भरतपुर प्रकरणः एमालेले आह्वान गर्यो भोली चितवन बन्द (विज्ञप्ति सहित)

चितवन, जेठ १७ –एमाले जिल्ला कमिटि चितवनले बिहीबार चितवन बन्द आव्हान गरेको छ । भरतपुर महानगरपालिकाको मतगणना सुरु गर्न माग गर्दै बन्द आव्हान गरिएको एमाले जिल्ला कमिटि चितवनले जनाएको छ ।
एमाले जिल्ला कमिटि चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले जारी गरेको विज्ञप्तिमा जनताले एकपटक आफ्नो अभिमत दिइसकेको अवसथामा अवरद्ध भएको मतगणना तीन दिन वित्न लाग्दा पनि सुचारु नभएको र सत्ताको आडमा पुन मतदान गर्ने षड्यन्त्र भइरहेकाले जनताको धैर्यताको बाँध टुट्न नदिन बन्द आव्हान गरिएको उल्लेख छ ।

युवतीलाई यौनसम्पर्क गर्नका लागि कसरी फकाउने ?



सम्भोग सुरु गर्नु अघि यौन उत्तेजना वढाउन गरिने विभिन्न यौन क्रियाकलाप प्राक्कक्रिडा (फोर प्ले) गर्ने गर्नुपर्छ ।

यौन क्रियाकलापलाई सुमधुर वनाउन गरिने कुनैपनि पूर्व क्रियाकलाप जस्तै रमाइलो वातावरणमा गरिने भोजन, प्रेमवार्ता, सृंगाररसयुक्त ठट्टालाई पनि प्राक्कक्रिडा भनिन्छ ।तर कतिपय मानिसहरु एकैचोटी सम्भोग गर्छन ।

यसो गर्दा पुरुष तथा महिलाको यौनप्रतिक्रिया चक्रमा भएको भिन्नताले दुवैमा चरम यौन आनन्द पाउन गाह्रो हुन्छ । यौन सुख लिने क्रममा तालमेल मिल्दैन । यथोचित प्राक्कक्रिडामा संलग्न हुदा यौन अनन्दलाई यसको चरम विन्दुमा पुर्याउन मद्दत गर्छ ।

प्राकक्रिडामा संलग्न हुदा एक अर्काको शरीर, उसका संवेदनशिल अंगका वारेमा थाहा हुने मात्र होइन, दम्पतीवीच एक आपसमा कुराकानी हुने र एक अर्कालाई राम्ररी वुझ्ने अवसर पनि मिल्छ । आपसी समझदारी वढाउन मद्दत मिल्छ ।यहि आपसी समझदारीले नै वैवाहिक जीवन उच्चतम रुपमा सफल हुन्छ ।

यसका लागि यौनप्रतिक्रिया चक्र र संवेदनशिल अंगका वारेमा थाहा हुनुपर्छ । उत्तेजनात्मक अंगहरु व्यक्ति व्यक्तिमा केहि फरक पर्ने भए पनि यौनाङग, यौन वरिपरिको क्षेत्र, पुठ्ठा, नितम्व, ओठ गर्दन, स्तन काखी, तिघ्रा, नाभी क्षेत्र केहि प्रमूख यौन संवेदनशिल क्षेत्र हुन् । यौनाङ्गको कुरा गर्दा पुरुष लिङ्ग जति महत्वपूर्ण छ, महिलाको भगांकुरलाई विर्सनुहुन्न । यौन सुखका लागि शारीरिक मात्र होइन मानसिक तयारी पनि आबश्यक पर्छ ।

चरम सुख कसरी थाहा पाउने ?

मानव यौन प्रतिक्रिया चक्रका चारवटा चरण हुन्छन् । एक्साइटमेन्ट फेज, प्लाटो फेज, अर्गाजम फेज र रिजोलुसन फेज । एक्साइटमेन्ट फेज – यस उत्तेजनाको चरणलाई निरन्तरता दिए मानिस प्लाटो फेजमा पुग्छ । यो चरणमा यौन उत्तेजनाको मात्रा अझ वढ्छ । महिलाहरुमा यौनिद्धार अझै खुल्ने तथा यस वरिपरिको भाग फुल्ने हुन्छ ।स्तनपान नगराएका महिलाहरुमा स्तनको आकार वढेको देख्न सकिन्छ ।

आधा भन्दा वढीजसो महिलाहरुमा अनुहार र शरीरको छाला रातो देखिन्छ । पुरुषले जस्ते यस चरणमा महिलाले पनि अनन्तरिक न्यानोपन तथा दवावको मह्सुस गर्छ । माशंपेशीहरुमा तनाव पैदा हुन्छ तथा रक्तचाप वढ्छ । प्लेटो फेजमा भएको यौन स्टिमुलेसन निरन्तररुपमा भएमा चरम सुखको चरण (अर्गाजम फेज) मा पुगिन्छ । यो चरणमा वढ्दै गएको यौनतनावको उन्मोचन हुन्छ ।

