाई थाहा नहुन सक्छ,यो तस्वीर चर्चीत चीनीया बास्केटबल खेलाडी याओ मिङको हो ।सन् २००२ देखी १८ बर्षको उमेर देखी बास्केटबल खेल्न शुरु गरेका मिङ सन् २००९ मे मा एक प्रतियोगितामा खेल समपन्न भएपछि यस्तो मुख बनाई हाँसेका थिए जसलाई तत्कालै एक चित्रकारले सेतो स्केच बनाई ब्यङग्यको रुपमा प्रयोग गर्ने निर्णय गरि सामाजिक संजालमा पोस्ट गरेका थिए त्यसपछि यो स्केच सर्वत्र फेसबुकमा भाईरल बन्यो । र हिजो आज राजनीतिक ब्याङ्ग देखि लिएर हरेक कुरा हरुमा यो तस्बिर भाईरल भनि रहेको छ ।
पुरा भिडियो हेरी पुरा जानकारी लिनु होला :

उमेरले रोक्यो नेपाल आडल हुन आयुष्मा राईलाई - इन्टरनेटमा भाइरल हुँदै यी ५ कक्षा पढ्ने बालिका(भिडियो सहित)



संगीत मानिसको आवाज वा धुन निकाल्ने एक कला हो। संगीतमा ध्वनीहरूलाई समयानुसार मिलाएर मनपर्दो नतीजा निकालिन्छ। नेपाली संगीतलाई आफ्नो मधुरता,लयबद्धता र विविधताको प्रतीकको रुपमा लिने गरिन्छ। संगीतमा कुनै वर्ग हुदैन, कुनै जात/धर्म हुदैन र उमेरको हद हुदैन। आजभोली नेपालमा बालक देखि बृद्धसम्म नै संगीतको क्षेत्रमा अग्रसर भएका छन ।

काठमाडौँको टाइमलाइन स्कुलमा कक्षा ५ मा अध्ययनरत बालिका आयुष्मा राईको संगीतमा रुची बालापनदेखि नै थियो । सानै उमेरदेखि संगीत सिकेकी आयुष्मा बिहान घरमा रियाज गर्ने गर्छिन भने स्कुलमा समेत संगीत सिक्ने गर्छिन । निकै नै सुमधुर स्वरकी धनि आयुष्मा । उमेरले रोको नेपाल आडल हुन लाई आयुष्मा राइले इन्टरनेटमा भाइरल हुँदै यी ५ कक्षा पढ्ने बालिका भिडियो हेर्नुहोस्-

नेपाल आइडल बुद्दले कार पाएपछि किन यस्तो भने ? (हेर्नुहोस भिडियो)





Nepal Idol is a Nepalese reality television singing competition that is part of the Idols franchise created by Simon Fuller and owned by FremantleMediaThe judges were Nhyoo Bajracharya, Indira Joshi and Kali Prasad BaskotaNepal Idol 2017 is the first season of Idol Franchise in Nepal which is aired on AP1 TV.

Flash News निर्वाचनको मुखमा ढुंगेललाई पक्रनु निर्वाचन नगर्ने षड्यन्त्र हो भन्दै माओवादी केन्द्रद्वारा ढुंगेलको रिहाइ माग



नेकपा(माओवादी केन्द्र)ले पूर्वसांसद बालकृष्ण ढुंगेलको पक्राउ शान्ति सम्झौताविरुद्ध रहेको जनाउँदै तत्काल उनको रिहाइको माग गरेको छ ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पत्रकारसँग कुराकानी गर्दै भन्नुभयो, “द्वन्द्वकालीन मुद्दा सत्य तथा मेलमिलाप आयोगबाटै समाधान गरिने शान्ति सम्झौताको मर्मविपरीत बालकृष्ण ढुंगेललाई पक्रिनु निन्दनीय छ । उहाँको तत्काल रिहा गरिनुपर्छ ।” ढुंगेलविरुद्ध लगाइएको मुद्दा सत्य तथा मेलमिलाप आयोगले नै हेर्नुपर्ने उहाँको भनाइ छ ।


निर्वाचनका समयमा आएर ढुंगेललाई पक्रनु निर्वाचन नगर्ने षड्यन्त्र हुनसक्ने आशंका गर्दै नेत्री भुसालले शान्तिपूर्ण निर्वाचन कुनै पनि बहानामा बिथोलिन नहुने बताउनुभयो । नेपाल प्रहरीको सिआइबीले ढुंगेललाई ललितपुर, सातदोबाटोस्थित उनको डेराबाट आज पक्राउ गरेको थियो ।

ढुंगेल पहिलो संविधानसभामा ओखलढुङ्गा–२ बाट निर्वाचित संसद् थिए । उनलाई ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा अदालतले दोषी ठह¥याएको थियो ।

को रुदैन होला ! साउदीमा मालिकले यौन शोषण गर्यो, घर फर्केर आउँदा छोरा भन्छ ‘आमा तिमी नै खराब हौ’



काठमाण्डौ,काँइली (नाम परिवर्तन)लाई हिजोआज छोराले ‘आमा तिमी खराब हौ’ भन्छन् । १० नातीनातिनीकी हजुरआमा आफ्नै छोराले यस्तो वचन लगाउँदा सुनसरीकी काँइलीको मन चसक्क हुन्छ । ५२ वर्षकी काँइलीलाई विदेशबाट फर्केपछि श्रीमान् र छोराले गर्ने व्यवहारले मरेको जुनी भए झैं लाग्छ । उनलाई ४ वर्षसम्म तिनै छोराछोरी र श्रीमानका लागि सहेका दुःख याद आइरहन्छ ।

उनले साउदीमा घर मालिकको पिटाइ र नमिठो वचन सहनु पर्‍यो । घर फर्किएपछि पनि विदेशमा बिग्रिएर आइस् भन्दै श्रीमानको पिटाइ र नानाथरिका गाली सहनु परिरहेको छ ।
२०६९ सालमा भारतको बाटो हुँदै उनी साउदी पुगेकी थिइन् । साउदीमा काँइलीले नारकीय जीवन बिताउनु पर्‍यो । विदेश जानु अघि सडक बनाउने सहयोगीको काम गरेर उनले जेनतेन बिहान बेलुकीको छाक टार्थिन । गाउँकै चिनजानका दलालले विदेशमा हुने कमाइले गरिबी हट्ने लोभ देखाएपछि उनी साउदी गएकी थिइन् ।


