२ दिनमा ६ हजार ९ सय ४० पैदल यात्रु कारबाहीमा



जेष्ठ १७, २०७४- दुई दिनमा उपत्यकामा जथाभावी बाटो काट्ने ६ हजार ९ सय ४० यात्रु ट्राफिक कारबाहीमा परेका छन् । जसमध्ये ४ हजार ३ सय ४४ जनाले दुई सय रुपैयाँको दरले जरिवाना तिरेका छन् भने बाँकी २ हजार ५ सय ९६ ले ट्राफिक सचेतनाको कक्षा लिएका छन् । महानगरिय ट्राफिक प्रहरी महाशाखाले मंगलबारबाट जथाभावी बाटो काट्ने पैदल यात्रुलाई कारबाही गर्न सुरु गरेको हो ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार हाललाई जेब्रा क्रसिङ भएको ठाउँमा र आकाशे पुल भएको ठाउँमा मात्रै कारबाही सुरु गरिएको हो । दुई दिनमा पैदल यात्रुबाट जरिवाना बापत मात्रै महाशाखाले ८ लाख ६८ हजार ८ सय रुपैयाँ राजश्व संकलन गरेको छ ।


विद्यासुन्दरको सपथमा यस्ती देखीए रञ्जु



काठमाडौं महानगरपालिकाको मेयरमा तेस्रो बढी मत ल्याएकी रञ्जु दर्शना बुधबार पहिलोपटक साडी र ब्लाउज लगाएर सार्वजनिक कार्यक्रममा देखा परिन्। यो नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्य र उनका टिमको सपथग्रहण समारोहको दृश्य हो।
राष्ट्रिय सभागृहमा आयोजित उक्त समारोहमा सुनौलो बुट्टेदार नीलो रङको साडी र नीलै रङको ब्लाउजमा उपस्थित रञ्जु निकै खुलेकी थिइन्। उनको निधारमा नीलै रङको मसिनो टीका पनि थियो।
घाँटीमा चाँदी रङको मसिनो सिक्री लगाएकी रञ्जु आफ्नो चिरपरिचत छोटो कपालमा थिइन्। उनले काँधमा नेपाली ढाकाको झोला भिरेकी थिइन् भने हातमा मोबाइल थियो।
विवेकशील नेपाली दलबाट २१ वर्षकै उमेरमा काठमाडौं मेयरमा उम्मेदवारी दिएकी रञ्जु यस्तो औपचारिक पोसाक लगाएर सार्वजनिक समारोहमा पहिले कहिल्यै देखिएकी थिइनन्।

विगतमा जतिबेला उनी डा. गोविन्द केसीको सत्याग्रह आन्दोलनमा ऐक्यबद्धता जनाउँदै भ्रष्टाचारविरुद्ध सडकमा नारा लगाउँथिन्, उनले प्रायः कालो वा सेतो टिसर्ट र कालो वा नीलो रङको जिन्स प्यान्ट लगाएकी हुन्थिन्। त्यतिबेला त अझ उनको कपाल अहिलेको भन्दा छोटो थियो। अनौपचारिक ढंगमा सडकमा ओर्लेर सयौं प्रदर्शनकारीलाई नेतृत्व गरेकी रञ्जु त्यही घटनाबाट चर्चामा आएकी हुन्।
काठमाडौं मेयरको उम्मेदवारी घोषणापछि भने उनको लवाइ हल्का परिवर्तन भयो। उनले टिसर्ट र प्यान्ट लगाएर सार्वजनिक कार्यक्रममा उपस्थित हुन बन्द गरिन्। चुनावी सभामा सम्बोधन गर्न जाँदा होस् वा घरदैलोमा हिँड्दा, उनी आफ्नो परिचित अनौपचारिक पहिरनबाट कुर्ता सुरुवालमा देखा पर्न थालिन्। यतिबेलासम्म उनले आफ्नो कपाल पनि हल्का बढाइसकेकी थिइन्।



नेपाली सेनाको बिमान दुर्घटनामा परेकी कोपाइलट अनितालाई काठमाडौं ल्याइयो, उनालाई देख्ने यस्तो अवस्थामा बित्तिकै आफन्तको हस्पीटलमा रुवाबासी (भिडियोसहित)