यसको अवधि निकै छोटो हुने भए पनि मानव यौनजीवनमा यस चरणको विशेष महत्व छ । यस चरणमा मांसपेशीहरुमा निकै तनाव आउछ र खुम्चिने तथा खुल्ने हुन्छ । महिलाहरुमा पाठेघर तथा योनिको बाहिरी भाग एवं शरीरको तल्लो भागका मांसपेशीरु खुम्चने तथा फुक्ने हुन्छन् ।पूर्णचरम सुख पाउदा यस्तो मांसपेशी खुम्चने, फुक्ने क्रम १० देखि १५ पटकसम्म हुन्छ ।

यस बेला जुन सुखानुभूति हुन्छ हामी त्यसलाई चरम सुख वा चरम स्वर्गीय आनन्द भन्छौं । यसपछि पुनः सबै कुरा सामान्य अवर्थामा आउने क्रम सुरु हुन्छ, जसलाई हामी रिजोलुसन फेज भन्छौं ।


अध्ययनले भन्छ श्रीमान श्रीमतीबीच हप्तामा एक पटक झगडा हुनु आवश्यक छ



भारतमा गरिएको सर्भेक्षण अनुसार सयमा ४४ दम्पतीले आफुहरुको सुखी तथा खुसी वैवाहिक जिवनको राज हप्ताको एक दिन हुने झगडा भएको खुलासा गरे ।

सर्भेक्षणले हप्तामा एक पटक हुने श्रीमान श्रीमतीबीचको झगडाले दम्पतीबीचको संचारलाई प्रभावकारी बनाउन सहयोग पूराउने र त्यसको प्रभाव दिगो वैवाहिक सम्बन्धमा रहने देखाएको छ ।

‘यस्ता झगडाले श्रीमान श्रीमतीलाई झन नजिक बनाउँछ र आपसमा रहेका भ्रम मेट्न समेत सहयोग पूराउँछ’, अध्ययनमा भनिएको छ सम्बन्ध दहि्रलो बनाउन लोग्ने स्वास्नीबीच सन्तुलित झगडा आवश्यक हुन्छ ।

झगडाले दम्पतीलाई एक अर्काप्रति सम्वेदनशील हुन तथा मनको कुरा बुझ्न सहयोग गर्ने अध्ययनकर्ताको दाबी छ ।

अध्ययनले भारतमा मुम्बइ र दिल्लीका दम्पतीहरु कम झगडालु दम्पती रहेको र ३२।३३ प्रतिशत दम्पती एक महिनामा बढिमा एक पटक मात्र झगडा गर्ने गरेको देखाएको छ ।

अध्ययनले उमेर बढ्दै जाँदा लोग्नेस्वास्नीबीचको झगडाको दर पनि घट्दै जाने देखाएको छ । २० देखि २५ वर्ष उमेर समूहका लोग्ने स्वास्नीबीच सबैभन्दा बढि झगडा हुने गरेको पनि देखिएको छ ।


मानिस मरेपछि के हुन्छ ? मृत्युपछिको रहस्य खुल्दै…



यो रहस्यमय रहेको छ । वैज्ञानिकहरु यो रहस्य पत्ता लगाउनेको नजिक भने पुगिसकेका छन् । मत्युपछि पनि चेतना हुने एक अनुसन्धानमा पाइएको छ ।

यसको अर्थ मृत्यु भएको भनिएका व्यक्तिले वरपर के भइरहेको छ भन्ने थाहा पाएको पाइयो । बेलायतको साउथ एम्पटन युनिभर्सिटीका वैज्ञानिकले निकै रोचक अनुसन्धान गरेका छन् ।

यसमा बेलायत, अमेरिका र अस्ट्रियाका १५ अस्पतालमा भर्ना तीन सय ३० जनाको अध्ययन भएको छ ।

उनीहरुलाई हृदयघात भएको थियो । त्यसको केही मिनेटपछि उनीहरुको मृत्यु भएको थियो तथा क्लनिकली डेथ भएको थियो । तर, उनीहरुलाई मृत्युपछि वरपर के भइरहेको थियो भन्ने पूरा जानकारी भएको पाइयो ।

उनीहरु शरीरबाट बाहिर थिए, तर चेतना जागृत अवस्थामा थियो । वैज्ञानिकहरुले क्लिनिकली डेथ भएर ब्युझिएकाहरुले अनुभव गरेका विषयमा अध्ययन गरेका हुन् ।


काबुल विस्फोटमा पाँच नेपाली घाइते भएको प्रारम्भिक जानकारी



अफगानिस्तानमा बुधबार भएको शक्तिशाली आत्मघाती बम विस्फोटमा पाँचजना नेपालीहरु सामान्य घाइते भएको प्रारम्भिक जानकारी आएको छ ।