काम गर्ने घरका सबैले पालैपालो पिट्थे

काँइलीका लागि साउदी अरब दलालले भने जस्तो भएन् । उनले भाषा बुझिनन् । काम गर्न पनि जानिनन् । काम गर्न नजान्दा घर मालिकले उनलाई पशु झैं व्यवहार गरे । घरेलु काम गर्ने उनलाई मालिककले मन लागेको व्यवहार गरे । काम गर्ने घरमा रुने छुट थिएन । ‘जति रोयो उति नै कुट्थे, मार्छु भनेर बन्दुक देखाउँथे,’ साहुले गरेका व्यवहार बताउँदा काँइलीका गहभरी आँसु भए । उनलाई ४ वर्ष सहेका दुःख शब्दमा उतार्न गाह्रो भैरहेको थियो ।

साहुले मात्र हैन परिवारका सबैजनाले पालैपालो पिट्थे । त्यतिबेलाको पिटाइ उनको पिठ्युँमा दाग बनेर बसेका छन् । पिठ्युँको दाग देखाउँदै काँइलीले भनिन्, कहिले त लुगा फुकाल्न लगाएर पनि पिट्थे । घर मालिकले पशुलाई झैं गरेका व्यवहार र पिटाइले काँइलीलाई बाँच्छु भन्ने लाग्न छाडेको थियो ।

कामको मेसो नपाउँदा साहुनीले उनलाई कुकुर्नी भन्दै गाली गर्थिन् । साहुनीले गर्ने व्यवहार पनि त्यो भन्दा फरक थिएन् । ‘उनीहरुले खाएर बचेको जुठो भात दिन्थे, त्यो पनि पेटभरि खान पनि पाइन,’ काँइलीले सुनाइन् । उनलाई घर बाहिर निस्कन दिँइदैनथ्यो । उनले देखेको साउदी भनेको साहुको दुई तलाको घर मात्र हो ।

परदेशमा साहुका छोरीहरुकी आमा

कखरा पनि नचिन्ने काइलीलाई परदेशमा भाषा सिक्न, काम जान्न धेरै समय लाग्यो । एउटा घरभित्र उनले अनेकौं मान्छे देखिन् । एउटै गिलास साहुनीले १० पटकसम्म माझ्न लगाइन् । काँइलीका हातमा सिसाले काटेको दाग प्रष्टै देखिन्छन् । उनले भनिन्, भाँडा माझ्न नजान्दा हातमा कुट्थे ।

घरको काम देखि दुई छोरीको स्याहार उनकै काँधमा थियो । उनी साउदी पुग्दा घर मालिकका जुम्ल्याहा छोरीहरु १५ दिनका थिए । बोल्न थाले पछि उनीहरुले काँइलीलाई आमा भन्थे । काखे छोरो छाडेर विदेश गएकी काँइली साहुका छोरीहरु देख्दा आफ्नै छोरो सम्झेर रुन्थिन् ।
परदेशमा साहुका छोरीहरुकी आमा काँइली साहुसाहुनीको चाहिँ प्यारी हुन सकिनन् । काम जान्न थालेपछि पनि उनले कुटाइ र गाली सहनु पर्‍यो । काँइलीलाई अहिले लाग्छ, ‘विदेशमा हामीलाई कुट्न नै लैजान्छन् कि के हो ।’

४६ वर्षमा विदेश गएकी काँइलीको उमेर ढल्कदै थियो । त्यसमाथि ६ जना छोराछोरीकी आमा उनको ज्यान दरो थिएन् । पानीमा रुझ्दा पनि बिरामी पर्ने उनी पेटभरी खान नपाएरै बिरामी पर्न थालिन् । उपचार र आराम नपाएपछि काँइली सिकिस्तै भइन् ।

काम गर्न नसकेपछि साहुले सडकमा छाडेर हिँडे

कामै गर्न नसक्ने भएपछि अब उनको के काम थियो र । साहुले उनलाई रियादमा रहेको नेपाली दूतावास नजिकै बिच सडकमा छाडिदिए । ‘अस्पताल हिँड भनेर साहुले अन्तै लगे, रोडमा छाडेर फर्किए,’ यति सुनाउँदा काँइलीका आँखा आँशुले भरिए ।

१० लाखमा किनेर ल्याएको भन्दै गाली गर्ने साहुले उनलाई चारवर्ष बिना तलव काममा लगाए । काम गर्न नसक्ने भएपछि सडकमा फालेर साहु फर्किए । उनी जुरुक्क उठेर हिँड्न पनि सक्ने अवस्थामा थिइनन् । पेटमा अन्न नपरेको १० दिन भैसकेको थियो ।

रोइरहेकी काँइलीलाई सडक बनाउने काममा खटिएका नेपालीले दूतावाससम्म पुर्‍याए । त्यतिबेला उनको स्वास्थ्य अवस्था एकदमै नजुक भैसकेको थियो । ‘अस्पताल जान २० मिनेट ढिलो भएको भए म नबाँच्ने रहेछु,’ काँइलीले त्यो बेलाको आफ्नो अवस्थाको बारेमा प्रष्ट्याइन् । उनलाई त्यो कुरा डाक्टरले बताएका थिए ।

उनी ९ महिनामा मात्रै निको भइन् । २०७३ साल असारमा नेपाली दूतावासले उनलाई नेपाल पठायो । दुईचार पैसा कमाउने, घरबार जोड्ने आशाले परदेश गएकी काँइलीको झण्डै उतै ज्यान गयो । त्यसरी मृत्युलाई जितेर घर फर्किए पनि उनलाई कहाँ राम्रो भयो र !

आफन्तले त बिग्रेको भने, छोरा र श्रीमानले पनि छाडेनन्

छोराले उनलाई बिग्रेकी भने । अनि श्रीमानले साहुले कुटेर थलिएको शरीरमा कुटाइ थपे । बिग्रिएर आएकै आरोप लगाए । उनलाई घर फर्किपछि पाएको यातनाले बाँचेर आएछु भनेर पछुतो लाग्छ । उनी घर फर्कदा छोराछोरीको बिचल्ली थियो । १४ वर्षको छोरीको बिहे भैसकेको थियो । काखे छोरोको गाँसबासको ठेगान थिएन । उनको श्रीमान् दिनभरी सडक बनाउने काम गर्थे । साँझ उतै बस्थे । घर पनि बेचिसकेकाले बस्ने ठाउँ थिएन ।

