मेरै कारणले डिभोर्स : मनीषा कोइराला



काठमाडौँ । अभिनेत्री मनीषा कोइरालाले आफ्नो वैवाहिक जीवन असफल हुनुको दोषी आफू नै भएको खुलासा गरेकी छिन् । अचेल आफ्नो नयाँ फिल्म ‘डियर माया’को प्रमोसनमा जुटेकी मनीषाले सम्राट दाहालसँगको वैवाहिक जीवन दुई वर्ष पनि नटिक्नुमा आफ्नै कारण रहेको बताएको दैनिक भाष्करले उल्लेख गरेको छ ।

‘बिहेलाई लिएर मेरो एउटा सपना थियो । तर, बिहे गरेपछि त्यो सपना टुट्यो,’ मनीषाले भनेको भन्दै भाष्करले लेखेको छ, ‘बिहेको विषयमा मेरो बेग्लै सपना र विचार थियो । त्यसैले हौसिएर बिहे गरेँ । तर, खासमा म बिहेको लागि बनेकी रहेनछु । त्यसैले आफँैले सम्बन्ध अन्त्य गरेकी हुँ । यसमा मबाहेक अरू कसैको पनि गल्ती छैन ।’

मनीषाले सन् २०१० मा व्यापारी सम्राट दाहालसँग काठमाडाैँमा भव्य रूपमा बिहे गरेकी थिइन् । उनीहरूको बिहे मुस्किलले दुई वर्ष मात्रै टिक्यो । सन् २०१२ मा पाठेघर क्यान्सरबाट पीडित भएपछि मनीषाले अमेरिकामा उपचार गरिन् । क्यान्सरमुक्त भएपछि मनीषाले पुनः फिल्म अभिनय सुरु गरेकी छिन् । उनी यसै वर्षभित्र धर्मसन्तान पाल्ने योजनामा छिन् । मनीषाको डियर माया शुक्रबारदेखि प्रदर्शन हुँदै छ ।नयाँ पत्रिकाबाट

एमाले सांसदहरुको अवरोधका कारण आजपनि संसद बैठक अवरुद्ध



काठमाडौँ । चितवनको भरतपुर महानगरको मतगणना विवादले व्यवस्थापिका संसदको बैठक आज पनि प्रभावित भएको छ । एमाले सांसदहरुको अवरोधका कारण बिहीबारको व्यभरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्नुपर्ने मागसहित एमाले सांसदहरुले अवरोध गरेपछि बिहीबार अपरान्ह एक बजेका लागि बोलाइएको बैठक सुरु भएसँगै अवरुद्ध भएको थियो । बैठक सुरु भएसँगै प्रतिपक्ष दलका सांसदहरुले यथास्थानबाट उभिएर विरोध जनाएका थिए ।

एमालेका संसादहरुसँगै माओवादीका सांसद रामनारायण विडारी समेत बैठकमा नियमापत्ति भने सभामुख घर्तीले अस्विकार गर्नुभएको थियो । सांसदहरु उठेर बैठकमा अवरोध पु¥याएपछि सभामुख ओन्सरी घर्तीले जेठ २१ गते ११ बजे सम्मका लागि स्थगित गर्नुभएको छ । भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा मतपत्र च्यातेको विवादले गणना रोकिएको छ ।

मतपत्र त्यातेको विवादबारे छानविन गर्न निर्वाचन आयोगका कर्मचारीहरु स्वयं भरतपुर पुगेका छन् भने राजनाीतिक दलहरुसँग छलफल गरेर विवाद टुंगोमा पु¥याउन आयोगले सक्रियता देखाएको छ ।

वस्थापिका संसदको बैठक अवरुद्ध भएको हो ।

मुलुक चुनावमा होमिएकाले सिंहदरबारमा नेता–कार्यकर्ताको चाप कम छ । निर्वाचन चारसंहिताको बहानामा कर्मचारीले धेरै काम गर्नुपरेको छैन ।



मुलुक चुनावमा होमिएकाले सिंहदरबारमा नेता–कार्यकर्ताको चाप कम छ । निर्वाचन चारसंहिताको बहानामा कर्मचारीले धेरै काम गर्नुपरेको छैन । आर्थिक वर्ष पनि ढल्किनै लागेकाले सिंहदरबारमा उच्च प्रशासकहरू फुर्सदिला छन् । उनीहरूका गफका अखडामा भने गरमागरम विषय छ, अबको मुख्यसचिव को हुन्छ ?

