गर्मी भयो ? औषधी होइन यी ५ चिज सेवन गर्नुस् >ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला





गर्मी मौषममा विभिन्न स्वास्थ्य समस्या देखिन्छन् । मानिसहरु विरामी पर्नासाथ एन्टिबायोटिक सेवन गर्छन् । यस्ता एन्टिबायोटिकले हाम्रो शरीरमा रहेको उर्जा कम गर्ने मात्र होइन नराम्रो असर नै गर्छन् ।

सामान्यतया ब्याक्टेरियाको संक्रमण रोक्नका लागि एन्टिबायोटिकको उपभोग गरिन्छ । एन्टिबायोटिकले यसलाई रोक्न मद्दत गर्छ । तर एन्टिबायोटिकको सट्टा केही सामान्य घरेलु चिज सेवन गर्दा यस्ता एन्टिबायोटिक खानु पर्ने अवस्था नै नआउने विज्ञहरु बताउँछन् ।न्टिबायोटिकबाट टाढै राख्ने ५ खानेकुरा के के ?

१ लसुनलसुन प्राकृतिक एन्टिबायोटिक मानिन्छ । यसले एन्टिफंगल र एन्टिभायरलको काम गर्छ । १९९९ मा अध्यनका क्रममा लसुनमा भिटामिन, न्यूट्रिसस र खनिजले भरिपूर्ण रहेको पत्ता लागेको थियो । लहसुन खाली पेटमा सेवन गर्दा निक्कै फाइदा हुन्छ ।

२ मह
महलाई पनि प्राकृतिक एन्टिबायोटिक मानिन्छ । यसमा एन्टिसेप्टिक, सुक्ष्मजीव विरोधी र प्रज्वलनरोधी तत्व हुन्छ । २०१४ मा गरिएको एक अध्यनका क्रममा महलाई उच्च स्तरको एन्टिबायोटिकमा सूचीकृत गरिएको थियो । यसले शरीरमा रोगसँग लड्ने क्षमता बढाउँछ ।

३ बेसारकाँचो बेसार अर्थात हल्दीमा पनि राम्रो मात्रामा एन्टिबायोटिक हुन्छ । हल्दीलाई चीनमा औषधीकोरुपमा नै प्रयोग गरिन्छ । ब्याक्टेरिया नष्ट गर्न हल्दीको प्रयोग गरिन्छ । यसले शरीरमा हुने अनेक समस्या पनि निर्मुल गरिदिन्छ । एक चम्चा हल्दी ५ देखि ६ चम्चा मह मिसाएर एयरटाइट जारमा राखेर दैनिक आधा चम्मा सेवन गर्दा निक्कै राम्रो हुन्छ ।

४ अदुवाब्याक्टेरियाबाट हुने स्वास्थ्य समस्याका लागि अदुवा प्राकृतिक एन्टिबायोटिक मानिन्छ । यसले सामान्य स्वास्थ्य समस्या सजिलै समाधान गरिदिन्छ । अदुवा चियामामा राखेर सेवन गर्दा वा पानीमा उमालेर सेवन गर्दा निक्कै राम्रो हुन्छ ।

५ निमनिमलाई पनि प्राकृतिकरुपमा एन्टीबायोटिक मानिएको छ । यसले अनुहारमा डन्डीफोर आउने लगायतका समस्या समाधान गर्छ भने मुखमा हुने अन्य समस्या पनि निम सेवनबाट निदान गर्न सकिन्छ । यसले छालाका सबै जसो समस्या समाधान गर्ने आयुर्वेद विज्ञहरु बताउँछन् ।

खाली पेटमा लसुन खाँदा हुन्छ यी चमत्कारी फाइदा



लसुन हरेक प्रकारको भोजनमा प्रयोग गर्न सकिन्छ । तपाईं सोच्न पनि सक्नु हुन्न कि एउटा लसुनले शरिर भित्र पैदा हुने अनेकौँ रोगहरुलाई नाश गर्ने गर्दछ । यो धेरै प्रकारको रोकथाम तथा उपचारमा प्रभावकारी हुन्छ ।
जब तपाईं केहि खानुभन्दा पहिले लसुन खानुहुन्छ भने यसले तपाईंको ताकत बढाउने गर्दछ । यसकारण यो एक महत्वपूर्ण प्राकृतिक एन्टीबायोटिक हाे ।

बिहान खाली पेटमा लसुन खानु किन प्रभावकारी मानिन्छ ? यसले ब्याक्टेरिया ओभरएक्सपोज्ड हुने गर्दछ र लसुनको शक्तिले यस्ता ब्याक्टेरियाहरु आफ्नो रक्षा गर्न सक्दैनन् । यसबाट हुने स्वास्थ्य लाभको सूची कहिले पनि खत्तम हुँदैन ।