विदेशको सपनाले उनको यथार्थ लुटियो । सग्लाे ज्यान पनि ४ वर्षको पिटाइले थिलथिलो भएकोे छ । अब उनले पहिले गर्ने काम पनि गर्न नसक्ने भएकी छिन् । कमाउन गएकी काँइली बाँचेर त फर्किइन, तर साथमा पैसा हैन जीवनभरी नमेटिने चोट र आरोप लिएर । परदेशमा पाएको पीडा माथि आफन्त र समाजले लगाएका आरोपले उनको मन झनै कुँडिन्छ ।

हिजोआज उनी मेलापात पनि गर्न सक्दिनन् । केही गह्रौं काम गर्‍यो कि बिरामी पर्छिन् । आम्दानीको स्रोत पनि केही छैन । श्रीमानले कमाएको रक्सी पिएरै सक्छन् । सडकमै बस्ने श्रीमान् घर आए पनि उनले पिटाइ सहनुपर्छ ।

विदेशबाट फर्किएको एक वर्षमा उनले टाउको लुकाउने घर बनाएकी छन् । सानै उमेरमा बिहे गरेकी छोरीलाई फर्काएर आफैंसित राखेकी छिन् । छरिएको परिवारलाई त जोडिन काँइलीले । तर आफैले जन्माएको छोरा र श्रीमानले लगाउने आरोपले काँइलीको मन भने टुक्रिएको छ ।

नेपाली चलचित्र ‘होलिडे’का छायाँकार दिनेश कुमार राई यूरोपको बेल्जियमबाट फरार (फोटो/प्रहरी रिपोर्ट सहित)



ईश्वोर दुलाल,झापा,१४ कात्तिक | नेपाली चलचित्र ‘होलिडे’का छायाँकार दिनेश कुमार राई (बान्तवा) यूरोपको बेल्जियमबाट फरार भएका छन । बसन्त निरौला निर्देशित उक्त चलचित्रको सम्पूर्ण छायांकन सकेर नेपाल फर्किन १ दिन बाँकी रहँदा राई सम्पर्क बिहिन भएको निर्देशक बसन्तले जानकारी दिएका छन ।




राईले पासपोर्ट र महत्वपूर्ण कागजात लिएर फरार भएको बसन्तले बताएका छन् । ‘केहि सामान किन्न भनि बाहिर निस्केका राई त्यसपछि सम्पर्कमा आएन्न ‘निर्देशक निरौलाले भने ‘कतै केहि भयो कि भनि प्रहरीकोमा पुग्यौँ तर कुनै अप्रिय घटना भएको पत्ता लागेन । प्रहरीले पनि उनि फरार भएको भन्दै खोजी गरीरहेको बनाएको छ’ ।



दिनेशसँगै नेपाल फर्किनलाई टिकट लिएका नायक गौरव पहारी र मूख्य सहायक निर्देशक बिनय पौडेल भने सोमबार नै नेपाल आईसकेका छन् । आइतबार देखि दिनेश सम्पर्क बिहिन भएका हुन् । उनले घरमा लैजान भनेर किनेका सामानसहितको लगेज भने यत्तिकै छोडे हिडेका छन् । दुई महिनाको लागि प्रवेशाज्ञा पाएका उनको भिसा अवधी अझै केहि दिन बाँकी रहेको निर्देशक निरौला जानकारी दिएका छन् । निर्देशक निरौला सहित चार जना अझै यूरोपमा नै रहेको र नोवेम्बर पाँच तारिक सम्ममा सम्पर्कमा आएर नेपाल नफर्केमा त्यहाँको कानुन बमोजिमको कारवाही हुने निर्माता तथा कलाकार श्याम श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठ सहित हरिकृष्ण कार्की र तेजेन्द्र कँडेलले ‘होलिडे’ टीमलाई स्पोन्सर गरेका थिए । श्यामले यूरोपको जुनसुकै स्थानमा भएपनि कारबाही गर्ने जानकारी दिएका छन् ।



श्यामका अनुसार दिनेशलाई लुक्न सहयोग गर्ने सहयोगीलाई पनि मानव तस्करीको मुद्दा चलाई हदैसम्म कारवाही हुने जानकारी दिएका छन् । निर्देशक निरौलाले आफुले बिश्वास गरेर लगेको तर दिनेशले बिश्वासघात गरेकोले कारबाही गरेरै छोड्नेपनि बताए । यदि उनलाई प्रहरीले पक्राउ गरेको खण्डमा उनलाई फेला पार्न खर्च भएको सम्पूर्ण रकम प्रहरीलाई बुझाउनै पर्ने नियम रहेको पनि बताईएको छ । दिनेश चलचित्र प्राविधिक संघका कार्यसमिति सदस्य पनि हुन् ।



प्रहरी रिपोर्ट हेर्नुहोस :

उज्जन श्रेष्ठको हत्या प्रकरणमा बालकृष्ण ढुंगेललाई कसरी जन्म कैदको सजाय भयो ? हेर्नुहोस पुरा कहानी (गाउलेहरुको बयान सहित)





पूर्वसभाद वालकृष्ण ढुंगेल समेतलाई दोषी करार गरिएको उज्जनकुमार श्रेष्ठ (भुवन) को हत्या भएको भनिएको गाउँमा बनाइएको स्थलगत रिपोर्ट:

मिर्मिरे बिहानीमा गाउँलेहरुको निन्द्रा खुल्न लागेको थियो । तल लिखु खोलाको किनारामा पर्ने न्युरेमा ड्याङ्ग गरेको ठूलो आवाज आयो । गाउँलेहरुले आवाज सुने ।


तर, निद्राबाट बिउँझिदै गरेका गाउँलेहरुले सखारै आएको आवाजले कयौँ बर्षसम्म निदाउन दिनेछैन भन्ने अनुमान लगाउन सहज थिएन । तैपनि त्यो आवाज अनिष्टको संकेत हो भन्ने अड्कल त्यतिबेलै गाउँलेहरुले लगाए ।

त्यो गोलीको आवाज थियो । त्यही गोलीको आवाजले अहिले देशको राजनीतिलाई बहसमा तानिरहेको छ । र, यसलाई ‘बालकृष्ण ढुंगेल प्रकरण’ वा ‘उज्जन श्रेष्ठ हत्या प्रकरण’ पनि भनेर चिन्ने गरिएको छ ।

विसं।०५५ असार १०, बिहान करिब ४ बजे पड्केको गोलीको आवाजको हिजो(आज गाउँमा भन्दा बेसी शहरमा चर्चा छ । ‘गोली चलाएको’, ‘गोली चलाउन आदेश दिएको’, ‘घटना घटाउन टर्चलाईट बालेको’, ‘प्रहरी र न्यायालयलाई सही सूचना नदिएको’ लगायत अनेकौं छिर्काहरु गाउँ हुँदै शहरसम्म आएर विकृत भैरहेका छन् ।