मुख्यसचिव सोमलाल सुवेदी आफ्नो एक वर्ष कार्यकाल बाँकी छँदै एसियाली विकास बैंक (एडीबी)को वैकल्पिक कार्यकारी निर्देशक बनेर जाने भएपछि मुलुकको निजामती प्रशासनको त्यो सर्वोच्च पदमा को पुग्ला भन्ने चासो प्रशासनयन्त्रभर हुनु स्वाभाविक छ । गत १७ फागुनको मन्त्रिपरिषद् बैठकले आगामी १६ जुलाई अर्थात् १ साउनबाट लागू हुने गरी सुवेदीलाई उक्त पदमा पठाउने निर्णय गरेको हो । त्यसकारण कम्तीमा आगामी असार अन्तिम सातासम्म उनी बिदा भइसक्ने छन् ।

त्यतिन्जेल नेपाल सरकारका सचिव धनबहादुर तामाङ (हाल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय) वरिष्ठताक्रममा सबैभन्दा माथि हुनेछन् । निजामती किताबखानाको विवरण अनुसार २८ असारसम्म मुख्यसचिव सुवेदीले पदबाट राजीनामा दिएनन् भनेचाहिँ तामाङ पाँचवर्षे पदावधिको हदका कारण निवृत्त भइसक्ने छन् । त्यसअघि नै सुवेदीले राजीनामा दिएर तामाङलाई मुख्यसचिव बन्ने मौका दिए पनि उनले पूरा कार्यकाल काम गर्न पाउने छैनन् । तामाङले ५८ वर्षे उमेर हदका कारण आगामी २० मंसिरमा अनिवार्य अवकाश पाउनेछन् । मन्त्रिपरिषद्का एक अधिकारी भन्छन्, “तामाङ प्राविधिक तर्फका सचिव भएकाले पनि प्रशासनको सर्वोच्च पद जिम्मा लगाउने गरी कुनै राजनीतिक शक्तिले अतिरिक्त कृपा गर्ने आधार देखिँदैन ।”

तामाङपछि वरिष्ठताक्रममा दोस्रो नम्बरमा रहेका सहकारी तथा गरिबी मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षत्री हुन् । मुख्यसचिव सुवेदीले २८ असार अर्थात् तामाङ निवृत्त भएपछि मात्र राजीनामा दिएमा त्यतिखेर वरिष्ठतम सचिव क्षत्री हुनेछन् । उनी पनि २ साउनमा सचिवको पाँचवर्षे पदावधिको कारण निवृत्त हुँदै छन् । त्यसैले २ साउनसम्म सरकारले उनलाई मुख्यसचिवमा बढुवा गरेन भने सचिव पदबाटै उनी घर फर्कनुपर्नेछ । मुख्यसचिव भए पनि ६ महिना नपुग्दै उनले अवकाश पाउनेछन् । कारण, उनी आगामी ८ कात्तिकमा ५८ वर्षे उमेर हद पूरा हुँदैछ ।

न्याय सेवा अन्तर्गत कानुनतर्फका सचिव क्षत्रीलाई राजनीतिक शक्तिका आधारमा प्रशासनतर्फ ल्याइएको थियो । त्यतिखेर नियमविपरीत काम गरेको भन्दै लोकसेवा आयोगले समेत सरकारको निर्णयप्रति खेद व्यक्त गरेको थियो । तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीको जोडबलमा उनलाई नियमविपरीत प्रशासनमा सार्दा प्रशासन समूहबाट पनि व्यापक विरोध भएको थियो ।