नेपाली सेनाको बिमान दुर्घटनामा परेकी कोपाइलट अनितालाई काठमाडौं ल्याइयो, उनालाई देख्ने यस्तो अवस्थामा बित्तिकै आफन्तको हस्पीटलमा रुवाबासी (भिडियोसहित)

काठमाडौंका मेयरको पहिलो निर्णय– ‘क्लिन द सिटी’



जेष्ठ १७, २०७४- काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले काठमाडौंलाई सफा बनाउने ‘क्लिन द सिटी’ कार्यक्रममा हस्ताक्षर गरेका छन् ।

शाक्यले सुन्धारास्थित महानगर कार्यालयमा बुधबार पदभार ग्रहण गर्दै काठमाडौंलाई सफा बनाउने अभियानमा हस्ताक्षर गरेका हुन् । उनले १ सय दिनमा गर्ने १ सय १ कामको सूचीमा मेयर पदभार ग्रहण गरेकै दिन ‘ग्रीन एन्ड क्लिन काठमाडौं’ अभियान सुरु गर्ने उल्लेख थियो ।
शाक्यले पदभारअघि फल लाग्ने रुख ‘रुद्राक्ष’को विरुवा रोपेका छन् । काठमाडौंमा शोभाका लागि सल्ला, धूपीमात्रै रोप्ने संस्कार विकास भएको भन्दै फलसमेत खान मिल्ने विरुवा रोप्ने अभियान सुरु गर्ने बताए ।

शाक्यले बिहीबार बिहान सूर्योदयसँगै बाँसबारीबाट सफाइ अभियान सुरु गर्नेछन् । उनले मास्क लगाएर हिंड्ननपर्ने बनाउन विदेशी प्रविधिसमेत भित्र्याउने जानकारी दिए ।

बुधबारको ब्रत विधि र पुजिने भगवानबारे जानी राख्नोस् -



बुधबारको व्रत बुधग्रहको कुप्रभावको शान्तिकामनाका निम्ति एवं धन, बुद्धि, विद्या र व्यापार वृद्धिका लागि पालना गर्ने गरिन्छ । यो व्रत विशाखा नक्षत्रयुक्त बुधबारबाट सुरु गर्नुपर्दछ । यसलाई कमसेकम ७ वटा बुधबारसम्म लिएर मात्र उद्यापन गर्नु पर्दछ । व्रत सुरु गर्ने दिन बिहान स्नान गरी शुद्ध भई हरियो कपडा लगाएर भगवानसामु विष्णु नाम जप गर्नु पर्दछ। ‘ॐ बुधाय नमः’ मन्त्रलाई जप गर्नु पर्दछ। यो व्रतमा पनि एकछाक नुन बार्नुपर्दछ । -

भोजनमा घ्यू, मुंगको दाल अथवा मुंगको दालबाट बनेका परिकार ग्रहण गर्नु पर्दछ । दान गर्दा पनि यिनै चीजहरू दान गर्नुपर्दछ । अन्तिम बुधबारचाहिँ दही, घ्यूले हवन गरी हरियो कपडा दान गर्नु पर्दछ। गाई छ भने गाईलाई सेवा गर्ने गर्नु पर्दछ।
एक पटकको कुरा हो एउटा मानिस आफ्नी पत्नी लिई आउन ससुराल गयो । त्यहाँ केही दिन बिताएपछि उसले सासु-ससुरासित विदा माग्यो । तर सबैले आज बुधवार हो, आज यात्रा गर्नु हुदैन भने । ऊ केही गरी मानेन र हठधर्मी भएर बुधवारकै दिन पत्नीलाई साथमा लिई आफ्नो घर तर्फ प्रस्थान गर्यो । बाटामा उसकी पत्नीलाई तिर्खा लाग्यो र आफू तिर्खाएको कुर उसले आफ्ना पतिलाई बताइन ।

अनि पत्निको प्यास मेटाउने उद्देश्यले ऊ अमखोरा लिई रथबाट उत्रिएर पानिको खोजिमा गयो । तर पानी लिएर फर्कदा उसले के देख्यो भने उसकी पत्निका साथमा ऊजस्तै अर्को व्यक्ति बसेको छ, त्यो मान्छे उस्तै रूपरङ्ग र वेषभूषामा छ । यस्तो दृश्य देखेर ऊ आश्चर्यचकित भयो । त्यस बहुरूपी व्यक्तिसित उसले क्रोधपूर्वक भन्यो – तँ को होस अनि मेरी पत्नीका निकटमा किन बसेको ? अर्को मान्छेले भन्यो यी त मेरी पत्नी पो हुन त ।