यस वीचका यी ६ हजार ५ सय ४५ दिनहरुमा रामेछाप र ओखलढुंगाबीच बग्ने लिखु खोलामा धेरै पानी बगिसक्यो । रात रहे अग्राख पलाउँछ भनेजस्तै यी दिनहरुमा न्याय पाउनेले न्यायको सट्टा अन्याय पाए भने अन्यायको खेती गर्नेहरु न्यायका ठेकेदार बन्न भ्याए ।

अन्यायको दारुण कथा झेलेर अझै पनि पुरानै नियति भोग्न बाध्य ओखलढुंगेली टारकेरावारीका जनताको दुःखको कथामा शुरु हुन्छ( गाउँको सम्पन्नशाली व्यापारीको रुपमा दरिएका रामेश्वर नाम गरेका जगतदास श्रेष्ठका सात भाइ छोरामध्ये काइँला भुवन अर्थात उज्जनकुमार श्रेष्ठको ‘हत्या’ प्रकरणबाट ।

देशको सर्वोच्च निकायले भुवनको हत्या भएको निष्कर्ष निकालेर मानिसहरुलाई आजीवन कारावासको सजायँ दिँदा समेत एलिटहरुको भाषामा ‘अनपढ र गवाँर’ जस्ता लाग्ने गाउँलेहरुले सर्वोच्च अदालतको निर्णयमा अविश्वास र आशंका व्यक्त गरेका छन् ।

‘मर्ने बेलामा मलाई पाप बक्नु छैन, सत्य निसाप बक्ने हो, अदालताँ पनि त्यही बकेको हो, तपाईलाई पनि त्यही बक्छु,’ टारकेराबारी गाविसका पूर्ववडाअध्यक्ष ९४ बर्षीय भोजबहादुर खड्काले हामीसँग भने, ‘भुवन मरेको होला भन्ने मेरो चित्तले अझै देख्दैन, झूठो कुरा गरेको भए सात जुनी नर्कमा जान परोस् ।’

घटनाको विवरण

बुबा रामेश्वर श्रेष्ठको मिल रहेको टारकेरावारीको कोइरालेबाट ०५५ असार १० गते बिहान ४ बज्न केही मिनटअघि मिलका केही सामान तथा चिउरा लिन दुई जना भरियाका साथ रामेछापको धोवीतर्फ लाग्छन् भुवन ।

उनी अघि अघि र भरियाहरु रामबहादुर श्रेष्ठ र थिरबहादुर खत्री पछिपछि हिँडिरहेका हुन्छन् । त्यहीबेला अचानक भरुवा बन्दुक पड्केको चर्को आवाज आउँछ ।

आवाजसँगै भुवन र उनका दुईजना भरिया ज्यान जोगाउन भाग्छन् । बिहान गाउँलेहरु घटनास्थलमा गई खोजी गर्दा घटनास्थलमा भरुवा बन्दुकका केही छर्रा तथा एक ठाउँमा रगतका टाटाबाहेक केही भेटदैनन् उनीहरुले । दुईजना भरिया भने गाउँलेको सम्पर्कमा आउँछन् ।

‘गोली चलेको आवाज आएपछि हामीबीच भागाभाग भयो, को कता गयो केही थाहा भएन,’ थिरबहादुरको भनाइ छ ।

अनि तपाईहरुले सँगै रहेका भुवनलाई खोज्नुभएन त ?

यो प्रश्नमा थिरबहादुरले भने( हामी र गाउँलेहरु समेत मिलेर खोजी गरियो, तर उनको लास र सास दुबै भेटिएन ।

गोली चलाउने दिनसम्म आइपुग्दा ओखलढुंगा र रामेछापको दुर्गम क्षेत्रमा पर्ने टारकेराबारी, पोकली, गाम्नाडटार र लेतीमा माओवादीले आफ्नो गतिविधि बढाइरहेको थियो । अचानक टारकेरावारीमा चलेको भरुवा बन्दुकको आवाजले राज्यलाई ‘एक्सन’ लिनै पर्ने निर्णयमा पुर्‍याइदियो । यही समय पारेर ओखलढुंगाको टारकेरावारी, गाम्नागंटार, लेतीमा व्यापक कुटपीट, धरपकड र सर्च अपरेशन चलाइयो । जसलाई स्थानीय गाउँले ‘प्रहरी दमन’ भन्छन् ।

भुवनको शव अझै पनि न राज्यको कुनै निकायले भेट्टाएको छ, न त गाउँलेले नै । प्रहरीले चलाएको व्यापक सर्चमा समेत उनको लास वा सास नभेटिएपछि उनलाई मरेकै भन्ठानियो । आजसम्म उनी मरे भन्ने विश्वास गरिएको छ । जसको हत्या अभियोगमा हाल दुईजनालाई आजीवन कारावासको सजायँ सुनाइएको छ ।

तर, गाउँलेहरु भने गाउँमा ३३ वर्ष र २७ वर्ष पछि पनि बिहे गरेर र्फकनेहरुलाई देखे भोगेको हुनाले लास नभेटेसम्म भुवन मरेकै हुन् भन्नेमा आशंका व्यक्त गर्छन् ।
भुवन हत्या आरोपमा सजायँ सुनाइएकामध्ये पुष्कर गौतम जसलाई तत्कालीन समयमा माओवादीले त्यस क्षेत्रमा खटाएको थियो, केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

अर्का आरोपी पहिलो संविधानसभामा चुनाव जितेर सभासद भएका माओवादी नेता बालकृष्ण ढुंगेल हुन्, जो यसै अभियोगमा जेल चलान भई पुनरावेदन अदालतबाट छुटे । तर, सर्वोच्चबाट पुनः दोषी करार गरिएका छन् ।

भुवनकी दिदी सावित्री श्रेष्ठद्वारा लिखित पुस्तक ‘पीडाका ५००० दिन’मा उनले पुस्कर गौतमबारे लेखेकी छन्ः पुस्कर खुलेआम काठमाडौंमा स्तम्भकारका रुपमा पत्रकारिता गरेर बस्यो तर, प्रहरीले पक्राउ गरेन । कृष्णमोहन श्रेष्ठ त्यतिबेला प्रहरीका एआईजी थिए । पुष्कर लुकिरहेको ठाउँ पत्ता लगाई म एआइजीलाई भेट्न पुगेँ । पुष्कर लुकेको ठाउँको सुइँको दिएँ‘ तर, कृष्णमोहनले पुष्करलाई पक्राउ गरेनन् । पुष्कर त हाम्रो इन्र्फमरजस्तै भइसक्यो भने । पछि थाहा भयो, पुष्कर माओवादी छाडेर प्रहरीको सूचनादाता भएछ ।’