पछिल्लोपटक अफगानिस्तान हेर्ने जिम्मेवारी पाएको दिल्लीस्थित नेपाली दूतावासले घटनामा नेपाली परेको सम्बन्धमा विस्तृतमा बुझ्ने काम भइरहेको बताएको छ । दिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीले पाँचजना सामान्य घाइते भएको प्रारम्भिक जानकारी आएको पुष्टि गरे । उनले थप विवरण संकलन गर्न बाँकी रहेको जानकारी दिए । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दूतावासका इकोनोमिक मिनिस्टर कृष्णहरि पुष्करका अनुसार कावुलमा रहेको विदेशी दूतावासमा कार्यरत नेपाली कर्मचारीहरुको विवरण संकलन गर्ने कार्य समेत भइरहेको छ । उनका अनुसार अफगानिस्तानको स्वास्थ्य मन्त्रालय र गृहमन्त्रालयसँग समेत घाइतेहरुको अवस्थाबारे बुझ्ने काम भइरहेको छ ।


देवीका छोराले रेणुलाई ‘सडकमा नांगै हिड्न’ भनेपछि सामाजिक सञ्जालमा चर्को अालोचना



चितनव । भरतपुर महानगरपालिकाको मतगणना स्थगित छ । वडा नम्बर १९ को मत गन्ने समयमा मतपत्र च्यातिएपछि विवाद सुरु भएको थियो ।नेकपा एमाले र प्रहरीले माओवादी केन्द्र-काँग्रेस गठबन्धकी उम्मेदवार रेणु दाहालको प्रतिनिधिले च्यातेको अारोप लगाइरहेका छन् भने माओवादी केन्द्रले एमालेले च्यातेको दाबी गर्दै अाएको छ ।

मत पत्र जसले च्यातेपनि मत गणना भने स्थगित छ ।यसैबीच एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीका छोरा निरब ज्ञवालीले सामाजिाक सञ्जालमाले लेखेको स्टाटस भइरल भएको छ ।स्थानीय एक पत्रिकाले ‘मैले जित्न लागेपछि एमालेका साथीहरु अात्तिनु भो’ रेणु दाहालको भनाईलाई शिर्षकको बनाएर समाचार प्रकाशित गरेको छ ।

‘थुइक्क नकचरी, नांगै हिड्नु सडकमा बारु’ स्टाटस लेखेर उक्त समाचार निरबले सेयर गरेका छन् । यही स्टाटसलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको चर्को अालोचना गरेका छन् ।यी हुन् रेणुलाई अश्लील शब्द प्रयोग गर्ने निरब



जमिनमा छरिएका थिए अरबौंको नोट, तर यसकारण गर्न सकिन्न खर्च



एक समूहले रुसको सेन्ट पिटर्सबर्गको उजाड स्थानमा एक अर्ब रुबेल (रुसी मुद्रा) भेटेका छन् । अहिलेको विनिमय दरका अनुसार १८० करोड रुपैयाँ हुन्छ । तर यतिधेरै पैसाको खोजी गर्ने व्यक्तिहरुलाई भने पैसा भेटेकोमा कुनै खुसी छैन किनभने यो नोट अहिले कागज बराबर भएको छ । पूर्व सोभियत संघको पालाको यो नोट अब प्रचलनबाट बाहिरिसकेको छ ।

पैसा भेटिएको स्थान राजधानी मस्कोबाट १ सय ६० किलोमिटर टाढा, भ्लादिमीर क्षेत्रमा छ । यो एक पुरानो खानी हो जहाँ सोभियत संघका बेला मिसाइल राखिन्थ्यो । पैसा भेट्टाउने समूहले उक्त इलाकामा थुप्रै पैसा गाडिएको छ भन्ने खबर सुनेपछि यसको खोजबिनका लागि पुगेका थिए ।

के कतैबाट बगेर आएका थिए नोट ?

उक्त जानकारी सार्वजनिक हुनेबित्तिकै देशभरका मिडियामा चर्चा हुनथाल्यो । पुरातत्व विभागका अधिकारीले अनुसन्धानपश्चात् उक्त नोट सोभियत संघको पालाको बताए । ती नोटलाई सन् १९६१ देखि १९९१ का बिच जारी गरिएको थियो । यद्यपी, अब ती नोटको कुनै मूल्य छैन ।

केही विशेषज्ञका अनुसार यो नोट जुन स्थानमा भेटियो त्यहाँ कुनै बेला मिसाइल राखिने गरेको बताए । यद्यपी, अब उक्त स्थानको पहिचान खानीको रुपमा भएको छ ।

एक अनुमानका अनुसार केही वर्ष पहिले बाढी आएको थियो, त्यही बाढीमा नोट बगेर खानीसम्म पुगेको हुनसक्छ ।

स्थानीय मानिसका अनुसार जुन खानीमा नोट भेटिएको थियो त्यस वरिपरि कोहीपनि बस्ने हिम्मत गर्दैन । उक्त स्थानमा कुनैबेला सोभियत संघको ब्यालेस्टिक मिसाइल कार्यक्रम चल्दथ्यो जसका कारण पूरा क्षेत्र रेडिएशनबाट प्रभावित छ ।

एक अधिकारीका अनुसार सोभियतको पालामा सय रुबल तलबलाई पनि निकै राम्रो मानिन्थ्यो । त्यस्तो अवस्थामा पनि यति धेरै नोट कोसँग थियो र किन यसरी छोडियो भन्ने बारे कसैलाई पनि थाहा छैन ।