म अहिले भर्खरै ससुरालबाट विदा मागेर आउदैछु । ती दुबि एकअर्कासित झगडा गर्न थाले । त्यसै बेला राज्यका सिपाहीहरू आएर त्यो पानी लीन जाने अमखोरा लिएको व्यक्तिलाई समात्न खोज्दै त्यस स्त्रीलाई सोधे – यी दुईजना मध्ये तिम्रो असली पति चाहि कुन हो ? त्यस पछि त्यस स्त्रीले जवाब दिन सकिन किनभने दुबि व्यक्तिको संपूर्ण स्वरूप एकै किसिमको थियो । विचरी त्यस आईमाईले कसलाई आफ्नो पति भन्नु, अलमल्ल परी अनि ईश्वरसित प्रार्थना गर्दै भन्न थाली – हे परमेश्वर !

यो के विचित्रको लीला हो । त्यस स्त्रीको वास्तविक पति पनि ईश्वरपुकारा गर्दै रुनकराउन थाल्यो, उसको धेरैबेरसम्मको आलापविलापपछि आकाशवाणी हुन गयो – मूर्ख ! आज बुधवारका दिन तैले यात्रा गर्नुहुदैनथ्यो, कसैको कुरालाई वास्ता नगरी यात्रा गरेकाले बुधदेव भगवानले यो लीला देखाउनु भएको हो । त्यस व्यक्तिले त्यसपछि बुधदेव भगवानसित प्रार्थना गर्यो र आफ्नो भूलप्रति क्षमा माग्यो । अनि भगवान अन्तर्धान हुनुभयो ।

ऊ आफ्नी स्त्रीलाई लिएर घर गयो तथा त्यस पछि दाम्पत्य सुखका लागि एवं कहिल्यै वियोग नहोस भन्ने उद्देश्यले प्रत्येक बुधवारका दिन ती दुबै पति-पत्नी नियमपूर्वक गर्न थाले । जो व्यक्तिले यस कथालाई श्रवण गर्दछ अथवा सुनाउँछ, त्यसलाई बुधवारका दिन यात्रा गर्नाले कुनै दोष त लाग्दैन नै उसको दाम्पत्य जीवनमा कहिल्यै दुबिधा हुने छैन एवं उसलाई सबै किसिमले सुखप्राप्ति हुन्छ ।