भुवनको हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले गाउँबाट झण्डै १ सय १० जनालाई पक्राउ गर्‍यो । ५५ जनालाई मुद्दा लगायो । तर, अन्यलाई राजनीतिक पहुँचका आधारमा मुद्दा फिर्ता गरी १५ जनालाई मात्रै मुद्दा चलाइयो । त्यसमध्ये पनि ९ जनालाई पुनः छोड्दै ६ जनालाई जिल्ला अदालतमा मुद्दा दायर गरियो । उन्मुक्ति पाउनेमा कांग्रेस, एमालेसमर्थित मान्छेहरु थिए, सजायँ पाउनेमा माओवादी थिए ।

पक्राउ परेका ६ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जिल्ला अदालतले दियो । ती ६ जना थलबहादुर पौडेल, डोरबहादुर पौडेल, मनोज भट्राई, पर्वतराज भट्राई, रामबहादुर श्रेष्ठ र थिरबहादुर खत्री थिए । भने फरार अभियुक्तको नाममा पुष्कर, बालकृष्ण ढुंगेल र प्रलाहृद गौतम थिए ।

टारकेरावारी घर भएका थिरबहादुर खत्री तिनै मान्छे हुन्, जो भुवनमाथि गोली चलाइएको बिहान भुवनको भरिया थिए । त्यस घटनाका वास्तविक साक्षी खत्री पनि जेल परे, प्रहरीको यातनागृहमा आची र रगतमा लुटपुटिन बाध्य भए । कागजी चस्मदित गवाह डिल्लीबहादुर र बेदबहादुर खड्का भने थुनिएनन् ।

गाउँमै अत्यन्त निम्नस्तरको जीवन बिताइरहेका खत्री जसको भारी बोकेर जीवन धानिरहेका थिए उनैलाई हत्याको मतियार भन्दै हालियो । यसलाई जायज ठहर्‍याउन किताब लेखियो ।

टारकेरावारी(७ कै थलबहादुर पौडेल पनि कागजी गवाहका आधारमा लामो समयसम्म प्रहरीको यातनागृहको शिकार बने । तर, अन्तिममा निर्दोष करार गरिए । उनलाई न्यायालयले निर्दोष करार गर्दासम्म उनी यथेष्ठ रुपमा दोषी, हत्यारा, हत्याको मास्टर माईन्ड जस्ता विभुषणबाट पुरस्कृत भैसकेका थिए । समाजमा हत्यारा कहलिइसकेका थलबहादुरलाई न्यायालयले निर्दोष सावित गर्न १५ बर्ष लगायो ।

घटना हुनुभन्दा बर्षौ अघिदेखि थलबहादुर काठमाडौंमा बस्ने गर्दथे । अपर तामाकोशीको जागिरका सिलसिलमा काठमाडौं बस्न थालेका उनलाई अफिसकै काममा छँदाछँदै बिराटनगरबाट पक्राउ गरियो । उनलाई किन जेल हालियो, स्थानीय गाउँलेले अझैसम्म बुझ्न सकेका छैनन् ।

कागजले कागजकै भाषा बुझ्ने भएर हो कि जनताले कागजको भाषा बुझेनन् र सजायँ पाए । कागजको भाषा बुझ्न र बुझाउन जान्नेले किताव लेखेर आफूहरु पीडाको सागरमा डुबेको प्रचार गरे ।

किन हमला भयो भुवनमाथि ?

भुवनमाथि किन हमला गरिएको होला भन्ने प्रशंगलाई एउटा घटनासँग जोडेर हेर्दा अलिक सजिलो होला । भुवनले लक्ष्मी श्रेष्ठसँग विवाह गरे । बिहे गरेको केही समयमै भुवन र लक्ष्मीबीच खटपट हुन थाल्यो । कारण थियो, भुवनको जीवनमा अर्की महिलाको आगमन । श्रीमान अर्की महिलासँग लागेका छन् भन्ने थाहा पाएपछि त्यसलाई रोक्ने प्रयत्नमा थिइन् लक्ष्मी । तर, उनको प्रयास सफल भएन ।

अवैधानिक रुपमा चल्दै गरेको सम्बन्धलाई भुवनले औपचारिक सम्बन्धमा बदले । घरमा दोस्री श्रीमतीको आगमन भयो । उनको नाम थियो पवित्रा पौडेल । पौडेल भुवनको यौनसम्बन्धमा फसेपछि बिहे गर्नुपर्ने बाध्यतामा परिन् ।

बुबाआमाले बिहे गराइदिएकी केटी मन नपरेपछि भुवनले दोस्रो बिहे गरेको उनकी दिदी सावित्रीको दाबी छ ।

कान्छी श्रीमतीका रुपमा भित्रिएकी पवित्राले जेठीलाई भन्दा आफूलाई पतिले धेरै माया गर्छन् भन्ने कुरालाई आत्मसाथ मात्रै के गर्न थालेकी थिइन्, गाउँकी एउटी दलित महिलासँग भुवनको सम्बन्ध रहेको हल्ला चल्यो । त्यसअघि गाउँलेले ती महिलासँग भुवनको नाजायज सम्बन्ध रहेको चाल पाएको बताउँछन् ।

एक दिन दलित महिलाको कोखमा भुवनको वंश हुर्किरहेको भन्ने चर्चासँगै गाउँले र भुवनको परिवारबीच विवाद चुलियो । गाउँलेहरु ती दलित महिलाको जिम्मा भुवनले लिनुपर्छ भन्ने पक्षमा थिए । भुवनको परिवारले त्यसको प्रतिवाद गर्‍यो । त्यस विषयमा भुवनको र टारकेरावारी गाविसका वडा अध्यक्ष रहेका गाउँका बुढापाकासँग उनको विवाद हात हालाहालसम्म पुग्यो । अन्ततः सम्पन्न श्रेष्ठ परिवारले परिवारले केटीपक्षलाई केही रकम दिएर घटनालाई दबायो ।

