भरतपुरमा च्यातिएका मतको संख्या ९०, केही गन्न मिल्ने, केही नमिल्ने अवस्थामा



निर्वाचन आयोगको निर्देशनपछि च्यातिएका मतपतको संख्या यकिन गर्ने क्रममा ९० वटा मतहरु भेटिएको छ । दलका प्रतिनिध, उम्मेदवार र प्रहरीको रोहबरमा च्यातिएका मतपत्र गणना गर्दा ९० वटा फेला परेका हुन । मतगणनाको अन्तिम समयमा माओवादी पक्षकी उम्मेदवार रेणु दाहालले हार्ने करिव निश्चित भएपछि उक्त दलबाट प्रतिनिधि बसेकाहरुले यही गएको जेठ १४ गते राति मतपत्र च्यातेका थिए ।

एमालेसहित अन्य पक्षको दबाबपछि आयोगले च्यातिएका मतहरुको यकिन गरी पठाउन चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो ।

च्यातिएका मतहरु भरतपुर महानगरको १९ नम्बर वडाका हुन । उक्त वडामा कूल दुई हजार ८९७ मत खसेकोमा एक हजार ८०९ मत गनिसकिएपछि माओवादीका प्रतिनिधिले मतपत्र च्यातेका थिए ।

गन्न बाँकीमध्ये ९९८ मत सही अवस्थामा रहेको र ९० मत च्यातिएको अवस्थामा भेटिएका हुन । च्यातिएकामध्ये केही धुजाधुजा भए पनि केही भने गन्न मिल्ने अवस्थामा छन् ।

यसअघि च्यातिएका मतको संख्या २० देखि ३० को संख्यामा रहेको अनुमान गरिए पनि आज दलका प्रतिनिधि, उम्मेदवार, प्रहरीको रोहबरमा गन्दा ९० वटा भेटिएको हो ।

भरतपुरमा ९० मत च्यातिएको भेटियो, आयोगले गर्दैछ यस्तो तयारी ?



चितवन। भरतपुर महानगरपालिकामा मतगणनाको क्रममा ९० मत च्यातिएको भेटिएको छ । निर्वाचन आयोग, विभिन्न दलका प्रतिनिधि तथा सुरक्षाकर्मीको समुहले विहीवार निरिक्षण गर्दा यस्तो भेटिएको राप्रपाका नेता बद्री तिमल्सिनाले बताए ।


भरतपुरमा मतगणनाको क्रममा माओवादी केन्द्रका प्रतिनिधिले मत पत्र च्यातेपछि भरतपुरको मतगणना स्थगित भएको थियो । बुधवार निर्वाचन आयोगले च्यातिएका मत पत्रको बारेमा जानकारी गराउनको लागि आदेश दिएको थियो ।

अब निर्वाचन अधिकृतले च्यातिएको मत पत्रको जानकारी निर्वाचन आयोगलाई पठाउने छ । यो विषयमा अब निर्वाचन आयोगले नै अन्तिम टुंगो लगाउने छ ।

दलका प्रतिनिधिहरुले अब निर्वाचन आयोगले गर्ने निर्णय नै आफुहरुलाई मान्य हुने बताएका छन् ।



यसरी हुन्छ जुम्ला एयरपोर्टमा प्लेनको उडान र अवतरण ! (भिडियोे हेर्नुहोस)

Here in this video you can see the cockpit pilot's view landing at Jumla Airport. Jumla Airport is an airport serving Jumla, the capital of the Jumla District in Province No. 6 in Nepal. The airport is able to handle aircraft from the Nepalese Army Air Service.

नेपालीहरुको एक आशा बनेकी रन्जु दर्शना बिदेशी मिडियामा सम्म छाउदै | यसरी सारा संसारका महिला बिच फैलिएकी छिन रन्जु - एकचोटी हेर्नैपर्ने भिडियो र सक्दो सेयर गर्नुहोस

Nepalese women aren't expected to finish high school, let alone run a city of 2 million inhabitants. Then came Ranju Darshana. She's the reason why the first free elections in 20 years is one to watch. Oh, and did we mention she's only 21?