१. उच्च रक्तचापबाट बचाउँछः
लसुन खानाले हाइपरटेन्सनको लक्षणबाट राहत मिल्ने थुप्रै मानिसहरुको विश्वास छ । यसले मानिसहरुको रक्त संचारलाई नियमित त राख्छ नै यसले हृदयसम्बन्धी समस्याहरुबाट पनि टाढा राख्दछ । यसका साथै यसले फोक्सोलाई पनि फाइदा पुर्याउने गर्दछ ।

२. झाडा–पखाला कम गर्दछः
पेटसँग सम्बन्धित समस्याहरु जस्तै झाडापखाला आदिको उपचारमा पनि लसुन प्रभावकारी मानिन्छ ।

३. भोक बढाउँछः
यसले पाचन प्रक्रियालाई उत्तेजित गर्ने गर्दछ जसका कारण यसले भोकलाई बढाउने गर्दछ । लसुनले तपार्इंको तनावलाई पनि कम गर्ने गर्दछ । जतिबेला तपाईंलाई डर लाग्छ तब पेटमा एसिड बन्ने गर्दछ । लसुनले यस्तो प्रकारको एसिडलाई बन्न बाट रोक्दछ ।

४. वैकल्पिक उपचारः
जब डिटक्सिीफिकेसनको कुरा आउँछ तब वैकल्पिक उपचारको रुपमा लसुन निकै प्रभावशाली मानिन्छ । लसुन यति धेरै शक्तिशाली हुन्छ कि यो शरिरमा परजीवी र किराहरुबाट बचाउँछ । विभिन्न रोगहरु जस्तै डाइबिटिज, डिप्रेसन तथा केहि प्रकारको क्यान्सको रोकथामा पनि सहायक हुने गर्दछ ।

५. सावधानीः
यदि तपाईंलाई लसुनको कुौ पनि प्रकारको एलर्जी छ भने यी दुई कुरामा ध्यान दिनुहोस्ः
कहिले पनि यसलाई काँचो नखानुहोस् ।
पकाएर खाँदा पनि तपाईंलाई छालासँग सम्बन्धित केहि समस्या देखा पर्छ, ज्वरो आउँछ, टाउको दुख्छ भने यसको सेवन गर्न बन्द गर्नुहोस् ।

६. श्वास–प्रणालीलाई बलियो बनाउँछः
लसुन श्वास प्रणालीका लागि निकै लाभदायक मानिन्छ । यसले ट्युबरक्लोसिस, आस्थमा, निमोनिया, ब्रोन्काइटिस, फोक्सोमा जमेको कफ आदि रोकथाम तथा उपचारमा निकै प्रभावशाली हुन्छ ।

७. ट्युबरक्लोसिसमा लाभकारीः
ट्युबरक्लोसिसमा लसुनमा आधारित यो उपचारलाई अपनाउनुहोस् । एक दिनमा लसुनको पोटी पूरै खानुहोस् । यदि तपाईं काँचो लसुनको सेवन गर्नसक्नुहुन्न भने त्यसलाई पोलेर अथवा भुटेर खानुहोस् ।

बाढीले तिलाठीमा १५ सय बढी घर डुबायो, प्रहरी हवलदारको मृत्यु, २३० घर बगायो







सप्तरी, १८ असार । शुक्रबार रातभरको वर्षापछि आएको बाढीले सप्तरीका विभिन्न गाउँपालिका र नगरपालिकाका १५ सयभन्दा बढी घर डुबानमा परेका छन् । बाढीले कम्तीमा २ सय ३६ घर बगाएको छ । भन्सार, प्रहरी पोस्टलगायत सरकारी कार्यालयसमेत जलमग्न भएका छन् । बाढीले विभिन्न खोलाका तटबन्ध क्षति पुर्‍याउँदा भेल बस्तीमा पस्ने क्रम रोकिएको छैन । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

कोसीको भंगालोमा सशस्त्र प्रहरीका एक हवलदारको शव भेटिएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय, राजविराजका एसपी रामाधार यादवका अनुसार इलाम घर भई सशस्त्र प्रहरी बीओपी तिलाठीस्थित बेल्ही भन्सारमा कार्यरत सहायक हवलदार सुमन आचार्यको डुबेर मृत्यु भएको हो ।

उनको शव बीओपी कार्यालयबाट ४ सय मिटरपूर्व कोसीको भंगालोमा देखिएपछि पूर्वी मुख्यालय, पकलीबाट आएको गोताखोर टोलीले निकालेको थियो । शनिबारै लौनिया बस्तीनजिक आडो खोलाको बाढीले ल्याएको एक बेवारिस शव फेला परेको स्थानीय गजेन्द्र मण्डलले जनाए ।