स्थानीयको दाबी अनुसार दलित महिलासँगको विवाद टुगिंन नपाउँदै भुवनले अर्को चमत्कार गरे । काठमाडौंबाट महालक्ष्मी श्रेष्ठ भन्ने केटीलाई उनले श्रीमतीका रुपमा घरमा भित्राए । उनले त्यतिमात्र गरेनन्, उनले जुन परिवारबाट पवित्रालाई भित्राएका थिए, त्यही परिवारकी कान्छी बहिनीलाई पनि कान्छी श्रीमतीका रुपमा भित्राए । रेनुकालाई भुवनले मिलमा कुटाउन पिसाउन आएको मौका छोपेर दपेटेको गाउँलेको आरोप छ ।

यी उतार(चढाबबाट भुवनको महिलाप्रतिको आशक्ति कस्तो थियो भन्ने बुझ्न गाह्रो हुँदैन ।

काठमाडौंबाट घर फर्किएलगत्तै आफ्ना माइला दाइ गणेशकुमारलाई विस्थापित गरी पानी घट्ट आफ्नो जिम्मामा लिएका भुवनले मिलमा कुटाउन पेलाउन आउने महिलासँग जिस्कने, मस्कने र नमाने बल प्रयोग गर्ने स्थानीयको आरोप छ । भुवन जुवातासका अब्बल खेलाडीसमेत थिए ।

भुवनको यस्तो तडक(भडक र गाउँमा माओवादीको बढ्दो प्रभाव एकापसमा विरोधाभाषपूर्ण बन्यो ।

भुवनकी जेठी श्रीमती लक्ष्मीले हामीसँग भनिन्( हाम्रो बिहे भएपछिसमेत उनी गाउँमा महिलाहरु चाहार्दै हिँड्ने गर्थे

गाउँलेहरुको वयान अनुसार माओवादीहरु गाउँमा जुवातास रोक्न चाहन्थे भुवन जुवातास खेल्ने अड्डा खडा गर्न चाहन्थे । माओवादीहरु गाउँमा महिला र दलित अधिकारका कुरा गर्दै हिँड्थे । भुवन गाउँमा महिलालाई बाख्रा र आफू बाघ भएको बोध गराउन चाहन्थे ।

भुवनकी जेठी श्रीमती लक्ष्मीले हामीसँग भनिन्( हाम्रो बिहे भएपछिसमेत उनी गाउँमा महिलाहरु चाहार्दै हिँड्ने गर्थे । मैले त्यसो नगर्नुस् भन्दा मलाई नै पिट्न र गाली गर्न थाले । मिल आफूले चलाउन थालेदेखि त्यहाँ पुलिससँग उनको संगत बढ्न थाल्यो । यता माओवादीले तिम्रो बुढा सुराकी काम गर्छ, त्यसलाई गाउँमा नबस्नु भन्न थाले । मैले कति चोटि भनें तर, उनले मेरो कुरा सुनेनन् । आफ्नै खुट्टा ठाउँमा नभएपछि अरुलाई के भन्नु ?’

माओवादीले त्यसबीच भुवनलाई कैयौंपटक चेतावनी दिने र माफी मगाउने जस्ता कारवाही गर्‍यो । तर, भुवन यसबाट डराएनन् । उनी गाउँबाट माओवादी निमिट्यान्न पार्ने अभियानमा लागे । उनी त्यसबेला प्रहरीको तलबी मान्छे रहेको माओवादीको बुझाइ थियो ।

त्यसबेला जिल्लामा डीएसपीका रुपमा सोलुका मिनमार लामा, प्रहरी इन्सपेक्टरका रुपमा सुनसरीका प्रदीप श्रेष्ठ र गाम्नाङ्ग प्रहरी चौकीमा खोटाङ्गका असई दुर्गाबहादुर राई कार्यरत थिए । भुवनको सम्बन्ध उनीहरुसँग रहेको गाउँले दाबी गर्छन् ।

माओवादी ‘जनअदालत’मा भुवनविरुद्ध लगातार बढ्दै गरेका उजुरीपछि माओवादीले उनलाई गाउँबाट अन्यत्रै पठाउन परिवारलाई दबाब दिन थाल्यो । परिवारका सदस्यसमेत उनलाई काठमाडौं जान सुझाइरहन्थे । तर, भुवन त्यो मान्न तयार थिएनन् । त्यसैबेला माओवादी ब्युरोले भुवनलाई सामान्य भौतिक कारवाही गर्ने योजना बनायो ।

‘सफाया गर्ने नभई सामान्य भौतिक कारवाही गर्ने तहसम्मको हाम्रो योजना थिया, त्यसैक्रममा साथीहरुले भरुवा बन्दुक पड्काएका हुन्’ टारकेरावारीमा तत्कालीन समयमा पार्टीको काम गरेका माओवादी नेता गंगा कार्की विश्वले हामीसँग भने ।

तर, भुवनकी दिदी सावित्री श्रेष्ठले भने आफ्नो भाइलाई काटेर खोलामा बगाइएको पुस्तकमा उल्लेख गरेकी छिन् ।

९४ वर्षीय वृद्ध भन्छन् – झूठो बकेको भए सात जुनी नर्कमा पर्नुपरोस्

पूर्व वडा अध्यक्ष रहिसकेका टारकेरावारी(९ का ९४ वर्षीय भोजबहादुर खड्काको घर पुग्दा उनी भूकम्पले भत्काएको घर बनाउन व्यस्त थिए । घर बनाउँदा बनाउँदै आएको पानीले माटो बगाउँदै थियो, त्यसैको जतनमा लागेका थिए खड्का । उनै हजुरबासँग गरिएको कुराकानी उनकै शब्दमाः

क्ष्लमजगष् िजबतथबपबलमब ९ज्ञ०घर हेरिहाल्नुभयो, भूकम्पले लडाएपछि बस्ने बास पनि नभएर बनाउन लागेको छु । यो घर टारकेरावारी( ९ मा पर्छ । पहिला यो गाविस गाम्नाङटार( १ मा पर्थ्यो । त्यसैताका हो म लाहुरबाट आएर गाउँमै केही गर्नुपर्छ भन्ने सोचले समाजको अर्मपर्म, जेनतेन गर्दागर्दै वडा अध्यक्षमा चुनिएँ ।

त्यो भुवन भन्ने श्रेष्ठ थरीको मान्छे हो । उसको बाउले यहाँ पसल थापेका थिए । उसको बाउको नाम रामेश्वर हो । ९रामेश्वरको वास्तविक नाम भने जगतदास श्रेष्ठ हो० उनीहरुको साउटारमा पनि पसल थियो । गणेशकुमार भन्ने रामेश्वरको माइलो छोरो सिधाखालको मान्छे थियो । भुवनचाहिँ काइँलो हो । भुवन भने महाको गुण्डो थियो । त्यसले केटी भनेपछि देख्नै हुँदैथ्यो ।