तामाङ र क्षत्री नभएपछि अर्को ब्याचमा जाँदा नारायणगोपाल मलेगो (हाल उपराष्ट्रपतिको कार्यालय), शान्तबहादुर श्रेष्ठ (हाल: शिक्षा मन्त्रालय) र शान्तराज सुवेदी (हाल: अर्थ मन्त्रालय) गरी तीन सचिवको नाम आउँछ । उनीहरू २ कात्तिक ०६९ मा एकै दिन सचिवमा बढुवा भएका थिए । यीमध्ये मलेगो आगामी १ भदौमा ०५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाउने निजामती किताबखानाको विवरणमा छ । “त्यसैले दुई महिनाका लागि मात्र मुख्यसचिव बनाउने हो भने मलेगोसम्म पुग्नुको कुनै अर्थ छैन,” सामान्य प्रशासन मन्त्रालयका एक सहसचिवको भनाइ छ, “बरू त्यसभन्दा बढी अवधि काम गर्न सक्ने र उनीभन्दा वरिष्ठताक्रममा अगाडि रहेका तामाङ
र क्षत्री नै छन् ।”

यही बीचमा कर्मचारीको उमेर हद ६० वर्षे कायम गर्ने प्रयास सफल भएमा भने तामाङ, क्षत्री र मलेगो तीनै जनामध्ये जोकोही मुख्यसचिव भए पनि थप दुई वर्ष पदमा रहन पाउनेछन् । तर, यसअघि २७ पुस ०७३ मा सरकारले ६० वर्षे उमेर हद बनाउने निर्णय गर्दा लोकसेवा आयोगले रोकिदिएको थियो । बनाउनैपर्ने संघीय निजामती ऐनको मस्यौदा नै नगरी उमेर हदको विषयलाई लिएर मात्र पुरानै ऐन संशोधन गर्न खोज्नुको औचित्यमा प्रश्न उठाउँदै लोकसेवाले मन्त्रिपरिषद्को उक्त फाइल नै फिर्ता पठाइदिएको थियो ।

अहिले सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती ऐनको मस्यौदा त गरिरहेको छ तर संसद्बाट तत्कालै छलफल भई पारित हुन सहज छैन । संसद्को बजेट अधिवेशन



चलिरहेकाले अध्यादेश जारी गर्न पनि सम्भव छैन । अबको डेढ महिनाभित्र प्रस्तावित विधेयकमा छलफल भई संसद्ले पारित गर्नु समयका हिसाबले नै चुनौतीपूर्ण छ । यसबाट के देखिन्छ भने सचिवत्रय तामाङ, क्षत्री र मलेगोको मुख्यसचिव बन्ने

रेली खोला बगर’की गीतकार कुसुम गजमेरको निधन



चर्चित गीत ‘रेली खोला बगर’की गीतकार कुसुम गजमेरको ७२ वर्षको उमेरमा निधन भएको छ। लिभरको समस्याका कारण मुम्बईमा उपचाररत गीतकार गजमेरको बिहीबार बिहान ३ : ४० मा उपचारका क्रममा निधन गजमेरका सम्झना, चिनो, बाँसुरी, लाहुरे, देउता, पिरती, दुई थोपा आँसु लगायतका नेपाली चलचित्रमा समेत उनका गीत समावेश छन् । विसं २००२ असोज १७ गते भारतको दार्जिलिङमा जन्मिएकी कुसुम संगीतकार रञ्जित गजमेरकी श्रीमती हुन्। उनका दुई छोरी र एक छोरा छन्।

रिपोटर्स नेपलडटकमको अनुसार गजमेरका रेली खोला बगर, मोहनी लाग्ला है, के सोचें मैले के भयो अहिले, यो मुटुलाई कसरी सम्झाई बुझाउँ, पिरती आफै हुँदो रैछ, विरताको चिनो वीरताको सन्तान, नयाँ नयाँ सजाउँ है सनसारलगायतका गीत चर्चित छन्।

लामखुट्टे मार्ने सजिलो तरिका हेर्नुस जनचेतनाको लागी सक्दो शेयर गरौ धर्म कमाउ !! (भिडियो सहित)

लामखुट्टे मार्ने सजिलो तरिका हेर्नुस जनचेतनाको लागी सक्दो शेयर गरौ धर्म कमाउ !! (भिडियो सहित)