शनिबार बिहानसम्म निरन्तर भएको थियो । बाढीले सयौं घर बगाएको एसपी अनुराग द्विवेदीले बताए । उनका अनुसार महुली खोलाको बाढीले सप्तरीको त्रिकौलका १५०, तिरहुत गाउँपालिका–५ भेडियाका ७० र दुधैला खोलाको बाढीले रूपनी गाउँपालिका–६ वीरेन्द्रबजारका ६ घर बगेका छन् । रूपनी बसबिटीको ४ किलो भन्ने स्थानमा खाडो खोलाको बाढी पस्दा बस्ती जलाम्य भएको छ । गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र पनि जलमग्न भएको द्विवेदीले जनाए । रूपनी गाउँपालिकाअन्तर्गत पौवामा स्थानीय मनोज यादवको ५ सय कुखुरासहितको फर्म खाडो खोलाले बगाएको छ ।

तिलाठीमा ३ सय घर जलमग्न भएको तिलाठी कोइलाडी–८ का मिथलेश झाले जनाए । तिलाठी कोइलाडी गाउँपालिकाकै बेल्हीका १ सय ५० घर र सकरपुराका ५० घरमा पानी पसेको छ । तिलाठी गाउँपालिकाको कार्यालय, वडा नम्बर ८ को कार्यालय तथा तिलाठी स्वास्थ्य चौकीसमेत डुबानमा परेको छ । तिलाठीमा निर्माणाधीन खानेपानी कार्यालयमा बाढीले क्षति पुर्‍याएको छ । आयोजनाको पर्खाल भत्केको र ५० बोरा सिमेन्ट नष्ट भएको उपभोक्ता समितिमा अध्यक्ष सतीष मिश्रले जानकारी दिए ।

मोहन्याल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ ।



धनगढी, १८ असार । कैलालीको पहाडी क्षेत्रको मोहन्याल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ ।

अध्यक्षमा एमालेका नवलसिं रावलले एक हजार ९९८ मत र उपाध्यक्षमा पूजा बुढाले दुई हजार ३३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँहरुका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का प्रत्यासी हुनुहुन्थ्यो ।
भौगोलिक रुपमा बिकट उक्त क्षेत्रमा सञ्चार सम्पर्क हुन नसकेका कारण निर्वाचनसम्बन्धी विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।

७ नं प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी–१का वडाध्यक्षमा नेपाली काँग्रेसका सन्तोष मुडभरी र वडा नं १८का अध्यक्षमा माओवादी केन्द्रका मुरारी अधिकारी विजयी हुनुभएको छ । यस्तै वडा नं १९का वडाध्यक्षमा एमालेका तिलुराम चौधरी विजयी हुनुभएको छ ।

उपमहानगरको पछिल्लो मतपरिणामअनुसार प्रमुखमा काँग्रेसका नृप ओडले तीन हजार ४९७ प्राप्त गर्नुभएको छ । उहाँलाई स्वतन्त्र उम्मेदवार गोपाल हमाल तीन हजार ८२ मतले पछ्याइरहनुभएको छ । एमालेका दुर्गाप्रसाद जोशीले दुई हजार ८५४ मत प्राप्त गर्नुभएको छ ।
उपप्रमुखमा काँग्रेसकी सुशीला मिश्रले चार हजार नौ मत प्राप्त गर्दा एमाले उपप्रमुखकी प्रत्यासी रुक्मिणी देवकोटाले तीन हजार ५७८ मतले पछ्याइरहनुभएको छ । कैलालीको लम्की चुहानगरको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमालेले अग्रता लिएका छन् ।

स्थानीय तहको निर्वाचनबारे सीके राउतको यस्तो आयो दाबी



नवलपरासी, १८ असार । विखण्डनको नारा बोक्दै आएका सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा जनताले आफूहरूलाई साथ दिएको दाबी गरिएको छ ।

नवलपरासी, रुपन्देही, बाँक, बर्दिया लगायतका जिल्लामा खसेको कुल मतमध्ये ४४ प्रतिशतभन्दा बढी मत पत्रको कोठा बाहिर मतदान भएको स्वतन्त्र मधेस गठबन्धनका सहसंयोजक कैलास महतोले दाबी गरेका छन् ।

उनले भने, ‘हाम्रो समर्थनमा ४४ प्रतिशत मत कोठाभन्दा बाहिर खसालिएको छ ।’ गठबन्धनले तराईका जिल्लाहरूमा स्थानीय तहको निर्वाचनमा कोठाभन्दा बाहिर मतदान गर्नुपर्ने अभियान चलाएको थियो ।