आफ्नै साथीको लोग्ने सँगको त्यो ....एकचोटी देखाई दिन्छु



सुनिल सङ्गम आजभोली अफिस जान भने पछि हुरुक्कै हुन्छु। कहिले पुगुँ र त्यो रिसेप्सनको कुर्सीमा गएर थच्च बसुँ जस्तो लाग्छ। मानौं अचेल त्यो रिसेप्सनको कुर्सीमा आधुनिक चुम्बक छ ! अनि पो त्यसले मलाइ तानी रहन्छ। नत्र किन म अफिस भने पछि मरिहत्ते गरेर दौडन्छु त ? जति काम गरे पनि तलब भत्ता जस्ताको तस्तै ! तर पनि म भित्र भने अचेल अचम्मको जाँगर खुबै चलेर आँउछ। पहिले त अफिस भने पछि वाक्कदिक्क लाग्थ्यो। कहिले छुट्टी लिउँ ! कहिले बिदा पर्ला ! कहिले शनिबार आउला र आनन्दले बसुँला जस्तो लाग्थ्यो तर अचेल त शनिबार नै नआए नि हुन्थियो , कुनै दिन पनि बिदा नपरे हुन्थियो, हरेक दिन अफिस खुलोस र हरेक समय त्यो रिसेप्सनको कुर्सी नछोडु जस्तो ! लाग्छ हरेक समय त्यही कुर्सीमा बसिरहुँ-बसिरहुँ त्यो कुर्सीमा बसे पछि कहिले रात नपरोस र कहिले अफिस बन्द नहोस।
अचेल घरमा पनि आमाले खाना बनाउनु हुन्न। म आफै बनाउँछु किनकी 5-10 मिनेट भए पनि छिटो गरूँ र अफिस पुगुँ अनि त्यो रिसेप्सनको कुर्सीमा थचक्क बसेर आनन्दको श्वास फेरुँ। आमा पनि अचेल मेरो जाँगर र परिबर्तन देखेर चकित हुनु भएको हुनु पर्छ किन कि पहिले-पहिले केही काम नगरी अफिस जाने मान्छे ! तर अहिले आमाले त भान्साको काम केही छुनै नपर्ने भएको छ। अचेल म चाँडो अफिस आउन थालेको मीरालाई पटक्कै मन परेको छैन। 1-2 पटक त उनले मलाई सम्झाई पनि सकिन्। तर मेरो आफ्नै कुरा ………! मेरो परिबर्तन देखेर मीरा पनि अचेल अचम्म मान्दिहोलिन्। मीरा मेरो अफिसको सबै भन्दा पुरानो र असाध्य मिल्ने साथी हुन्। उनी सोझी , जेहेन्दार ,इमान्दार ,सरल र राम्री पनि छिन्। उनी मलाई हरेक कुरामा सल्लाह-सुझाव दिने गर्छिन्। वास्तवमा उनी मेरो परिवारको सदस्य जस्तै भए पनि अहिले सम्म मेरो घरमा भने पाइला टेकेकी छैनन्। न त म नै उनको घरमा पुगेकी छु।
तर पनि हामी असाध्य मिल्छौं। चाँडो-चाँडो अफिस आउने त मेरो आदत नै भै सक्यो। सायद उसलाई पनि मेरो आदत थाहा भयो क्यारे ! उ पनि त अचेल अलि चाँडो आउन थालेको छ। कति सुन्दर मान्छे ! अग्लो , गोह्रो .चिटिक्क परेको जुँगा अनि मीठो मधुर हाँसो , कति मायालु अनुहार ,चौडा छाती , टम्म मिलेको खाइलाग्दो जीउडाल , देब्रे तिर लरक्क लर्किएको केश ,जति हेरे पनि नघाउने रुप ! मिल्ने भए देखि त म आँखै भित्र राख्ने थिएँ ! अनि आफैलाई हेरे जस्तो ऎना भित्र हेर्ने थिएँ ! के होला उसको नाम ? कहाँ होला घर ? घरमा को को होलान् ? बिहे गरेको छ कि छैन होला ? पक्कै छैन ! भए त सँधै मलाई हेरेर हाँस्ने नै थिएन नि ! हुन त केटा मान्छेहरू केटी देखे पछि यसै गर्छन् भन्छन् ! तर मलाइ उ प्रति पुरा बिश्वास छ। हे भगवान मेरो बिश्वासको घर कहिल्य-कहिल्य नभत्कियोस। भत्किने छैन पनि। काम नै गर्ने होला कहाँ होला उसको काम ! यतै कतै नजिकै होला। नत्र किन दिनहु यही बाटो ओहोरदोहोर गर्थ्यो होला र ? काम पो कस्तो छ कुन्नि ! राम्रै होला। मान्छे त त्यति राम्रो छ।