यो गाउँकी दुईटी बाहुनी लगिदियो । त्यो पनि एउटै घरकी दुई बहिनी । अपराधी हो कि धर्माती, तपाई कुरा बुझ्नुस् ।

मैले भनिहालें नि केटी देख्नै नहुने त्यसलाई । कुनै राम्री केटी गाउँघरमा देख्यो भने कसरी हुन्छ, बाआमालाई फसाल फुसुल पारेर हुन्छ कि, केटीलाई फसाल फुसुल पारेर हुन्छ कि, नभए धम्काएर भए पनि हर तरिकाले त्यसले आफ्नो बसमा पार्थ्यो ।

अब मेरो बाँच्ने दिन पो कति छन् र ? मरेर जाने बेलामा नर्क जाने कुरा किन गरौँला र ?मर्नेबेलामा पाप बोक्नु छैन मलाई

गाउँघरका कुनै पनि छोरी मान्छे देख्न नहुने महाको गुण्डो थियो त्यो । माओवादीसँग पनि हिमचिम गर्ने, प्रहरीसँग पनि लटरपटर गरेर बस्नी गथ्र्यो । त्यस्तो खालको मान्छे हो त्यो । मैले जानेको यही हो । एउटै घरकी दुई बहिनी उडाइदिने धर्माती हुन्छ त्यो मान्छे रु ल आफै भन्नुस् । त्यो महाको हरामी मान्छे हो ।

त्यसलाई (भुवन) मारे भनेर माओवादीलाई दोष पनि दिएका छन् । यही गाउँका कति मान्छेले अझै पनि मुद्दा खेपिराखेका छन् । यिनीहरु निर्दोष हुन् भनेर मैले ओखलढुंगा सदरमुकाममा पनि बक्न गएँ । तर, मेरो बोली कसैले सुनेनन् । यही गाउँको कामीटोलकी एउटी केटीलाई भुँडी बोकाइदियो । त्यो मान्छे यति गुन्डो थियो १

त्यसलाई कुनै पीडित महिलाका परिवारले पो मारे कि रु वा अरु गुण्डा(गुण्डा मिलेर पो मारे कि रु वा बेपत्ता भयो कि रु गाउँका जति मान्छे त्यो मुद्दामा परेका छन्, ती सबै निर्दोष भएको मेरो आत्माले देखेको छ ।

उसको लास भेटिएको छैन । मारे र फाले भने पनि त्यसको कुनै हाडखोर भेटिएको छैन । मारेको भन्ने ठाउँमा देखिएको रगत त्यसैको हो कि अरु कसैको भन्ने कुरा पनि जाँच गरिएको छैन । अनि अनाहकमा मान्छेलाई खोराँ लगेर थुन्ने गर्दा के हुन्छ हाम्रो सरकारको निसाप ?

मान्छेको ज्यानको सवाल छ भनेर मैले पनि यो विषयलाई बुझें । मलाई त गाउँका मान्छे अनाहकाँ खोराँ परे भन्ने भएको छ ।

अब मेरो बाँच्ने दिन पो कति छन् र ? मरेर जाने बेलामा नर्क जाने कुरा किन गरौँला र रु मर्नेबेलामा पाप बोक्नु छैन मलाई, सत्य निसाप बक्ने अदालताँ पनि यही बकेको हो, तपाईहरुलाई पनि यही बक्छु । झूठो कुरा गरेको भए सात जुनी नर्कमा जान परोस् । यी मान्छेहरु मलाई निर्दोष लाग्छन् ।

गाउँका जतिलाई पनि मुद्दा लगाइएको छ, त्यो रिसइबी भन्दा बाहेक केही पनि होइन । त्यो गुण्डोखालको मान्छे थियो । कहाँ बिगार गर्‍यो, केमा पर्न गयो ।

प्रत्यक्षदर्शी थिरबहादुरको बयान

मेरो नाम थिरबहादुर खत्री हो । मेरा तीन छोरा एक छोरी छन् । मेरो उमेर पचास बर्ष भयो । जुन दिन भुवनमाथि गोली प्रहार भयो, म त्यसदिन उनीसँगै थिएँ । उनको मिलको सामान लिन हामी उनीसँगै गएका थियौं । त्यसवेला म, रामबहादुर श्रेष्ठ र भुवन तीन भाइ थियौं ।

हामी बिहानै धोबी जान भनेर हिँडेका थियौं । लिखुको खहरे खोला भन्दा पर्तिर दुई घर माथितिरबाट गोली चलेको आवाज आयो । गोलीको आवाजसँगै हामी भाग्यौं । गोली चलाउने को थिए भन्ने केही थाहा थिए ।

म भर्खर काठमाडौंबाट गाउँ आएको २५ दिन जति भएको थियो । गाउँमा के कसो छ भन्ने पनि मलाई राम्रो थाहा थिएन । काठमाडौंमा त्यसबेला म भारी बोक्ने, बालुवा बोक्ने ज्यामी काम गर्थें । अहिले पनि म ज्यामी काम नै गर्दैछु ।

गोलीको आवाज सुनेपछि सबैमा भागाभाग भयो । उज्यालो भएपछि खोजी गरियो । तर, उसलाई पत्ता लगाउन सकिएन । हिँड्दाखेरि भुवन अगाडि, हामी पछिपछि थियौं ।

गोली चलेपछि खोजी पनि गरियो । तर, उनको पत्ता लागेन । गोली उनलाई लागेको थियो कि थिएन भन्नेसमेत हामीले चाल पाएनौं । झूठो कुरो गर्न भएन, के जानम् के भयो भयो ।

उनीसँग हिँडेका कारणले हो अथवा अरु नै केही कारण हो, मलाई अनाहकमा तीन बर्ष जेलमा हालिदिए । ०५५ असार ११ गते पक्राउ गरेका हुन् । त्यसपछि म ०५८ सम्म जेल बस्नुपर्‍यो । कारण के हो भन्ने मैले आजसम्म पनि चाल पाउन सकेको छैन ।

म पहिला माओवादीको कुरा बुझ्दैनथें, अहिले पनि बुझ्दिँन, खासो खास कुरा गर्ने हो भने म एमालेको मान्छे हुँ

भुवनको हत्याको प्रत्यक्षदर्शी हामी हौं भनेर जसले वयान दिएका छन्, उनीहरु प्रत्यक्षदर्शी नै हुन् भन्नेसमेत मलाई यकिन छैन । किनभने त्यति बिहानै हामी बाहेक मैले अरु कसैलाई पनि देखिँन बाटोमा हिँड्दै गर्दा । यदि उनीहरु पनि त्यहीँ हुन्थे भने त्यस्तो हाहाकारमा सहयोग त गर्थे होलान नि रु