महिला ले आफ्नो पतिसँग राख्ने अपेक्षाहरु अबस्य पढ्नु होला=



आधुनिक दाम्पत्य जीवन विभिन्न प्रकारका परिवर्तन तथा कठिनाइहरुले भरिएको हुन्छ । पुराना परम्पराहरुलाई त्यागेर नवजीवनतर्फ अग्रसर भइरहेको दाम्पत्य जीवन एक विचित्र पकारको भ्रान्तीसँग जुझिरहेको छ । जहाँ पति तथा पत्नीले एक अर्कालाई प्रसन्न राख्न सकिरहेका छैनन् । परस्पर प्रेमलाई कसरी बढाउने भनेर पति तथा पत्नीहरुमा अन्यौलता छ ।

आधुनिक उपकरण तथा जीवन शैलीले केही हदसम्म जीवनलाई सरल बनाइदिएको छ । तर आपसी प्रेम, समझदारी तथा समर्पणलाई बढाउन अधुनिक साधन कहिल्यै पनि लाभदायक हुन सक्दैनन् ।

त्यसोभए पति पत्नीबीचको सम्बन्धलाई प्रगाढ बनाउन के गर्न सकिन्छ ? के गरेर दाम्पत्य जीवन सफल हुन सक्ला ? पक्कै पनि एकदोस्रोको आवश्यकतालाई बुझेर त्यहीअनुसारको व्यवहार प्रदर्शन गर्न सकियो भने दाम्पत्य जीवन सुखमय हुन सक्छ ।

यस आलेखमा पत्नीले आफ्नो पतिसँग राख्ने अपेक्षाहरु उल्लेख गरिएका छन् । पति पत्नीका यी आकांक्षाहरुलाई बुझेर त्यहीअनुसारको व्यवहार प्रदर्शन गर्न सक्ने हो भने दाम्पत्य जीवन सुखमय हुन सक्छ ।

प्रसंशा गर्नुहोस्के कहिल्यै नोटिस गर्नुभएको छ, तपाईकी पत्नी मेकअप गरेर या नयाँ लुगा लगाएर पटक पटक ऐनामा हेर्ने गर्छिन ? यदी त्यसो हो भने उनको चाहना हुन्छ कि तपाई उनको प्रसंशा गर्नुहोस् । उनले गरेको मेकअप तथा लगाएका लुगाहरु राम्रो नदेखिए पनि सकरात्मक प्रतिक्रिया दिनुहोस् । यदि त्यसो गर्नुभएन भने उनको चित्त दुख्छ ।

केयर गर्नुहोस्पत्नी बिमारी भएको बेला के तपाई उनको सामुन्ने बसेर हालचाल सोध्ने गर्नुहुन्छ ? के तपाईले कहिल्यै चिया बनाएर आफ्नी पत्नीलाई खुवाउनुभएको छ ? सायद छैन ! धेरैजसो पुरुषहरु यस मामलामा लापरवाह हुन्छन् । उनीहरु जान्दैनन् की उनकी अर्धाङ्गिनी यही चाहन्छिन् ।

पतिको केयरिंग नेचर पत्नीलाई धेरै राम्रो लाग्छ । पतिको सानो सानो पहलले पनि पत्नीहरुलाई धेरै खुसी बनाउँछ । यदि तपाई पनि आफ्नी पत्नीलाई खुसी देख्न चाहनुहुन्छ भने उनलाई केयर गर्नुहोस् ।

रन्जु दर्शनालाई लाग्यो गम्भीर आरोप !



काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतपरिणाम एकआध ठाउँबाहेक आइसकेको छ । यसपटकको चुनावमा काठमाडौं महानगरपालिका र भरतपुर महानगरपालिका सबैको चासोको विषय बन्यो । भरतपुरमा प्रधानमन्त्रीपुत्री मेयरको उम्मेदवार बनेको र काठमाडौंमा २१ वर्षीय युवती रञ्जु दर्शना उम्मेदवार बन्दा दुबै महानगरको चर्चा अरुभन्दा बढी भयो ।