सँधै 10.00 बजे आएर 05.00 बजे फर्किन्छ सायद सरकारी जागिर हुनु पर्छ। सरकारी पनि अधिकृत नै जस्तो छ ! तलब पनि राम्रो होला ! सायद भन्सारमै होकी ! ज्यान हेर्दा पनि हाकिम जस्तै छ। प्राइभेटमा भए कहा 10.00 बजे गएर हुन्छ ! यी हाम्रो त 09.00 बजे नै खुल्छ। बरु नजिकै भएर पो गाडी नचढेको होला ! आ अब जे सुकै होस ज्यान गए नि छोड्दिन म उसलाई। अँह कुनै हालतमा नि छोड्दिन। बरु एकदिन खुसुक्क बोलाउँछु अनि सबै कुरा छर्लङ्ग सोध्छु र छर्लङ्ग भनिदिन्छु। साच्चै कति धेरै मन पराउँछ होला मलाई उसले ! नत्र किन सँधै यही बाटो हिंडछ त ? हिंडे पनि किन मेरो रिसेप्सनको कुर्सी अर्थात म बसेको तिर ढल्की-ढल्की हेर्छ ? हेरे मात्र पनि ठिकै फेरि किन मलाई नै हेरेर मुसुक्क हाँस्छ ? अचेल उसको त्यो मधुर मीठो हाँसोमा मायाको अनुभव गर्न थालेकी छु। जिन्दगीको सपना बुन्न थालेकी छु अनि दिन-प्रतिदिन त्यो मीठो सुन्दर सपनाको संसारमा कता-कता हराउन थालेकी छु।
उसको हरेक हेराईमा अचेल जिन्दगी खोज्छु म। उसको हरेक हाँसो संगै मायाको श्वास आनन्दले फेर्छु। सोच्छु अनि सम्झन्छु कति सुन्दर हुन्छ होला जिन्दगी ! कतै केही कहिल्य कमी महसुस हुने छैन। उसको भन्सारमा सरकारी अधिकृतको जागिर ! प्राइभेट नै भए पनि मेरो पनि राम्रै छ। बिहे पछि पनि म जागिर छोड्दिन। पोलिक्ल्निक बाताबरण पनि राम्रो छ। कोही बिरामी पर्दा पनि त सजिलो। तलब पनि राम्रै छ किन छोड्नु ? मेरै तलबले खान पुगी हाल्छ। उसको त पुरै जोगिन्छ। बरु गाडी छैन भने बिस्तारै त्यो पो किन्नु पर्छ। घर त राम्रै होला खानदानी जस्तो छ मान्छे हेर्दा त ! जिन्दगी साँच्चै सुनौलो हुने भो ! भगवानले पनि मेरो लागि राम्रै मान्छे पठाएको रहेछ। भावीले भाग्य पनि बलियो साइत मै लेखिदिएको रहेछ। जोडा पनि असाध्य मिल्छ हाम्रो।
धन्य छ भगवान तिमीलाई पनि। सबैले डाहा गर्ने भए बा ! मेरो जस्तो भाग्य र जिन्दगी त कसैको नहुने भो। मीराको पनि उ जस्तो राम्रो त पक्कै छैन होला। उ जस्तो हुनु त यो जुनीमा त्यतिकै हो। मीरालाई पनि एकचोटी देखाई दिन्छु त्यो मेरो मान्छे। आ होस् ! डाहा मात्र गर्छे बेकारमा भो देखाउदिन। मिल्ने साथी भनेर हुन्छ र ? हुन त सबै कुरा उनलाई भनेकी छु तर त्यो मान्छे भने कहिले पनि देखाएकी छैन मैले। बिहेमा देखिहाल्छे नि ! बरु अब चाडो भन्दा चाडो त्यो मान्छेलाई भेटेर कुरा गर्छु अनि आमालाई भनेर यही बैशाखमै बिहे गर्छु। बिहे गर्ने बेला पनि त भयो अब ! आमा पनि भन्दै हुनुहुन्थियो अब छोरी हुर्की ज्वाइको घर पठाउने ! ठिकै हुने भो। 25 बर्ष काटे पछि हामी केटीहरुको बिहे गर्न हतार नै गर्नु पर्छ। हुन पनि हो नत्र फेरि केश फुलाएर चाहुरिदै बुढी कन्या भएर बस्नु पर्छ। के को चाहुरिनु के को बुढीकन्या नि अब ! मेरो उ सँग चांडै बिहे हुदै छ नि ! आमा पनि उसलाई देखेर मख्ख पर्नु हुन्छ सायद !