हामी भनेको त आलाकाँचा हौं । तैपनि मलाई यो घटनाबारे केही पनि थाहा थिएन । मलाईसमेत जेल जानु पर्‍यो । उनको हत्यामा मेरो पनि संलग्नता हुने थियो भने म गाउँमै बसिराख्ने थिएँ होला त रु म घटना भएपछि पनि गाउँ मैं थिएँ मलाई यहीँ गाउँबाटै पक्रिएर लगे ।

मलाई पक्राउ गरेर सिरिसेको अस्थाई प्रहरी चौकीमा राखिएको थियो । पछि खिजी फलाँटे हुँदै रामपुर र त्यहाँबाट ओखलढुंगा सदरमुकाम लगे । म मात्र होइन, रामबहादुरलाई पनि मसँगै लगे । हामी दुई भाइले निकै नै दुःख पायौं । तर, हाम्रो दुःख हेर्ने कोही पनि भएन ।

म ज्यामी काम गरेर गुजारा गर्ने मान्छेलाई समेत भुवनको हत्यामा दोषी देखाएर माओवादी भनिदिएछन । माओवादी भनेको कस्तो हुन्छ रु नीति हो रु के माम्लो हो रु के गरेर हिँड्छ रु त्यो मलाई थाहा थिएन । साँच्चै भन्ने हो भने बन्दुक मैले छोएको भए, हाताँ आगो छ, ९चुरोट देखाउँदै० मलाई मारिदिनू । त्यो बन्दुकको वजन कति हुन्छ रु त्यो बन्दुक कसरी पड्किन्छ, मलाई केही पनि थाहा छैन ।

हलो जोतेर हिँडेको यस्तो मान्छेलाई अनाहकमा झ्याम्म पारेर जेल हाले ।

प्रहरीको पिटाइले गर्दा अहिले म न बाख्रा हेर्न सक्छु । न घाँस काट्न सक्छु मान्छेलाई मर्नु न बाँच्नु बनाए । हाम्रोबारे कसले बोल्छ रु अनाहकमा यातना दिँदा अहिले खुट्टाले राम्रोगरी टेक्नै हुँदैन ।

यातनाको कुरा गर्नु हुन्छ भने उत्तानो पारेर जाँड खाएको तालमा हरेक प्रहरीले हामीलाई लात्ती र लौरो हानेर माओवादीको रीस हामीमाथि पोखे । पाइतालामा चुटने, मुखमा पाइप लगाएर माथिबाट पानी हाल्ने, बस्न लगाएर तिघ्रा र साँप्राको बीचमा बाँस हालेर माथिबाट बेस्मारी दुईजनाले थिच्दा मरिँदो रै’छ । मलाई पिट्नसम्म पिटे नि आईटम आईटमले ।

म त मर्ने मान्छे हो हजुर, तर खोई कसरी बाँचे । पाइतालमा हानेर खुट्टा सुनिन्छ अनि उफ्री भनेर पिट्ने । केको उफ्रिन सक्ने नि । मैले त्यतिबेला पिटाइ सहन नसकेर कट्टुमै मुत्ने र छेर्ने गरेँ ।

एउटा मात्र कट्टु थियो । फेर्ने लुगा पनि थिएन । के गर्नु त । त्यसैमा छेर्यो, त्यहीँ सुकायो । हाम्रो हेरविचार कसले गर्ने रु मरेँ भन्ने हुँदोरहेछ, होस आउँदा अस्पतालाँ भैइँदोरहेछ । यसो हेर्दा छेउमा सेता लुगा लगाएकी आईमाई बसेकी रैछ बोल्न मन लाग्छ’ तर बोली नै नआउने । होइन यहाँ कसरी आइपुगें भनेर सोच्दो रैछु । तर, वाक्य फुट्दैन । त्यही आईमाईले हो मलाई चिया र बिस्कुट खानू भनेर दिएको, खान मन लागे पो खानु ।

अदालतमा पटक(पटक बयान लिँदा मैले भुवनसँग नगएको होइन, भारी बोक्न गएको हो भनेर भनें । बन्दुक नपड्के को होइन, पड्केको हो । तर, यतिखेरसम्म लास पत्तो लाउन सकिएको छैन भनेको हो । र, मान्छे मैले चिन्न सकिँन र मान्छे देख्दा पनि देखिएन भनेर भनेकै हुँ ।

मसँगै पक्राउ परेका रामबहादुर त्यो घटनापछि विस्तापित भएर मधेसमा कता चन्द्रनिगाहपुरतिर बसेका छन् भन्ने सुनिन्छ ।

अलिकति पनि तल माथि पर्‍यो भने पिडौला फर्किइहाल्छ । खुट्टाको तलको औंला चल्दैन । आँखा देख्दिँन । आधी टाउको दुखेको दुखै गर्छ । पुलिसले पिटेको कारणले भुँडीमा गाँठो बसेको छ । भुँडीको गाँठो देखाउन कलकत्तासम्म गएँ । अपरेशन गर्नुपर्छ, धेरै पैसा लाग्छ भन्यो । तर, मैले कहाँबाट पैसा ल्याउनु ? ७० बर्षका मान्छेले एक अँगालो भारी बोकेर हिँड्छन्, भीरपाखामा आनन्दले हिँड्छन् म सक्दिँन ।

काठमाडौं टिचिङमा उपचार गर्न गएको १ लाख जति लाग्छ भनेपछि नसकेर यत्तिकै काल कुरिरहेको छु । मलाई टाउको दुख्ने गरेको मैले त्यतिबेला नै प्रहरीहरुलाई भनेको थिए( यो टाउको चटक्कै काटिदिनु हामीलाई अनाहकमा दुःख नदिनू भने । अहिले पनि टाउको दुख्दा ब्रुफिन खान्छु । तर, पाँचवटा खाँदासमेत टाउको दुख्न २० को १९ हुँदैन ।

म पहिला माओवादीको कुरा बुझ्दैनथें, अहिले पनि बुझ्दिँन । खासो खास कुरा गर्ने हो भने म एमालेको मान्छे हुँ । त्यसैबेला डोरबहादुर जस्ता एमालेका सर्वसम्मति मार्फत निर्वाचित गाविस अध्यक्षलाई समेत यसै मुद्दामा तानेर यातना दिने, मुद्दा चलाउने काम गरिएको थियो ।