गठबन्धनले ४४ प्रतिशत मत कोठाभन्दा बाहिर खसेको दाबी गरे पनि निर्वाचन आयोगले सो कुरा ठाडै अस्विकार गरिदिएको छ ।
तराईलाई अलग देश बनाउनुपर्ने मागसहित बिखण्डनकारी अभियान चलाउँदै आएका सीके राउतलाई स्थानीय प्रशासनले कडा निगरानी गर्दै आएको छ ।

एमालेले कांग्रेसलाई धेरै पछाडि छाड्यो, एमाले बीस सिट अगाडि (अपडेट)



काठमाडौं, १८ असार । नेकपा एमालेले नेपाली कांग्रेसभन्दा २० सिट धेरै जितेर अग्रता कायम राखेको छ ।

आइतबार बिहान पाँचसम्मको नतिजाअनुसार एमालेले ७१ स्थानमा जित हासिल गरेको हो । एमाले अझै ७० स्थानमा अग्रता कायम राखेको छ । नेपाली कांग्रेस ५१ स्थानमा जितेको छ । कांग्रेस ७३ स्थानमा अगाडि देखिएको छ ।

माओवादी केन्द्रले २० स्थानमा स्थानीय तह जितेको छ । माओवादी केन्द्र २३ स्थानमा अगाडि छ ।

फोरम लोकतान्त्रिकले ५ स्थानमा अग्रता लिएको छ । राप्रपा ४ स्थानमा अगाडि देखिएको छ । राजमो एक स्थानमा विजयी भएको छ भने ३ स्थानमा अग्रता कायम राखेको छ ।

खाली पेटमा दूध चिया? यस्तो खतरनाक हानी गर्छ जान्नुहोस्



चिया धेरै नेपालीले पिउने पेय पदार्थमा पर्छ । बिहान ओछ्यानमै चिया पिउने त नेपालीको चलन नै बनेको छ । कतिपय त चिया नपिई नित्यकर्म गर्न सक्दैनन् । अधिकांश नेपालीले बिहान चिया पिउछन् । के बिहान खाली पेटमा चिया पिउनु राम्रो बानी हो रु बिभिन्न अनुसन्धानले खाली पेटमा चिया पिउदा स्वास्थ्यलाई धेरै हानी हुनसक्ने देखाएका छन् । चियामा कैफिन र टैनिन पाइन्छ जसले शरीरलाई उर्जा दिन्छ । चियामा दूध मिसाउदा चियामा पाइने एण्टिअक्सिडेन्ट नष्ट हुन्छ ।

चिया पिउनुका फाइदा नभएका होइनन् । तर खाली पेटमा पिउने, धेरै पिउने र धेरै गुलियो चिया पिउदा स्वास्थ्यलाई असर गर्छ । दूध चिया भन्दा कालो चियाले फाइदा गर्छ तर कालो चिया पनि धेरै पिउनु हुदैन ।

खाली पेटमा दूध चिया पिउदा थकान बढ्ने, एसिडिटी बढ्ने हुन्छ । यसले पेटको अल्सर पनि हुनसक्छ ।
दिनमा ५ कप भन्दा बढी चिया पिउने मानिसलाई प्रोस्टेट क्यान्सर हुनसक्ने बिभिन्न अध्ययनहरुले दखाएका छन् ।

ब्रिटिस मेडिकल जर्नलमा छापिएको अध्ययनअनुसार तातो चिया पिउने मानिसमा खाना खाने नली तथा घाँटीको क्यान्सर हुने सम्भावना आठ गुणाबढी हुन्छ ।

‘धेरै तातो चिया पिउने मानिसमा मनतातो चिया पिउने मानिसको तुलनामा क्यान्सरको खतरा आठ गुणाबढी हुन्छ’ अध्ययन प्रतिवेदनमा भनिएको छ । यो अध्ययन ५० हजार मानिसमा गरिएको थियो । तातो चियाले घाँटीमा रहेका नरम तन्तुहरुलाई क्षति गर्छ ।

दूध चियाले मोटोपन बढाउछ । चियाले मधुमेहका बिरामीमा चिनिको नियन्त्रण बिग्रन सक्छ । दूध चियाको अर्को नराम्रो पक्ष भनेको कोलेस्टेरोल हो । दुध चियामा चियापत्तिको बढि प्रयोग हुन्छ । जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । चियापत्तिको बढी प्रयोगले शरीरमा क्याफिनको मात्रा बढी भएर मुटुको चालसम्बन्धी समस्या उत्पन्न हुनसक्छ ।
स्वास्थ्य खबर पत्रिका