यीमध्ये काठमाडौंको नतिजा आइसकेको छ, मेयरमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य निर्वाचित भएका छन् । यता भतरपुरमा भने विवादका कारण मतगणना स्थगित छ, मतपरिणाम आउन अझै केही समय लाग्नेछ । अब विषय प्रवेश गरौं । काठमाडौं महानगरपालिकामा विवेकशील नेपाली दल पार्टीबाट मेयरको उम्मेदवार थिइन् २१ वर्षीय रञ्जु दर्शना । पहिलोपटक चुनाव लडेकी उनले मेयर पदमा काठमाडौंजस्तो महत्वपूर्ण ठाउँमा राम्रो मत ल्याउन सफल भइन् । २३ हजार ७३९ भोटका साथ उनी तेस्रो स्थानमा रहिन् । जबकी दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएका कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत ल्याए । जो एमालेका विद्यासुन्दर शाक्यभन्दा १९ हजार ६४४ मत कम हो ।


विद्यासुन्दर ६४ हजार ९ सय १३ मत ल्याई एमालेबाट महानगरको मेयरमा विजयी भए । यहाँनेर रञ्जुले कांग्रेस लगायत अन्य दलको भोट काटेको देखिन्छ । किनकि मजबुद संगठन भएको एमालेको काठमाडौंमा भोट ‘फिक्स’ थियो । प्रचार प्रसार आक्रामक थियो । जसका कारण अरुले भोट काट्ने अवस्था थिएन् । यसरी हेर्दा रञ्जुको उम्मेदवारीले कांग्रेसलाई ठूलो क्षति पुग्यो । दोस्रो कुरा यसअघि हामीले ‘रञ्जु दर्शनाः काठमाडौं महानगरमा कांग्रेस हराउने एमालेकी ‘एक्स’ उम्मेदवार, यस्तो रहेछ भित्री खेल’ भन्ने शीर्षकमा खास खुलासा गरेका थियौं । जसलाई पाठकले अत्याधिक मनपराउनुभएको छ ।

यसैको सिलसिलामा हामीले थप सूचना र तथ्यसहित यो विश्लेषात्मक लेख तयार पारेका हौं । हामीले भनेका थियौं कि विवेकशील नेपाली दलले उठाएका हरेक एजेण्डा नेकपा एमालेसँग मिल्दोजुल्दो हुने गर्दछ । र, एमालेका हरेक मुद्दामा विवेकशील दलले बलियो साथ दिँदै आएको छ । पछिल्लो समय पनि यो क्रम निरन्तर चल्यो । काठमाडौंको महानगरको मेयरमा आइतबार एमालेका विद्यासुन्दर शाक्य निर्वाचित भए । विद्यासुन्दर निर्वाचित भएलगत्तै बधाई दिन विवेकशील पार्टीकी उम्मेदवार रञ्जु दर्शना बिहानै राष्ट्रिय सभागृह पुगिन् ।

रञ्जुले खादा ओढाउँदै काठमाडौं महानगरका काममा आफ्नो र पार्टीको पूर्ण समर्थन रहेको बताइन् । यतिमात्रै होइन् रञ्जुले नगरवासी र महानगरपालिकाबीच सम्बन्ध सेतुको रुपमा काम गर्ने उल्लेख गरिन् । शाक्यले पनि मिलेर काम गर्न चाहेको बताए । यसले के देखाउँछ भने रञ्जु एमालेसँग नजिक छिन् र एमाले जित्दा खुसी र सन्तुष्ट छिन् । त्यस्तै, उनी बुधबार राष्ट्रिय सभागृहमै आयोजित सपथ कार्यक्रममा पनि पुगिन् । यतिमात्रै होइन् उनी पहिलोपटक साडी र ब्लाउज लगाएर सार्वजनिक कार्यक्रममा देखा परिन् ।

यो सबै उनले एमालेबाट निर्वाचित मेयर विद्यासुन्दर शाक्य र उनका टिमको सपथग्रहण समारोहका लागि गरेकी थिइन् । रञ्जु यस्तो औपचारिक पोसाक लगाएर सार्वजनिक समारोहमा पहिले कहिल्यै देखिएकी थिइनन् । यसलाई धेरैले उनी एमालेको कार्यकर्ताजस्तै प्रस्तुत भएको टिप्पणी गरेका छन् । यसले के देखाउँछ भने उनी एमालेप्रति झुकाव राख्छिन् ।