भरतपुरमा च्यातिएका मतपत्र कति ? यसरी हुँदैछ गणना



चितवन । नेपाल प्रहरी र सशस्त्र प्रहरीको कडा सुरक्षा घेराबीच भरतपुर महानगरपालिकाको मतगणना रोकिएकै स्थलमा च्यातिएका मतपत्रहरु गन्ने प्रक्रिया शुरु भएको छ । निर्वाचन आयोगले च्यातिएका भनिएका मतपत्र गनेर रेकर्ड पठाउन मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो ।


आयोगको निर्देशन अनुसार प्रमुख निर्वान अधिकृत कविप्रसाद न्यौपानेले उम्मेदवारका प्रतिनिधिहरुको रोहबरमा कडा सुरक्षाबीच च्यातिएका मतपत्रको यकिन गर्ने प्रक्रिया अघि बढेको बताएका छन् ।

गत जेठ १४ गते मध्यराति एमाले र माओवादीबीच मतगणनामा विवाद हुँदा मतपत्र च्यातिएका थिए । मतपत्र च्यातेको आरोपमा प्रहरीले माओवादी कार्यकर्ता द्रोण शिवाकोटी र मधु न्यौपानेलाई पक्राउ गरेको थियो । त्यसलगत्तै मतगणना रोकेर मतगणनास्थलमा शिलबन्दी गरिएको थियो ।

शिलबन्दी खोलेर च्यातिएका मतपत्रको संख्या पत्ता लगाउन प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका अधिकारी तथा राजनीतिक दलका प्रतिनिधि बिहीबार दिउँसो मतगणनास्थल कभर्डहल पुगेका थिए ।

४६ जना अवलोकनकर्तालाई आज एक दिनको पासको व्यवस्था मिलाइएको छ । सुरक्षा अधिकारीसहितका प्रतिनिधिहरुले मतपत्र उल्टोबाट हेर्नेछन् र च्यातिए-नच्यातिएका मतपत्र छुट्याएर च्यातिएका संख्या यकिन गर्नेछन् ।

सो स्थानको सुरक्षाका लागि सशस्त्र र नेपाल प्रहरीबाट २५-२५ जनाको टोली खटाइएको छ ।
मतपत्र च्यातिनुको दोष एमाले र माओवादीले एकअर्कालाई लगाउँदै आएका छन् ।
निर्वाचन आयोगले घटनाको अनुगमन गरेर प्रतिवेदन बुझाउन सहन्यायाधीवक्ताको नेतृत्वमा टोली चितवन पठाएको थियो तर, सो टोली च्यातिएका मतपत्र नहेरि काठमाडौं फर्किएको थियो ।

युकेमा बनेको ‘ब्ल्याक समर’को ट्रेलर रिलिज



नायिका रीमा विश्वकर्मा अभिनित फिल्म ‘ब्ल्याक समर’ को अफिसियल ट्रेलर रिलिज भएको छ । बदला, प्रेम र थ्रीलरको कथा बोल्ने फिल्मलाई एलबी सुब्बाले निर्देशन गरेका हुन् । फिल्ममा रीमा विश्वकर्मा, रितेश चाम्स, अमिशा राई, जेसन लिङदेन, सपना श्रेष्ठ, दीपक गुरुङ लगायतको अभिनय छ ।

नेपाल रिलिज घोषणा नगरिएको यो फिल्म जुन २४ मा पहिलोपटक लन्डनमा रिलिज हुँदैछ । त्यस्तै, अमेरिकादेखि अष्ट्रेलियासम्म पनि फिल्म रिलिज हुने निर्माणपक्षले जानकारी दिएको छ । यो फिल्म बेलायतको ३७ शहरमा पनि प्रदर्शन हुँदैछ ।

०५४ को चुनावमा बाग्लुङ्को अमलटारको मतपत्र च्यातिएको घट्ना फर्केर हेर्न एमालेलाई सुझाव



काठमाडौं, १८ जेठ । प्रमुख दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको घट्नालाई लिएर एमालेले व्यवस्थापिका–संसद अवरुद्ध गरेपछि ०५४ को स्थानीय तहको निर्वाचनको एउटा घट्ना फर्केर हेर्न सुझाव दिएका छन् ।

नेता कोइरालाका अनुसार ०५४ सालमा एमालेका वामदेव गौतमले गराएको स्थानीय तहको निर्वाचनमा एमालेले बाग्लुङ्को अमलटारमा मतपत्र च्यातेको घट्नामा पनि पूनः मतदान भएको नजिर सुनाए । उनका अनुसार २५ मत गणना गर्न बाँकी रहँदा एमालेले मतपत्र च्यातेको थियो । पछि पूनः मतदान हुँदा एमाले नै विजयी भएको थियो ।