सपनामा पनि कहिले सोच्नु भाको छैन होला त्यस्तो राम्रो ज्वाई त ! अब त झन मेरो राजा बोलु-बोलु गर्न थालेको छ। मलाई हेरेर नहाँसेको त दिनै छैन। मैले जस्तै उसले पनि मीठा-मीठा सपनाहरु सजाएको हुनु पर्छ। बिचरा …………..! सबै कुरा मलाइ भनेको भए पनि त हुने थियो नि ! कति निष्ठुरी छुच्चो कहीको ! आ होस एकदिन मै बोलाउँछु। समय मिलाएर कतै जानु पर्ला ! टाढा-टाढा कतै सुनसानमा जहाँ हामी दुइ बाहेक अरु कोही हुने छैन। अनि हाम्रो कुराकानी कोही कसैले सुन्ने छैन। मेरो राजालाई चाहे जति माया गर्ने छु म ! अनि उसको चौडा छातीमा लपक्क टाँसिएर मायाको श्वास आनन्दले फेर्ने छु ! उसले पनि माया गर्दै घ्वाप्प अंगाल्ने छ। अनि मेरा यी बैशालु अंग-अंग चाहे जति धीत नमरे सम्म चुम्ने छ। सपनाको सुनौलो मीठो संसारमा हामी दुवै हराउने छौं।जिन्दगीका खाली पानाहरु सबै मायाले कोरिने छ। अनि समय सँग सम्झौता गर्दै जबरजस्ती फर्किने छौं। फर्किए पछि सबै कुरा एकएक मीरालाई सुनाउने छु।
उनी दंग पर्नेछिन्। डाहा/इष्या पनि गर्नेछिन्। अनि जिद्दी गर्नेछिन् र भन्नेछिन् मलाई पनि देखाई देउन त्यो तिम्रो राजा ! अनि उसको जिद्दी पन सँग म सजिलै हार्ने छु र भोलिपल्ट मेरो राजकुमार मीरालाई देखाउने छु। मीराले डाहा र इष्या सँगै धेरै-धेरै तारिफ पनि गर्नेछिन्। खै उसलाई देखे देखि, उसले हेर्न थाले देखि मेरो मन बरालिएको छ। आजभोलि मनमा यस्तै-यस्तै कुराहरु मात्र खेली रहन्छ। उ आउने बाटो तिर मात्र आँखा दौडी रहन्छ केवल उसकै आकृति खोज्दै निरन्तर-निरन्तर ! मनभरी अनेक कुराहरु खेलाउँदा खेलाउँदै कहिले निकै चाडो अफिस आइपुग्छु। के के सोच्छु के के ! पागल्नी जस्तो ! पागल्नी नै हुन लागि सकें म ! कहिले खाना खानै बिर्सन्छु ! कहिले एउटा आँखामा मात्र गाजल पोत्छु ! निद्रा पटक्कै पर्दैन ! आँखाभरि पल-पल उसैलाई मात्र देखि रहन्छु। कोही कसै सँग बोल्नै मन लाग्दैन ! हे दैव के हुन लाग्यो यस्तो ? मायामा बाँच्न कति गाह्रो हुँदो रहेछ ! माया साँच्न झन गाह्रो हुँदो रहेछ !
तड्पिएर बाँच्न त झन त्यो भन्दा नि गाह्रो हुँदो रहेछ ! तर पनि भोलिको सुन्दर सपाना बोकेर आशै आशमा बाँचेकी छु अचेल उसको निम्ति केवल उसैको निम्ति ! आज मैले मीराको जिद्दी पन सँग हारेर बचन दिएकी छु त्यो मान्छे देखाउने खै के ठान्ने हुन मीराले ! डर,त्रास र खुशी मनभरि सबै एकैचोटी तछाड-मछाड गर्दै छ। मीरा भने भित्र काममा व्यस्त छिन्। त्यो मान्छे आउने बेला नि भै सक्यो। न भन्दै उ पनि आयो तर सदा झैँ हाँसेर गएन आज ! उ त सोझै म भए तिरै आयो ! मेरो खुशीको सिमा रहेन। खै कसरि आज यस्तो भयो ? सपना हो कि बिपना यो ! मेरो राजा ! मेरो राजकुमार ! मेरो प्राण ! मेरो मुटु म भएतिरै मलाई भेट्न हतारिदै आउँदैछ। के गरूँ कसो गरूँ म आत्तिएँ। होस सबै हरायो। तै पनि क्षण भरमा आफुलाई सम्हालें। उ त मेरो छेउमै आएर टक्क उभियो अनि मुसुक्क हाँस्यो। म पनि उ जसरि नै हाँसें। उ नम्र भएर भन्न लाग्यो – ” मीरा कहाँ छिन् ? म मीराको श्रीमान। आज अलि ढिला फर्किनु पर्ने भो त्यसैले यो चाबी मीरालाई दिनुस है।”
खै त्यस पछि के के भन्यो उसले केही थाहा भएन। केही बेरमै उ हिड्यो। म हेरेको हेरेकै भएँ। मुहार रातो भयो। मनभरि पीडा र डाहाको आगो एकैचोटी दन्कियो। यतिनै बेला भित्रवाट मीरा फुत्त निस्किन् र मेरो छेउमै आएर सोधिन् -” खै त् तेरो राजकुमार आज आएन ? ” मेरो बोलि ठप्प रोकियो। केही बोल्नै सकिन। अनुहार रातो र तातो भयो अनि उसले छोडेको त्यही मीराको चाबीको झुत्तामा एकोहोरो हेरिरहें – हेरिरहें

कुन बार जन्मेको मान्छे कति धनि र कस्तो हुन्छ ? जानी राखौ -



आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ ।

सोमबारःपुरुष आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ । स्त्री आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् ।

पुरुष सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान, कला कुशल र बहादुर पनि हुन्छन् । सोमबार जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ । स्त्री सोमबार जन्म भएका महिला सुन्दर हुन्छन् । यस्ता महिलामा मिठो बोली र शान्ति प्रिय र पुत्रवति हुन्छन् ।

मंगलबारः

पुरुष मंगलबार जन्म हुने ब्यक्ति सामान्यतया धनी हुन्छन् । यस्ता ब्यक्तिको स्वभाव उग्र हुन्छ । यसै कारण उनीहरुसँग मानिसहरु वेखुसी हुन्छन् । यिनीहरुलाई छाला सम्बन्धी रोग हुन सक्छ । दुख र सुख आउने जाने भैरहन्छ । स्त्री ज्योतिषका अनुसार मंगलवार जन्म भएका स्त्री कठोर हृदयका हुन्छन् यस्ता स्त्रीमा दया माया कम हुन्छ । यस्ता स्त्री दुब्ला पातला र झगडालु समेत हुन्छन् ।

बुधबारः

पुरुष बुधबार जन्मिने ब्यक्ति धर्मकर्ममा मन भएका हुन्छन् । यिनीहरुको बोलीमा मिठास हुन्छन् । यिनीहरुको ८ र २२ वर्षको उमेरमा कष्ट पाउने योग हुन्छ । स्त्री बुधाबार जन्मिने स्त्री कुनै विशेष क्षेत्रमा रुचि राख्ने र विशेषज्ञता हासिल गर्ने हुन्छतन् । सरस्वतीको विशेष कृपा हुने हुँदा यिनीहरु सुन्दर र शुसील पनि हुन्छन् ।

विहीबारः

पुरुष विहीबार जन्मिने पुरुष विद्वान र पराक्रमी हुन्छन् । यिनीहरुले जीवनमा धेरै उतार चढाव र समस्या झेल्नु पर्ने हुन्छ । तर पनि साहसी हुन्छन् । यिनीहरुसँग संगत हुनेहरु खुसी हुन्छन् । विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्छ । स्त्री जुन स्त्रीको विहीबार जन्म हुन्छ त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने र सर्वगुणी हुन्छन् ।

शुक्रबारः

पुरुष शुक्रबार जन्मिने ब्यक्ति हँसिलो स्वभावका हुन्छन् । बुद्दीमान र मृदुभाषी यिनीहरुको स्वभाव हो । यिनीहरु सहनशिल पनि हुन्छन् । यिनीहरु शौखिन हुन्छन् र २० र २४ वर्षको उमेरमा कष्ट हुन्छ । स्त्री कुनै पनि स्त्री शुक्रबार जन्मेकी छे भने उसको श्वभाव चंचल हुन्छ । यस्ता स्त्री मस्ती मजाक गर्छन् । परिवार र समाजमा विशेष इज्जत हुन्छ । केही काला रंगका भएपनि सुन्दर हुन्छन् ।

शनिबार


पुरुष जुन ब्यक्तिको जन्म शनिबार हुन्छ उनीहरु कृषि ब्यावार वा प्रविधीको क्षेत्रमा रुची राख्छन् । यिनीहरुका लागि बाल्यकाल कष्टपूर्ण हुन सक्छ । भाइ बहिनी वा दाइ दिदीबठ्ठ सन्तुष्टी मिल्दैन । यिनीहरुलाई २० र २५ वा ४५ वर्षमा कष्ट हुन्छ । स्त्री शनिबार जन्मिने स्त्री दुबली पातली हुन्छन् तर अग्ला । सामान्यतया यस्ता स्त्री कालो वर्णका हुन्छन । यस्ता महिला अरुका कुरा काट्ने पनि हुन् सक्छन् ।